पर्यावरण विमर्श
नदीहरू पोखरीहरूको पानी एवं भूमिगत पानी त मनिसहरूले प्रदूषित गरेका नै छन् । प्रदूषित गर्न यिनले समुन्द्रको पानी पनि छाडेनन् । समुन्द्र किनारका कतिपय ठाउँहरूमा पर्यटकहरूको आवतजावत भइराख्छ । जसबाट समुन्द्रको किनारमा स–साना बस्ती बसेका छन् । यहाँको मानिसहरूको जीवनयापन पर्यटकलाई विभिन्न प्रकारका सामग्री बिक्री गरेर हुने गर्छ । यी वस्तीमा कुनै प्रकारको शौचालयको व्यवस्था हुँदैन यदि भए पनि सुचारु रूपले सञ्चालन हुँदैनन् ।
जसका कारण बस्तीका मानिस समुन्द्रको पानीमा नै शौच गर्छन् । तथा घरको फोहोरमैला पनि समुन्द्रको पानीमा बगाउँछन् जसले गर्दा समुन्द्रको पानी प्रदूषित हुन्छ । बढ्दो प्रदूषण वर्तमान समयको एक सबैभन्दा ठूलो समस्या मानिन्छ जुन आधुनिक तथा प्राविधिक रूपमा उन्नत समाजमा तीव्र रूपमा बढी रहेको छ । यस समस्याबाट समस्त विश्व अवगत र चिन्तित छ । प्रदूषणका कारण मानिस जुन वातावरण या पर्यावरणमा रहेको छ यो दिन प्रतिदिन बिँग्रदै गइराखेको छ ।
कतै अत्यधिक गर्मी सहनुपरेको छ त कतै अत्यधिक चिसो । यति मात्र हैन समस्त जीवधारीलाई विभिन्न प्रकारका रोगको पनि सामना गर्नुपरेको छ । प्रकृति र यसको पर्यावरण आफ्नो स्वभावले शुद्ध, निर्मल तथा समस्त जीवधारीहरूका लागि स्वास्थ्यवद्र्धक हुने गर्छ तर कुनै कारणवश यदि यो प्रदूषित भयो भने पर्यावरणमा भएका समस्त जीवधारीका लागि यसले विभिन्नखाले समस्या उत्पन्न गराउँछ ।
जसैजसै मानव सभ्यताको विकास भइराखेको छ । त्यसैगरी, पर्यावरणमा प्रदूषणको मात्रा बढ्दै गइराखेको छ । यसलाई बढाउनमा मानिसको क्रियाकलाप तथा उसको जीवनशैली धेरै हदसम्म जिम्मेवार छ । सभ्यताको विकासको साथसाथै मानिसले कयौं नयाँ खाले आविष्कार गरेको छ जसबाट औद्यागीकरण तथा नगरिकरणको प्रवृति बढेको छ । जनसंख्या वृद्धिको कारण मानिस दिन प्रतिदिन वन फँडानी गर्दै खेती र घरका लागि जमिनमा कब्जा गरिराखेको छ । खाद्य पदार्थहरूको आपूर्तिका लागि रसायनिक मलको प्रयोग भइराखेको छ ।
यातायातका विभिन्न नवीन साधनको प्रयोगको कारण ध्वनि एवं वायु प्रदूषित भइराखेको छ । विचार गर्ने हो भने प्रदूषण वृद्धिको मुख्य कारण मानिसका अवाञ्छित गतिविधि हुन जसले प्राकृतिक संसाधनलाई दोहन गर्छ । यस पृथ्वीलाई फोहोर मैलाको डंगुर बनाउँदै छ । फोहर मैला यता उता फाल्नाले जल, वायु तथा भूमि, जल, वायु, भूमि, ध्वनि प्रदूषण गरी चार प्रकारको हुन्छन् । पानी समस्त प्राणीहरूको जीवनको आधार पनि हो । आधुनिक मानव सभ्यताको विकासका साथै जल प्रदूषणको गम्भीर समस्या उत्पन्न भएको छ । औद्योगीकरणका कारण शहरीकरणको प्रवृति दिन प्रतिदिन बढ्दै छ । जुन पहिला गाउँ हुने गर्थे ती अब विभिन्न उद्योगको स्थापनापछि सहरमा बदली हुँदै छन् । सहरमा अत्याधिक जनसंख्या हुनुका कारण फ्याट निर्माणको प्रवृति बढी राखेको छ ।
