Thursday, August 5, 2021
Homeबिचारकोरोनाको नयाँ भेरियन्टसँगै थप जोखिमपूर्ण

कोरोनाको नयाँ भेरियन्टसँगै थप जोखिमपूर्ण

डा. प्रकाश बुढाथोकी,
sharethis

स्वास्थ्य मन्त्रालयले सचेत र सावधानी गराउँदै गर्दा गाउँबाट बस रिजर्भ गर्दै बजार, सडक र राजधानीमा उतारियो । राजनीतिक अभिष्ट पूरा गर्न जुलुस, भाषण, उद्घाटन, भिड कुनै ख्याल गरिएन । न त हवाई न त स्थल नाका निगरानी गरिए तत्पश्चात् कोरोना संक्रमण थप भेरियन्टसहित उकालो चढ्दै गयो ।

नयाँ भेरियन्ट

केही महिनायता कोरोनाको संक्रमण बढ्नुमा जिम्मेवार तथा चर्चामा रहेका बेलायत, ब्राजिल र दक्षिण अफ्रिका तीन नयाँ भेरियन्ट थिए । तीनै भेरियन्टका साथै भारतमा डबल र ट्रिपल म्युटेन्ट भाइरस फैलिसकेकाले नेपालमा पनि आज वा भोलिदेखि नै थियो । जुन देखिइसकेको छ । बेलायती स्ट्रेन ७० गुणा छिटो संक्रमण फैलाउने, कम उमेरकामा बढी जटिलताले अस्पतालमा भर्ना हुने र अक्सिजन आवश्यकता बढी पर्नेछ भने अफ्रिकन स्ट्रेन दोब्बर संक्रामक, उपलब्ध खोप निस्क्रियता र घातक छ ।

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमता छल्न सक्ने डबल म्युटेन्ट भेरियन्ट—बी १६१७ भेटिएको केही सातामै महाराष्ट्रमा अर्काे परिवर्तितस्वरूप अत्यन्त खतरनाक वेस्ट बंगालमा पहिलोपटक भेटिएको भनिने ट्रिपल म्युटेन्ट भेरियन्ट बी १६१८ भेटियो । नेपालमा पनि सबै उमेरका लागि जोखिमपूर्ण कोभिड–१९ का थप २ भेरियन्ट जेठ ४ गते पुष्टि भए । गत साता देशभरका ३५ वटा नमुना भारतमा जिनसिक्वेन्सिङ गर्दा ९७ प्रतिशतमा डबल म्युटेन्ट—बी १.६१७.२ र ३ प्रतिशतमा ट्रिपल म्युटेन्ट— बी १.६१७.१ देखिएको छ । नेपालमा हाल ३ भेरियन्ट सक्रिय छन र जति परीक्षणमा पुष्टि भएका छन् त्यसको ५ गुणा बढी देशमा संक्रमित रहेको विगतको सेरो प्रिभेलेन्सले देखाएको छ ।

कोरोनाको दोस्रो लहरमा मुख र श्रवणसम्बन्धी दुई नयाँ लक्षण देखापरेको छ

खोपलाई रामवाण नठानेर जनस्वास्थ्य मापदण्डका पूर्ववत् तरिका निरन्तरता दिए संक्रमणबाट सुरक्षित हुन सकिन्छ

फेरिँदै लक्षण

भाइरसका ३ प्रमुख चरित्रमा अरू प्राणीमा छिर्न सक्ने ‘इन्फेक्टिभिटी’ रोगमा बदलिएर प्रस्तुत हुने क्षमता ‘प्याथोजेनिसिटी’ र एकबाट अर्काेमा सर्ने दर ‘टान्समिसिबिलिटी’ पर्छन् । भाइरस १ बाट २ मा पुग्दा भाइरसको सर्ने दर, कडापन बढेको छ र लक्षण तथा प्रस्तुति फरक हुँदै गएको छ । इन्क्युबेसन समय औसत ७ दिनबाट आजको भोलि नै भएको छ । फैलने गति १ बाट ५÷५ बाट २५ अनि १२५÷६२५ गर्दै फैलँदै छ । गत वर्ष माइल्डबाट मोडरेट तब कडा क्रमिक रूपमा बन्थ्यो र उपचार योजना बनाउन सकिन्थ्यो तर हालको एकैछिनमा हेर्दा हेर्दै च्याप्ने ह्याप्पी हाइपोक्सिया छ । बिरामीमा ९० माथि अक्सिजन राख्न अक्सिजन खपत २ गुणाले बढेको छ । उपचार समय लम्बिएको छ । पहिलो ५ दिनमा निको भइसकेको जस्तो देखिने तर ८ दिनपछि कडा बन्ने अचम्म छ ।

