Sunday, June 13, 2021
Home Editor-Picks काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

सुरज श्रेष्ठ,

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि आइसोलेसन केन्द्र स्थापना गर्न थालेका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको पहलमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

पनौती नगरपालिकाले नगरमा बढ्दै गएको कोरोना संक्रमितको संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचारको सहजताका लागि अक्सिजनसहितको २५ शैयाको आइसोलेसन केन्द्र स्थापना गरेको छ । आइसोलेसन केन्द्र स्थापना गरेको हो । आइसोलेसन नगरपालिका–४ स्थित वडा कार्यालयमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

अक्सिजनसहित स्थापना गरिएको आइसोलेसन केन्द्रमा रहेका प्रत्येक बेडमा अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले जानकारी दिइन् । उनका अनुसार बिरामीको हेरचाहका लागि २४ घण्टै स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । कोभिड–१९ का बिरामी संख्याका आधारमा स्वास्थ्यकर्मी खटाइने उनले बताइन् । पनौती नगरपालिकासँग ८० वटा बेड रहेको र आवश्यकता परेको खण्डमा आइसोलेसन केन्द्रमा बेड थप गर्न योजना उपप्रमुख बन्जाराले सुनाइन् ।

जिल्लाको चौंरीदेउराली गाउँपालिकामा पनि अक्सिजनसहितको आइसोलेसन कक्ष तयार भएको छ । गाउँपालिकाले तीन स्थानमा १८ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेसँगै वडा नम्बर–५ मा रहेको धुसिने शिवालय प्राथमिक अस्पतालमा १० बेडको आइसोलेसन कक्ष तयार भएको हो ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार एक जना संक्रमित सो आइसोलेसनमा भर्ना भएको छ । ‘गाउँ कार्यपालिका र स्वास्थ्य संस्थाका प्रमुखको बैठकले निर्णय गरेबमोजिम हामीले अक्सिजन सिलिन्डर समेत खरिद गरी ल्याइसकेका छौं ।’ अध्यक्ष गौतमले भने, ‘२० सिलिन्डर तयारी अवस्थामा राख्ने योजनाअनुसार १० वटा ठूलो सिलिन्डर ल्याइसकेका छौं बाँकी पनि चाँडै आइपुग्नेछ ।’

गाउँपालिकाले तोकिएको २ वटा स्वास्थ्य संस्थामा भने आइसोलेसन कक्ष निर्माणको तयारी तीव्र गतिमा भइरहेको स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए । ‘भोलिसम्ममा वडा नम्बर–२ मा रहेको डीसीडब्लूसी सामुदायिक अस्पताल र वडा नम्बर–३ मा रहेको धुलिखेल अस्पतालबाट सञ्चालित सलम्बु स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष तयारी हुनेछ ।’

त्यस्तै जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा अक्सिजनसहितको ४० शøयाको आइसोलेसन केन्द्र स्थापना गरेको छ । नगरपालिका–४ स्थित जनक बहुमुखी क्याम्पसमा स्थापना गरिएको आइसोलेसनमा केन्द्रमा हाल एक जना संक्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ । संयुक्त रूपमा स्थापना गरिएको आइसोलेसन केन्द्रमा दुवै पालिकाबाट एक÷एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड–१९ का बिरामीको संख्याको आधारमा दुवै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

सातामै ८३ अर्बको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सातामै ८३ अर्बको सेयर कारोबार भएको छ । कारोबार रकमले निकै फड्को मारेको सेयर बजारमा बजार पुँजीकरण...

कोरोना संक्रमणबाट आमाकाे मृत्यु भएको चार दिनपछि छोराको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा कोभिड १९ को संक्रमणबाट ४ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । बेल्टार बजारको प्रतिष्ठित...

अन्तिम खेलमा अस्ट्रेलियालाई रोक्ने लक्ष्य

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको छनोटको अन्तिम खेलमा शुक्रबार विश्वकपको अनुभव बटुलिसकेको अस्ट्रेलियासँग खेल्दै छ...

ट्रेन्डिङ

हृदयविदारक भिडियोमा देखिए रंजित र गीता

काठमाडौँ । नेपाली चलचित्रमा पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको बिल्कुलै नयाँ गीत 'छाडी गयौ'को म्युजिक भिडियो सार्वजनिक...

वीरगञ्जबाट नक्कली डाक्टर पक्राउ

वीरगञ्ज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरबाट नक्कली डक्टर पक्राउ परेका छन् । बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद...

ब्याडमिन्टन एकेडेमी सञ्चालनमा

काठमाडौं । ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) स्थापना भएको छ । केबीएले ६ महिना अघिदेखि कार्य गर्दै आएपनि...

‘बढी उमेरका व्यक्तिलाई कोरोना संक्रमण हुँदा मृत्यु दर पनि बढी हुन्छ’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओको नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका...

‘वामदेवले अध्यक्ष दिने समूहमा जान्छु भन्नु भ्रमपूर्ण समाचार ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमकाको सचिवालयले विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा ध्यानाकृष्ट भएको...

‘पर्यटन तथा खेलकुद नेपाल’ प्रकाशन हुँदै

काठमाडौ । नेपालको पर्यटन एवं खेलकुद क्षेत्रको समष्टिगत प्रचारप्रसार एवं प्रवद्र्धनकालागि सूचना र समाचारको माध्यमद्वारा प्रचार गर्न ‘पर्यटन तथा खेलकुद नेपाल’प्रकाशनमा आउने भएको छ...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

चुनौती संघीयताको

श्यामप्रसाद मैनाली संघीयतामा सबैभन्दा बढी लोकतन्त्रको अभ्यास र स्वतन्त्रताको उपभोग गर्न सकिन्छ । पूर्ण लोकतन्त्रको चाहना राख्नेले यो व्यवस्था अवलम्बन गर्दै आएका छन्...

अल्मुताइरी फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेती अब्दुल्लाह अल्मुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले आइतबार पत्रकार सम्मेलन...

स्थायी कमिटी बैठकमा ओलीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको पत्रमा...

आन्तरिक उडान खुलाउने तयारी, घर फर्किए साढे चार हजार विदेशी

काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्...

पञ्चद्धारा मारिएका सुर्यनाथ राण यादवको ३५ औं स्मृति दिवस मनाउन निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज ४ गते शहिद सुर्यनाथ रान यादवको स्मृति दिवस मनाउने भएको छ । नेकपा प्रदेश नम्बर २ का...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)