Friday, June 18, 2021
Home Breaking News हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

राजधानी समाचारदाता,

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बताएका छन् ।

नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको कुराकानीमा भट्टराईले ओलीलाई भेटेर ‘प्रधानमन्त्री बनाइदिनुप-यो’ भनेको भनेपछि भट्टराईले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन् ।

कुराकानीका क्रममा बस्नेतले भट्टराई १० दिनको विचमा ओलीलाई दुई पटक भेटेको र देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफमा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतले कुराकानीको क्रममा भनेका छन् ।

भट्टराईले प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले आफू बोल्नै पर्ने अवस्था आएको भन्दै आफूले महाविपत्तिउन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको बताएका छन् । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको उनको भनाई छ ।

भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिन्छ । सोचौं ।’

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

आयो डब्बुको नयाँ गीत अँधेरीमा थिएँ म…

काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई ओएसआर मुभीको युट्युब च्यानलबाट रिलिज...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो

  लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने,...

ट्रेन्डिङ

सुदूरपश्चिममा ६ मन्त्रीलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीको सिफारिस

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी निर्देशनविपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीका लागि सिफारिस गरेको...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२...

प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा...

ग्यास सहज कहिले ?

काठमाडौँ । सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि...

कोरोना जीवाणुको औषधि परीक्षण अमेरिकाको नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४००...

हिँडेरै घर जान लागेका मजदुरलाई प्रहरीले राेकेपछि झडप

धादिङ । कोभिड –१९ को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदूर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका...

संवैधानिक आयोगको नियुक्तिबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको...

हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

वाग्मती । हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्र्फ जाँदै गरेको...

विराटनगरका प्रशिक्षक यानलाई १ सिजन प्रतिबन्ध

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का दौरान खेल भावनाविपरीत व्यवहार गरेको र अनुशासन तोडेको भन्दै विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान कारबाहीमा परेका...

‘छाडा भयो गाईजात्रा’

काठमाडौं । हास्यव्यंग्य अभिनेता शिवहरि पौडेलको नजरमा पछिल्लो समय गाईजात्रा छाडा भएको छ । गाईजात्रालाई अहिलेको पुस्ताले छाडा बनाएको यी अभिनेताको कथन छ । सामाजिक...

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)