आयो प्रवीण र प्रतिमाको माया लाइसक्यो

काठमाडौं । गायक प्रवीण भेटवाल र गायिका प्रतिमा केसीले आफ्नो नयाँ गीत ‘माया लाइसक्यो’को भिडियो सार्वजनिक गरेका छन् । प्रतिमाको यो पहिलो गीत हो ।

उनीहरूले यो गीतको भिडियोलाई सप्तक म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् । यो गीतमा किसन सुवेदीको शब्द तथा सीएल शर्माको संगीत रहेको छ ।

गीतको भिडियोमा गायक गायिकासहित विभिन्न कलाकारलाई समेटिएको छ । भिडियोको निर्देशन वीरेन्द्र धामीले गरेका हुन् । गीत भिडियोको छायांकार पनि वीरेन्द्र नै हुन् । जसमा कुशल सिंहको कोरियोग्राफी रहेको छ ।

यो गीतको भिडियोमा युवापुस्ताको माया प्रेमलाई समेटिएको छ । लकडाउन अघि छायांकन गरिए पनि भिडियो भर्खर सार्वजनिक गरिएको जनाउँदै प्रतिमाले भनिन्, ‘पहिलो प्रयास भए पनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हुँ । यसबाट निकै उत्साहित र आशावादी पनि छु ।’

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी