Friday, June 18, 2021
Home Breaking News सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

निराजन पौडेल,

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

संक्रमण दर बढेसँगै सर्वोच्चले प्रविधि प्रयोगसहित ‘भर्चुअल’ बहस पैरवी गर्न सक्ने निर्णय गरेको छ । यसअघि, कोभिड–१९ संक्रमण बढ्दै गएको र त्यसबाट सतर्कता अपनाउने भन्दै सर्वोच्चले बन्दीप्रत्यक्षीकरण र कोभिड तथा जनस्वास्थ्यसँग सम्बन्धित निवेदन मात्र दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो भने नियमित सुनुवाइमा संकुचन ल्यायो । जसले गर्दा मौलिक हकसम्बन्धित मुद्दा सुनुवाइ रोकिन पुगेको थियो ।

यसअघि, गम्भीर संवैधानिक मुद्दा सुनुवाइसमेत बन्द भएको थियो । सर्वोच्च लगत्तै विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतले पनि नियमित सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको थियो ।

मौलिक हक र संवैधानिक व्याख्याको मुद्दा पनि सुनुवाइ

सर्वोच्चले यसअघिको पूर्ण बैठकले गरेको निर्णय सच्चाउँदै अब संवैधानिक व्याख्या, मौलिक हकसँग जोडिएका सम्बन्धित विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित नेपालको संविधान धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरुरी प्रकृतिको रिट निवेदन दर्ता र सुनुवाइसम्बन्धी काम कारबाही अघि बढाउने निर्णय गरेको छ ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘पूर्ण बैठकले १४ वैशाखमा गरेका निर्णयबमोजिम मुद्दाको दर्ता र सुनुवाइ १३ जेठसम्म जारी राख्ने’ जनाएका छन् ।

संविधानको धारा १३३ मा सार्वजनिक सरोकारका विषयमा वा आफ्नो मौलिक हकमाथि अनुचित बन्देज लगाउने काम भएमा वा संविधानसँग बाझिएका ऐनकानुन बदर गर्न दाबी गर्दै निवेदन दिन सकिने व्यवस्था छ ।

त्यस्तै, धारा १३७ मा सर्वोच्च अदालतमा रहने संवैधानिक इजलासको क्षेत्राधिकारसम्बन्धी व्यवस्था छ । गत १४ वैशाखको निर्णयले यी दुवै धाराबमोजिम सुनुवाइ हुनुपर्ने मुद्दा दर्ता रोकिएको थियो भने पहिल्यै दर्ता मुद्दा सुनुवाइ गरिएको थिएन ।

सर्वोच्चले सेवा संकुचन गरिएको अवधिमा कुनै पनि मुद्दाको हदम्याद, म्याद र तारेख नगुज्रने पनि निर्णय गरेको छ ।

पूर्ण बैठकले ‘नेपाल सरकार वादी भई चलेका थुनुवा मुद्दाको पुनरावेदन फिर्ता एवं प्रचलित कानुनबमोजिम मिलापत्र हुन सक्ने सरकारवादी फौजदारी मुद्दाको मिलापत्रसम्बन्धी कामकारबाही’ गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, यसअघि सर्वोच्चले सम्बन्धित मुद्दाका एक÷एक जना पक्ष र एक÷एक कानुन व्यवसायी मात्र उपस्थिति भएर बहस गर्न पाउनेछन् । कोरोना जाखिमबाट बच्न सर्वोच्चले यस्तो विधि अपनाएको थियो ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा...

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

ट्रेन्डिङ

साझा सेवाले सञ्चालनमा ल्यायो इन्धन बोक्ने ५ थान ट्याङ्कर

काठमाडौँ । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र...

सप्तकोशीको बहाब गाउँतीर सोझियो

चिलिया टप्पु (उदयपुर) । सप्तकोशी नदीको बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन...

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

आईसीयू र भेन्टिलेटरको शीघ्र व्यवस्था गर

कोरोना महामारीको संक्रमण आम रूपमा फैलदै गर्दा संक्रमणबाट गम्भीर भएका बिरामीको संख्या र चाप बढ्दै गइरहेको छ । तर, ती बिरामीको उपचारका लागि अस्पतालमा...

कमजोर विकास खर्चमा सुधार गर

चालू आर्थिक वर्षको बजेटमा विनियोजित कुल पुँजीगत विकास खर्चको केवल २९ प्रतिशत मात्र खर्च गरेर सरकारी निकायले बाँकी रकम सदूपयोग गर्न नसक्ने हो कि...

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन

जेरुसेलम । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने...

नेप्सेमा नयाँ ब्रेकः सातामा ३१ अर्बको कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार...

सशस्त्रका सईलाई पनि अब बीओपीमा इन्चार्जको जिम्मेवारी, ५१ ओटा कार्यालय अब सईको कमान्डमा

काठमाडौं । सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको सशस्त्र प्रहरी बलले अब बोर्डर आउट पोष्ट (बीओपी) मा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई पनि कमान्डरका...

प्रेस युनियन सुनसरीले सार्वजनिक ग-यो डिजिटल पात्रो

काठमाडौ । आम जनमानससँगै नेपाली पत्रकारिता जगतको एकदमै उपयुक्त मानिएको डिजिटल पात्रो बजारमा आएको छ । नेपाल प्रेस युनियन सुनसरी सो डिजिटल पात्रो बजारमा...

घुम्थाङ गाउँ : तंग्रिने तरखरमा

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कबाट आएको पहिरोमा पुरिएका ३१ मध्ये १४ जनाको शब फेला परेको छ । १७ अझै बेपत्ता छन् । बेपत्ता...

कैलालीमा २० जना थुनुवालाई कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण...

तनहुँमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

तनहुँ । जिल्लास्थित आँबुखैरेनी गाँउपालिका-२ ऐना पहरा भन्ने स्थान सोमबार बिहान ७:२५ बजेको समयमा पृथ्वी राजमार्गबाट करिब २५ मिटर तल सिमेन्ट बोकेको ट्रक अचानक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)