अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइडबडी विमानले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ । वाइडबडी विमानले चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । सो प्रयोजनका लागि निगमको वाइडबडी विमान आगामी सोमबार बिहान साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट मंगलबार अपराह्न २ः ३५ बजे त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइडबडी विमान पठाउने तयारी गरेको जानकारी दिए । जसका लागि चीनबाट स्वास्थ्यसामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । अहिले सोहीअनुसार निगमले विमान पठाउन तयारी थालिसकेको उनले जानकारी दिए । हाल चीनले २० हजार अक्सिजन सिलिन्डर अनुदानमा दिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान