Tuesday, June 22, 2021
Home Editor-Picks अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै ‘ट्राभल एड्भाइजरी’ जारी गर्यो, पर्यटन...

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै ‘ट्राभल एड्भाइजरी’ जारी गर्यो, पर्यटन क्षेत्रमा धक्का

मधुजंग पाण्डे,

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै बुधबार ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमणको क्रममा रहेका आफ्ना नागरिकलाई पनि उच्च सुरक्षा सचेतना अपनाउन सुझाएको छ । विगत केही दिनयता नेपालमा लगातार कोरोना संक्रमितको संख्या बढेर दैनिक ९ हजार ४ सय नाघेको र मृत्युदर पनि उच्चदरले वृद्धि भई दैनिक २ सय २५ जना पुग्न थालेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि यस्तो आग्रह गरेको हो । उसले हाल नेपाललाई लेभल–४ मा अर्थात् भ्रमण नगर्न सुझाव दिने मुलुकको सूचीमा राखेको छ ।

अमेरिकाले बुधबारदेखि आफ्ना नागरिकलाई थप सचेत रहन आग्रह गर्दै जारी गरेको ‘ट्राभल एड्भाइजरी’ले नेपालको पर्यटन क्षेत्रमा थप धक्का पु¥याएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमबाट बच्न नेपाल सरकारले पनि गत २३ वैशाखदेखि नै काठमाडांैबाट हुने सबै नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यसैगरी, गत २० वैशाखदेखि नियमित आन्तरिक हवाई उडान पनि बन्द गरी अहिले स्वास्थ्य सामग्री बोक्ने तथा उद्धार उडान मात्र सञ्चालन गर्न दिएको अवस्था छ ।

यस्तो अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने वातावरण बनाइदिन प्रस्ताव गरेको छ । तर, अमेरिकी दूतावासको यस प्रस्तावको विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै जवाफ नदिएको सो दूतावासले जनाएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले ‘ट्राभल एड्भाइजरी’ जारी गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले अब आफ्ना नागरिकलाई चार्टर्ड उडानबाट अमेरिका लैजाने तयारी गरेको छ । दूतावासले बुधबार जारी गरेको सूचनामा नेपाल सरकारसँग चार्टर्ड उडानमा आफ्ना नागरिकलाई लैजान छलफल भइरहेको जनाएको छ ।

दूतावासले नेपाल छाड्न चाहने अमेरिकी नागरिकलाई अनलाइन फारम भर्नसमेत अनुरोध गरेको छ । नेपाल सरकारबाट चार्टर्ड उडानको अनुमति पाएमा थप जानकारी पठाउने दूतावासले जनाएको छ । अमेरिका जान चाहने नागरिकका लागि पीसीआर परीक्षण अनिवार्य रहेको र त्यसको जिम्मा व्यक्ति आफैंले लिनुपर्ने सो दूतावासले आफ्ना नागरिकलाई जानकारी गराएको छ ।

हाल नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएसँगै यसअघि आफ्नो घर फर्किनका लागि नाम दर्ता नगराएका व्यक्तिले आफ्नो नाम दर्ता गराउन पनि दूतावासले आग्रह गरेको छ । आफ्नो प्रस्तावबारेमा अब नेपाल सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकलाई जतिसक्दो छिटो आफ्नो मुलुक फर्काउने विषयमा पनि जानकारी गराउने बताएको छ ।

अमेरिकाको विदेश मन्त्रालयअन्तर्गतको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले लेभल–४ को भ्रमण सूचना जारी गरेको हो । यसैगरी, अमेरिकाले हाल नेपाल र भारतमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोनाको संक्रमण निकै जोखिमपूर्ण बताएको छ । अमेरिकाले अर्को सूचना जारी नभएसम्म आफ्ना नागरिकलाई सचेत गराउँदै नेपाल भ्रमण नगर्न आग्रह गरिएको बताएको छ ।

