साओमीको रेडमी १० नोट प्रोकाे यस्ताे छ विशेषता

काठमाडौं । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सका साथजस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७३२ जी, इभोल डिजाइनका साथ आएको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘हाम्रा उपकरणमध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रूपमा परिणत भएका छन् । रेडमी नोट सिरिजको हाम्रो १०औं जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक क्रान्तिकारी परिवर्तन ल्याएका छांै ।’

उनले भने, ‘रेडमी नोट १० को सुविधा जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिकका साथ हामी टेक्नोलोजी प्रजातान्त्रीकरण गर्दै छांै । यी उपकरणले (क) बेस्ट स्पेक्स (ख) हाईएस्ट क्वालिटी र (ग) अनेस्ट प्राइस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ । हामी विश्वस्त छौं कि यी उपकरणले उद्योगमा केही नयाँ बेन्चमार्कहरू सेट गर्नेछ ।’

रेडमी नोट १० प्रो : १ सय २० हटर््ज सुपर एमोलेड १०८ एमपी क्वाड क्यामेरा

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ, जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्रो र २ एमपी डेप्थ सेन्सर उपलब्ध छ । फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ ।

भर्सटाइल : १०८ एमपी क्वाड क्यामेरा एरे

रेडमी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा रहेको छ । रेडमी नोट १० प्रोमा लेटेस्ट १०८ एमपी सामसुङ आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ, जसले उत्कृष्ट क्यामेरा क्षमताको प्रदान गर्दछ ।

यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेसन हो र यो डिजाइन गरिएको अहिलेसम्मकै पातलो डिजाइन हो– यसको अघिल्लो जेनेरेसनभन्दा यो १५ प्रतिशतले पातलो छ । आइसोसेल प्लस र स्मार्ट–आईएसओ टेक्नोलोजीले व्यापक डाइनामिक रेन्ज र अप्टिमल एक्सपोजर प्रदान गर्दछ । यसमा ९–इन–१ पिक्सेल विनिङ टेक्नोलोजी पनि रहेको छ जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सका लागि ठूलो २.१ माइक्रोमिटरको पिक्सेल साइज प्रदान गर्दछ ।

५ एमपी सुपर म्याक्रो

म्याक्रो क्यामेराको एक्सपेरियन्सलाई अर्को चरणमा लैजाँदै, रेडमी नोट १० मा ५ एमपी सुपर म्याक्रो क्यामेरा सेन्सरको सुविधा रहेको छ । सुपर म्याक्रो लेन्स म्याक्रो लेन्समा इन्टिग्रेट गरिएको एक टेलिफोटो लेन्स हो । यसको मद्दतले उपभोक्ताले २ एक्स थप जुम गर्न सक्दछन्, जसले म्याक्रो क्यामेरा एक्सपेरियन्सका लागि धेरै भिन्न परिप्रेक्षलाई सक्षम पार्दछ ।

८ एमपी अल्ट्रा वाइड

रेडमी नोट १० प्रो मा ८ एमपीको अल्ट्रा वाइड सेन्सर पनि छ, जसले उपभोक्तालाई अविश्वसनीय अल्ट्रा वाइट सटहरू ११८ डिग्रीसम्मको पर्फेक्ट फिल्ड अफ भ्यु हेर्नको लागि मद्दत गर्दछ । २ एमपी सेन्सरले क्रिस्प बोकेह सटहरू लिन सजिलो बनाउँछ । सफ्टवेयर एआई एल्गोरिदमलाई लाइफ इमेज र एक्सेपसनल भिडियो क्वालिटी प्रदान गर्नका लागि ट्युन गरिएको छ ।

मीयूआई क्यामेरालाई नयाँ युगको सोसियल मिडिया क्रिएटसर्सका लागि हुनेगरी बनाइएको छ । यसमा विशेष सुविधा छ – जस्तै नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ एक्सपोजर मोड र अधिक मोड जसले क्रिएटर्सहरूलाई बेसिक स्मार्टफोन फोटोग्राफीबाहेक अन्य कार्यका लागि प्रयोग गर्न सहज बनाउँछ । यसमा उच्च गुणवत्ताको सेल्फी, भिडियोग्राफी र फेस अनलकका लागि १६ एमपीको फ्रन्ट क्यामेरा पनि रहेको छ ।

