काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका सबै विज्ञप्ति अचानक हराएको छ । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएको’bout लगायतका विज्ञप्ति अहिले देखिदैन ।
प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको विज्ञप्ती शनिबार राति १ः ४८ मा अपलोड गरिएको थियो । त्यो विज्ञप्ती पनि अहिले छैन । यो विज्ञप्ती हराएपछि यस’bout आमा चासो बढेपछि अनुसन्धान थालिएको छ ।
सो वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो । यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले बताए ।
उनले जेठमा राखेका सबै सूचना हराएकाले वेबसाइट डेभ्लपर्सलाई नै हेर्न भनेको पनि बताए ।