चर्को आवाजले हाम्रो श्रवण शक्ति कमजोर बनाउनुका साथै रक्तचाप, हृदय रोग, टाउको दुख्ने, अनिद्रा तथा मानसिक रोग पनि निम्त्याउँछ
ताकि एक फ्ल्याटमा तीनदेखि ६ परिवार सजिलै बस्न सकून् । यी फ्ल्याटमा कम ठाउँमा पानीको आवश्यकता बढी हुन्छ र त्यहाँको भूमिगत जल भण्डारमा दबाब बढी राखेको छ । डिप बोरिङका गर्दै त्यहाँको भूमिगत जलको दोहन गरिँदै छ । उद्योगको अत्यधिक निर्माणले त्यसबाट निस्कने दूषित जल बचेको रसायन फोहोरमैला आदि ढल हुँदै नदीमा बगाइन्छ । फ्ल्याटमा बस्ने मानिसको दैनिक क्रियाकलापबाट उत्पन्न हुने फोहोरमैला नदी किनारमा फ्याँक्ने गरिन्छ जसले गर्दा नदीको पानी प्रदूषित हुन्छ ।
सहरको नजिक अवस्थित सुकुमबासी बस्तीमा उचित शौचालयको व्यवस्था हुँदैन, भए पनि यसले सुचारु रूपले काम गर्न पाउँदैन जसले गर्दा त्यहाँका बासिन्दाले प्रायजसो नदी या पोखरी किनारको जमिनमा या नालीहरूको प्रयोग शौचका लागि गर्छन् वर्षाको बेला यी सबै फोहोर नदी या पोखरीमा गएर मिसिन्छ । बस्ती फोहोर मैलाको उचित निकास व्यवस्था भएका कारण प्रायः मानिस फोहोरमैला पोखरी या नदीमा फाल्छन् । पोखरी एवं नदीहरूको पानीको प्रयोग नुहाउने तथा लुगा धुनेबाहेक पशुलाई नुहाउने पनि गरिन्छ । जसले गर्दा तिनको शरीरको फोहोर पानीमा मिसिन्छ ।
लुगा धोइन्छ फोहरमैला मलमूत्र हालिन्छ । कहिलेकाँही मरेको लास सिनो पनि नदीमा बगाइन्छ । विभिन्न प्रविधिहरूको विकासका कारण समुन्द्रको पानीमा ठूलाठूला पानी जहाज चल्छन् जसले यात्रुहरूको आगमन तथा सामग्रीहरूको एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्छ । जहाजले आफ्नो सरसफाइपछि फोहोर प्रायः समुन्द्रको पानीमा हाल्छ । कहिलेकाहीँ कुनै दुर्घटनावस पानी जहाज डुबेमा त्यसमा मौज्दात रसायन तेल समुन्द्रको पानीमा मिसिन्छ र लामो समयसम्म त्यसमा बस्ने जीवजन्तुको स्वास्थ्यमा प्रभाव पार्दै रहन्छ । जल दूषित भएको कारण केही जीव तत्काल मर्छन् र पानीलाई अझ बढी प्रदूषित गर्छ नै । दूषित पानीमा पाइने जलीय जीव सेवन गर्ने जनसमुदाय पनि बिरामी पर्नेछन् ।
प्रारम्भमा प्रविधिको विकास भएको थिएन त्यतिबेला मानिस प्रकृति तथा पर्यावरणसँग सामजस्य मिलाएर जीवनयापन गर्दै थिए तर प्रविधिको विकास एवं औद्योगीकरणको कारण आधुनिक मनुष्य अघि बढ्ने होड उत्पन्न भएको छ । यस होडबाजीमा मानिसलाई मात्र आफ्नो स्वार्थप्रति दृष्टि छ । उसले यो बिर्सियो कि यस पृथ्वीमा उसको अस्तित्व प्रकृति एवं पर्यावरण कारणले हो । यो पनि पर्यावरणको एउटा मुख्य कारण हो । मानिसले मात्र पानीलाई प्रदूषित गरेको छ बरु आफ्ना विभिन्न क्रियाकलाप तथा प्राविधिक वस्तुहरूको प्रयोगद्वारा वायुलाई पनि प्रदूषित गराएको छ ।
वायुमण्डलमा सबै ग्यासको मात्रा निश्चित छ । प्रकृतिमा सन्तुलन रहँदा यी ग्यासको मात्रामा कुनै विशेष परिवर्तन आउँदैन । तर कुनै कारणवश यदि ग्यासको मात्रामा परिवर्तन भयो भने वायु प्रदूषण हुन्छ । अन्य खाले प्रदूषणको तुलनामा वायु प्रदूषण हुन्छ । अन्य खाले प्रदूषणको तुलनामा वायु प्रदूषणको प्रभाव तत्काल देखापर्छ । वायुमा यदि विषालु ग्यास मिसिएको भए त्यसले तुरुन्तै आफ्नो प्रभाव देखाउँछ र वरिवपरका जीवजन्तु तथा जनसमुदायको ज्यान लिन सक्छ । भोपाल ग्यास दुर्घटना यसको प्रत्यक्ष उदाहरण मान्न सकिन्छ । विभिन्न प्रविधिको विकासले यातायातका विभिन्न साधनको विकास भएको छ । एकातिर जहाँ यातायातका नवीन साधनले आवगमनलाई सजिलो एवं सुगम बनाएको छ । त्यही अर्कोतिर यसले पर्यावरणलाई प्रदूषित गर्न अहं भूमिका खेल्छ ।
सहरमा प्रयोग गरिने यातायातको साधनमा पेट्रोल र डिजेल इन्धनको रूपमा प्रयोग गरिन्छ । पेट्रोल र डिजेल जल्नाले उत्पन्न हुने धुँवाले वातावरण प्रदूषित गराउँछ । औद्योगीकरणको युगमा उद्योगहरूको भरमार छ । विभिन्न साना ठूला उद्योगका चिम्नीबाट निस्कने धुवाँको कारण वायु मण्डलमा सल्फर डाइअक्साइड र हाइड्रोजन सल्फाइड ग्यास मिसिन्छ ।
यी ग्यास वर्षाको पानीसँग पृथ्वीमा पुग्छन् र गन्धकको अम्ल बनाउँछन् जुन पर्यावरण तथा त्यसका जीवधारीका लागि हानिकारक हुने गर्छ । छाला तथा साबुन उद्योगबाट निस्कने दुर्गन्धयुक्त ग्यासले प्रर्यावरण दूषित गराउँछ । सिमेन्ट, चुन खनिज आदि उद्योगमा अत्यधिक मात्रामा धुलो उड्छ र वायुमा मिसिन्छ जसले गर्दा वायु प्रदूषित हुन्छ । धुलो मिश्रित वायुमा सास लिनाले प्रायः त्यहाँ काम गर्ने एवं बसोबास गर्नेहरूलाई रक्तचाप, हृदयरोग, श्वास रोग, आँखाको रोग र टीबीजस्ता रोग हुने सम्भावना बढी हुन्छ ।
सहरहरूमा एलपीजी ग्यास तथा मट्टीतेलको प्रयोग खाना पकाउन गरिन्छ जसले एक प्रकारको दुर्गन्ध वायुमा फैलाउँछ । केही मानिस बाल्न दाउरा वा कोइला प्रयोग गर्छन् जसबाट अत्यधिक धुँवा निस्कन्छ जुन वायुमा मिसिन्छ । बसोबास र दाउराका लागि वन फँडानी गरिन्छ । वन फँडानीले वायुमण्डलमा अक्सिजनको मात्रा घटिराखेको छ र कार्बनडाइअक्साइडको मात्रा बढ्दो छ र वायु प्रदूषित हुँदै छ । मानिसद्वारा विभिन्न प्रकारका प्रविधि उपकरणको प्रयोगको सहाराले विस्फोट गोलाबारी युद्ध आदि गरिन्छ । विस्फोट हुनाले अत्यधिक मात्रामा धुलकण वायुमण्डलमा मिसिन्छन् र वायु प्रदूषित गराउँछन् ।
मानिसले आफ्नो सजिलोका लागि प्लास्टिकका सामान प्रयोग गर्छन् र टुटफुट भएमा यताउता फाल्छन् सफाइकर्मीले प्रायः सबै फोहोरमैला एकै ठाउँमा राखी डढाउँछन् जसबाट वायुमण्डल दुर्गन्धित हुन्छ । हानिकारक ग्यासहरूको अधिक उत्सर्जनका कारण एसिड रेन हुने गर्छ । जुन मानवका साथसाथै अन्य जीवित प्राणी तथा कृषिसम्बधी कार्यहरूका लागि धातक हुन्छ । कार्यालय एवं घरेलु उपयोगमा ल्याइने फ्रिज एरकन्डिसनरका कारण क्लोरोफलोरो कार्बनको निर्माण हुन्छ जसले सूर्यबाट निस्कने परावैजनी किरणबाट हाम्रो छालाको रक्षा गर्ने ओजोन तहलाई क्षति पु-याउँछ ।
पर्यावरणको सुरक्षाबाट नै प्रदूषणको समस्या सुल्झाउन सकिन्छ
