Wednesday, June 23, 2021
Home प्रमुख उपत्यकामा आजदेखि बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक,...

उपत्यकामा आजदेखि बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

राजधानी समाचारदाता,

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ ।

मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ ।

घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । यस्तै आजैदेखि लागू हुनेगरी अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवा दिने कार्यालयले पनि न्यून कर्मचारी राख्नुपर्ने आदेशमा उल्लेख छ । अहिलेसम्म यसैगरी मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

घरमा सुतिरहेकाे बेला आएको पहिरामा पुरिएर तीनको मृत्यु

  राेल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु...

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

साताका लोकप्रिय समाचार

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

सिन्धुपाल्चोकका बाढी पीडितलाई एनआरएनए क्यानाडाको ५ लाख सहयोग

क्यानाडा। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चिरन्जिबी...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार...

ट्रेन्डिङ

लगातार वर्षाले जनकपुर जलमग्न

धनुषा । शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो...

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

नागरिकता विधेयकमा पुनर्विचार गर्न नेकपा नेता प्रभु साहको माग

काठमाडौं । नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपा प्रदेश २ ले असन्तुष्टि व्यक्त गर्दै सो निर्णय...

नेताहरू कहाँ चुके ?

२०६३ साल ५ मंसिर नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको थियो । माओवादीतर्फबाट अध्यक्ष प्रचण्ड र नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री...

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै...

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

काठमाडौँ । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् ।...

प्लाज्मा थेरापिका लागि रगत संकलन सुरु

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितको उपचारार्थ प्लाज्मा थेरापिका लागि रगत संकलन थालेको छ । ३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्मा थेरापिका लागि पहिलो रक्तदानसमेत...

सोती घटना : फरार रहेका दुईसहित थप तीन पक्राउ

मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं...

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास अनिवार्य

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको...

सेनाको ट्रक दुर्घटना : जमदारको मृत्यु, ६ जना घाइते

तुलसीपुर । नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक सैनिक मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।...

विपन्न तथा गरिबको घरमा सरकार

काठमाडौं । सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानोमुक्त अभियान’ सञ्चालनमा...

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)