ज्वरो, स्वाद र गन्ध हराउनेका अतिरिक्त घाँटी दुख्ने, जिउ, मांशपेसी असह्य दुख्ने, छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने आमलक्षणसँगै पखाला, गन्ध ठ्याम्मै थाहा नहुने, भोक ठ्याम्मै नलाग्ने, छातीभित्रबाटै बज्ने, दुख्ने गरी ध्याङ ध्वाङ सुक्खाखोकी, वाकवाकी र बान्ता थप साझा लक्षण हुन् । अक्सिजन ५०/६० प्रतिशत हँुदा सामन्य सरह बोलिरहने तर हेर्दाहेर्दै एक्कासि कडा बन्ने बढी छ । दोस्रो लहरमा प्रस्तुत नयाँ भेरियन्टमा नयाँ मुखसम्बन्धी र श्रवणसम्बन्धी दुई लक्षण देखिएका छन् । आँखामा रातोपना, छालामा लक्षण र परिवर्तन पहिलेभन्दा बढी छ ।

औषधी उपचार

कोभिड–१९ को उपचारमा रेम्डेसिभिर मृत्यु घटाउन, यान्त्रिक भेन्टिलेटरको आवश्यकता कम गर्न उपयुक्त नभएको विश्व स्वास्थ्य संगठनले नोभेम्बरमा स्पष्ट पारे पनि नेपालमा यसको हारालुछ कायमै छ । सहजै उपलब्ध नहुने औषधि चिकित्सकले सिफारिस गरेपछि ज्यान जोगाउने आसमा बिरामीका आफन्त महँगो मूल्यमा किनिरहेका छन् । तथापि पहिलो लहरमा स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायलमा निःशुल्क रूपमा कोभिड अस्पतालमा प्रयोग गरेको र त्यसको रिर्पाेटका आधारमा जनमानस तथा केही क्लिनिसियनमा छाप परेको छ । खोजमा स्टेरोइडसँगै दिँदा अस्पताल बस्ने दिन १४ बाट ११ बनेको देखिन्छ । त्यस्तै प्लाज्मा पनि सुरुवातमै धेरै एनिटबडी भएको दिँदा मात्रै प्रभावकारी छ ।

बेलायतमा सन् २०२० मा भएको रिकभरी ट्रायलपछि कोभिडका गम्भीर बिरामीमा स्टेरोइडको प्रयोग व्यापक भएको हो । जसको प्रयोगले अक्सिजन सर्पाेटकामा ५ भागमा १ भागले कम वा भेन्टिलेटरमा रहेका गम्भीर बिरामीको मृत्यृदर एकतिहाइ कम भएको थियो । पहिलेदेखि नै स्टेरोइड लिइरहेको अवस्थाबाहेक गम्भीरलाई मात्र दैनिक एकपटक ७ देखि १० दिनसम्म दिन सिफारिस छ ।

स्वास्थ्य मन्त्रालयको जेठ ४ गतेको आईसीएसको बैठकले कोरोना अवधिभर चिकित्सकको पुर्जाबिना एन्टिबायोटिक र स्टेरोइड बिक्री वितरणमा बन्देज लगाउन औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषद्लाई निर्देशन दिने तथा कोभिड अवधिभर एक चिकित्सक एक स्वास्थ्य संस्था लागू गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन कति समय लाग्ने हो, त्यो त पर्खनैपर्छ ।

नयाँ औषधि

कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न डीआरडीओले हैदरावादस्थित औषधि कम्पनी डाक्टर रेडिडजसँगको सहकार्यमा विकास गरिएको टु डिअक्सी डि ग्लुकोज टु डीजी भारतले मे १७ मा आपतकालीन प्रयोग अनुमति दिएको छ । भारतीय रक्षामन्त्री राजनाथसिंह र स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले सार्वजनिक गरेका थिए । धुलोका रूपमा प्याकेटमा आउने औषधि पानीमा घोलेर खान मिल्नेछ । जसले कोषसम्म पुगेर भाइरसको वृद्धि रोक्ने तथा तागत बढाउँछ । क्लिनिकल परीक्षणमा अस्पताल भर्ना भएका बिरामी छिटो निको र अक्सिजनप्रतिको निर्भरता कम गरेको देखिएको छ । औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीलाई सहायक उपचार विधिका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

सुन्दै लाज लाग्ने कुरा, आफ्नै हात जगन्नाथ, मन्त्रालयमा बसेर कोभिड महामारीको भत्ता, बैठक, यात्रा तथा अनेक थरी भत्ता बुझिसक्दा खतरा मोलेर उपचारमा खटिएका अझै रित्तो हात छन्