मानव सभ्यताको विकासको प्रारम्भिक चरणमा ध्वनि प्रदूषण गम्भीर समस्या थिएन परन्तु मानव सभ्यता जसैजसै विकसित हुँदै गयो र आधुनिक उपकरणबाट सज्जित हुँदै गयो त्यसैत्यसै ध्वनि समस्या विकराल एवं गम्भीर हुँदै गयो । जसले गर्दा यो प्रदूषणले मानव जीवनलाई तनावपूर्ण बनाउन अहं भूमिका निभाउन थाल्यो । चर्को आवाजले हाम्रो श्रवण शक्तिलाई कमजोर मात्र गराउँदैन बरु यो रक्तचाप हृदय रोग टाउको दुख्ने अनिद्रा तथा मानसिक रोगहरूको कारण पनि बन्न सक्दछ ।
औद्योगिक विकासको प्रक्रियामा देशको कुनाकुनामा विविध प्रकारका उद्योग स्थापना भएका छन् । यी उद्योगमा चल्ने विविध उपकरणबाट उत्पन्न हुने आवाजबाट ध्वनि प्रदूषित हुने गर्छ । विभिन्न मार्गहरू चाहे त्यो जल मार्ग, वायु मार्ग या फेरि भूमर्ग सबैले तेज ध्वनि उत्पन्न गर्छन् । वायुमार्गमा चल्ने हवाइजहाज, रकेट, हेलिकोप्टरको भीषण गर्जन ध्वनि प्रदूषण गराउन एवं भूमार्गमा हिँड्ने वाहनको इन्जनको आवाजका साथै तिनको हर्न, ध्वनि प्रदूषणको प्रमुख कारण मानिन्छ । मनोरञ्जन तथा जनसञ्चारका विभिन्न माध्यमद्वारा ठूलो आवाजमा ध्वनि प्रेषित गरिन्छ ।
लाउड स्पिकरद्वारा सभासमारोहमा बोलेर सभालाई सम्बोधन गरिन्छ एवं सूचना प्रेषित गरिन्छ । विभिन्न उत्सवमा चर्को आवाजमा गीत बजाइन्छ । डिप बोरिङ गरिने क्रममा क्रसर मेसिन चलाउँदा डोजरले खन्ने क्रममा अत्यधिक चर्को आवाज निस्कन्छ । यसबाहेक यसले अनावश्यक असुविधाजनक र अनुपोयोगी ध्वनि प्रदूषण उत्पन्न गर्छ । पर्यावरण प्रदूषणमाथि नियन्त्रण पाउन सर्वप्रथम जनसंख्या वृद्धि नियन्त्रण गर्नुपर्नेहुन्छ ताकि आवासका लागि वन फँडानी नहोस् । खाद्यपदार्थको उत्पादनमा वृद्धि होस् यसका लागि रसायनिक उर्वरकको साटो जैविक मल प्रयोग गर्नुपर्ने हुन्छ ।
फोहोरमैला पुनः प्रयोग गर्नुपर्नेहुन्छ जसले गर्दा यो पृथ्वी फोहोरमैलाको डंगुर नबनोस् कारखानाबाट निस्कने फोहोर पानी सोझै नदीनालामा नहाली तीनलाई प्रशोधन गरी नदी नालामा बगाउनुपर्ने हुन्छ । यातायातका विभिन्न साधनको प्रयोग सहज भएर गर्नुपर्छ । उद्योगपतिले आफ्नो स्वार्थ छाडी उद्योगहरूको चिम्नीलाई अग्लो बनाउनुपर्ने तथा उद्योगले प्रदूषण नियन्त्रणको नियम पालना गर्नुपर्नेहुन्छ । प्रदूषण चाहे जुनसुकै प्रकारको किन नहोस् हरहालमा मानव एवं समस्त जीवधारीबाहेक जल पदार्थ पनि नोक्सान पु-याउँछ । पर्यावरणको सुरक्षाबाट नै प्रदूषणको समस्यालाई सुल्झाउन सकिन्छ ।
पर्यावरण शब्द दुई शब्दहरूको मेलबाट बनेको छ परि तथा आवरण शब्दको अर्थ बाहिरी आवरणको अर्थ हो कवच अर्थात् पर्यावरणको शाब्दिक अर्थ हो बाहिरी कवच जसले नोक्सानदायक तŒवबाट वातावरणको रक्षा गर्छ । यदि हामी आफ्नो पर्यावरणलाई नै असुरक्षित ग-यौं भने हाम्रो रक्षा कसले गर्ला । हामीले स्वयं आफू, परिवार, देश र पृथ्वी सुरक्षित राख्न मनमा यो ध्येय राखेर काम गर्नुपर्नेछ ।