अमेरिकाको यस्तो निणर्यले हाल विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका र अन्य काम विशेषले नेपालमा रहेका पर्यटकलाई पनि थप सचेत हुन बाध्य बनाएको छ । यसको असर नेपालको पर्यटन क्षेत्र निकै लामो समयसम्म रहने सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटकीय भ्रमणको सुरक्षा अवस्थाबारे ठूलो हलचल हुने बताएका छन् ।

पर्यटन व्यवसायी तथा सरोकारवालाले गत वर्षदेखि विश्व महामारिका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

व्यवसायी तथा सरोकारवालाका अनुसार कोरोना प्रभावका कारण अहिले मुलुकको पर्यटकीय गतिविधि ठप्प भएको छ । होटल तथा रेस्टुरेन्ट विगत एक वर्षदेखि नै धरासायी भएका थिए । गत १६ वैशाखदेखि जारी निषेधाज्ञा भन्दा केही महिनाअघि न्यून संख्यामा होटल तथा रेस्टुरेन्ट खुले पनि पर्यटनसम्बन्धी धेरै क्षेत्र बन्द भएको थियो ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

साताका लोकप्रिय समाचार

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

ट्रेन्डिङ

पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब...

साथीको हत्या आरोपमा स्याङ्जामा दुईजना जेल चलान

स्याङ्जा । एक महिना अगाडी भीरबाट लडेर मृत्यु भएका भनिएका व्याक्तिको हत्या भएको खुलासा भएको छ । पिकनिक खाएर फर्कदै गर्दा भीरबाट लडेर मृत्यु...

इटहरीमा कोरोनाका कारण दुई दिनमा ३ जनाको मृत्यु

इटहरी । पछिल्लो केही दिनयता इटहरीमा कोरोनाको ग्राफ बढेको छ । पछिल्लो दुईदिनमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । असोज...

कोरोना संक्रमणले बेलायतमा ८ आप्रवासी डाक्टरको मृत्यु

लन्डन । कोरोना भाइरस (कोविड १९) ले बेलायतमा ८ जना चिकित्सकको ज्यान लिइसकेको छ । उनीहरु सबै आप्रवासी भएको न्योर्कटाइम्सले जनाएको छ । ज्यान गुमाउनेहरुमा...

कोरोना रोकथाममा ७ अर्ब बजेट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ मा कोभिड–१९...

पूर्वकप्तान पारसलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारसले सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्...

रोकिएन चालकले मदिरा खाने प्रवृत्ति : असुरक्षित बन्दै पैदल यात्री

काठमाडौं । व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना...

हनुमानका प्रसंसाले ओली झन झन उग्र हुँदै गए : नेपाल

तुलसीपुर । नेकपा दहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सिंगो देश भष्मासुरबाट आक्रान्त भएको बताएका छन् । दाङको तुलसीपुरमा भएको जिल्ला स्तरीय अगुवा...

जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे देउवा

काठमाडौं । मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज(बुधबार) पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन् । फागुन...

बिरामीलाई सकस: शुल्कमा मनोमानी

काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचारका नाममा सरकारी अस्पतालले खुलेआम शुल्क असुल्दै आएको पाइएको छ । लक्षण देखिएकाको समेत ‘परीक्षण र उपचार’ भन्दै...

सप्तरी क्वारेन्टाईनमा ५ महिला सहित ९४ जना

सप्तरी, राजविराज । कोरोना रोकथाम तथा व्यवस्थापनका लागि यहाँ स्थित विभिन्न अस्पताल र स्थानिय तहमा बनाईएको क्वारेन्टाईन केन्द्रमा राखिएको आशंकित व्यक्तिको संख्या विहिबार...

नेसन्स लिग : बेल्जियम र इटाली फाइनल चरणमा

लन्डन । बेल्जियम र इटाली युरोपियन नेसन्स लिग फुटबलको फाइनल चरणमा पुग्न सफल भएका छन् । लिग एको समूह टु अन्तर्गत बुधबार राति भएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)