सरकारबीच टकराव

कोरोना महामारीका बेलामा नागरिकको जीवन मरणसित जोडिएका सवालमा स्थानीय, संघ र प्रदेश सरकारबीच मनोमालिन्य, टकराव देखिनु अस्वाभाविक मात्र होइन घातक पनि छ । जनप्रतिनिधिमा सहअस्तित्वका साथ समन्वय, सहकार्य हुन सकेको छैन । कतिमा त बोलचाल नै बन्द छ । टकरावको स्पष्टै उदाहरण पछिल्लो समयमा सुदूरपश्चिममा देखिएको छ । संघीय मन्त्री लेखराज भट्टलाई जिम्मेवारी, उपप्रधानमन्त्रीले प्रजिअलाई सिधै आपूm वा लेखराज भट्टलाई सम्पर्क गर्न दिएको आदेशले प्रदेश सरकार रुष्ट छ ।

सरकारले महामारी नियन्त्रणका लागि स्थायी संरचना बनाउन नीतिगत व्यवस्था गर्दै छ । संक्रामक रोग ऐन २०२० अध्यादेशमार्फत संसोधन गर्दै छ । कोरोना नियन्त्रणका लागि संघीय सरकारबाट भएका निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन नभएको, तीन तहका सरकारबीच समन्वय नभएको, स्वास्थ्यसामग्री द्रुत गतिमा खरिद गर्न कानुनी अड्चन, तथ्यांक संकलन तथा सूचना प्रवाहमा ग्याप भएको निष्कर्षसहित ऐन संसोधनका लागि स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयले संयुक्त गृहकार्य गरी मस्यौदा बनाएका छन् । मस्यौदामा स्वायत्त स्थायी संरचना सीडीसी खडा गर्नेछ ।

सुन्दै लाज लाग्ने कुरा, आफ्नै हात जगन्नाथ, मन्त्रालयमा बसेर कोभिड महामारीको भत्ता, बैठक, यात्रा तथा अनेक थरी भत्ता बुझिसक्दा खतरा मोलेर उपचारमा खटिएका अझै रित्तो हात छन् । डाडु पन्यु हातमा भएकाले कार्यक्षेत्रमा खटिएकामाथि गरेका अन्याय मात्र होइन, पेसागत बेइमानी भए पनि दोस्रो लहर फैलिएपछि सबै बिर्सेर युद्धक्षेत्रमा स्वास्थ्यकर्मी खटेका छन् । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र जति गैरजिम्मेवार देखिए, चिकित्सक र स्वास्थ्यकर्मी पनि त्यत्ति नै गैरजवाफदेही हुन्थे भने कोरोना महामारीको अवस्था कस्तो हुन्थ्यो होला ?

अन्तमा, दोस्रो लहरसँगै जनमानसमा सरकारले खोप अभियान व्यापक बनाए हँदो हो भन्ने अपेक्षा जनतामाझ कडा रूपमा पलाएको छ । खोपले रोग प्रतिरोधात्मक क्षमता बढ्छ नै त्योभन्दा मनोविज्ञान ठूलो छ । तथापि खोप रामवाण नठानेर जनस्वास्थ्यका मापदण्डका पूर्ववत् तरिका निरन्तरता दिएर सुरक्षित हुन सकिन्छ । कोरोना जति बलियो बन्दै छ, हामी त्यत्ति नै थप बलियो बन्नु छ । जित्न शासन र प्रशासनको भर पर्नुभन्दा आफ्नै अनुशासनको भर पर्नुपर्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

(Visited 112 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

यार्सा र जडीबुटी खोज्नेद्वारा व्यापक वन फडानी

बझाङ । बझाङको बहुमूल्य हिमाली वन क्षेत्र नासिँदै गएको छ । यार्सा र जडीबुटी खोज्ने वन प्रवेश गर्नेबाट व्यापक रूपमा वन फडानी भइरहेको भए...

बाजुराको प्याज गनाउँने गाउँ

बाजुरा । भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन ।...

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

खर्कमै पुगेर गाउँपालिकाले गर्याे गाई बस्तुको उपचार

हुम्ला । हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउपालिकाको पहलमा खर्कमा रहेका गाई गोठमा पुगेर गाई बस्तुलाई उपचार गरिएको छ । हुम्लामा बर्षाको समयमा खर्क...

ट्रेन्डिङ

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको काम रोकियो

दैलेख । जिल्लामा सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको दोस्रो चरणको काम सञ्चालन हुन सकेको छैन । दसंै–तिहारपछि दोस्रो चरणको उत्खनन सुरु गरिए...

फस्ट लुक्समा माया बस्छ कि के हो ?

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘माया बस्छ कि के हो ?’ को फस्र्टलुक राजधानीमा एक समारोहबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सार्वजनिक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)