भाइब्रेन्ट : सुपर एमोलेड डिस्प्ले

रेडमी नोट १० प्रोमा १६.९ सेन्टिमिटर (६.६७) फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस, १२० हटर््जको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट र एचडीआर १० सपोर्टको प्रदर्शन रहेको छ, जसले स्मार्टफोन इन्डस्ट्रीमा यसलाई बेस्ट डिस्प्लेको रूपमा फिचर गरेको छ ।

सुपर स्मुथ : १२० हट्र्ज रिफ्रेस रेट

सुपर एमोलेड प्यानेलले १२० हट्र्जको रिफ्रेस रेटको प्रदान गर्दछ, जसले पहिले रेडमी स्मार्टफोनमा कहिल्यै नदेखिएको भाइब्रेन्ट,स्मुथ र इन्ट्युटिभ एक्सपेरियन्सको प्रदान गर्दछ ।

सुपर ब्राइट : १२०० निट्स

सुपर एमोलेड प्यानेल १२०० निट्सको पिक ब्राइटनेसको साथ आउँछ, जसलाई उद्योगकै सबैभन्दा उत्कृष्ट मानिन्छ । १२० हट्र्जको सुपर एमोलेड डिस्प्ले र १२०० निट्सको पिक ब्राइटनेसको साथ रेडमी नोट १० प्रोले मिड–प्रिमियम र फ्ल्यागसिप स्मार्टफोनको बीचको दूरीमा ब्रिज ल्याउँछ ।

उपलब्धता : 
रेडमी नोट १० प्रो अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरमा ३४ हजारमा उपलब्ध हुनेछ ।

द्रुत विशिष्टता :

विशिष्टता रेडमी नोट १० प्रो
डिजाइन ● इभोल डिजाइन : प्रेमले बनाइएको
डिस्प्ले ● १६.९ सेन्टिमिटर (६.६७ इन्च) फुल एचडी+सुपर एमोलेड डिस्प्ले
● १२० हट्र्जको स्क्रिन रिफ्रेस रेट
● १२०० निट्स ब्राइटनेस
● १०० प्रतिशत डीसीआई–पीथ्री वाइड कलर ग्यामट
● एचडीआर–१० सर्पोट
● टीयूभी रिनल्यान्ड लो ब्लु लाइट सर्टिफिकेसन

क्यामेरा ● १०८ एमपी क्वाड क्यामेरा एरे–सामसुङ आइसोसेल एचएम २ सेन्सर
● ५ एमपी सुपर म्याक्रो सेन्सर २ जुमको साथ
● ८ एमपी अल्ट्रा वाइड ऐन्गल सेन्सर ११८ डिग्रीको एफओभीको साथ
● २ एमपी डेप्थ सेन्सर
● १६ एमपी सेल्फी क्यामेरा
पर्फमेन्स ● क्वालकम स्न्यापड्रागन ७३२ जी
● ८ एक्स काइरो ४७०२२.३ गिगा हट्र्ज
● एड्रेनो ६१८ जीपीयू
● ८ न्यानोमिटर प्रोेसेस टेक्नोलोजी
● क्वालकम स्पेक्ट्रा™ ३५० आईएसपी

स्टोरेज ● ८जीबी एलपीडीडीआर ४ एक्स सम्मको ¥याम
● १२८ जीबी सम्मको यूएफयस २.२ स्टोरेज

ब्याट्री ● ५०२० एमएएच ब्याट्री
● ३३ डब्लू चार्जर इन–बक्स
सफ्टवेयर ● एन्ड्रोइड ११ मा आधारित मीयूआई १२

गुणस्तर ● कोर्निङ्ग®गोरिल्ला®ग्लास ५
● ३६० डिग्री एम्बियन्ट लाइट सेन्सर
● रबराइज्ड पोर्ट
● कोरोजन प्रतिरोधी पोर्ट
● सर्ज प्रोटेक्सन
● ३.५ मिलिमिटर ज्याक
● आईआर ब्लास्टर
● सेल्फ क्लिनिङ स्पिकर
● मल्टी लेयर ग्राफाइट
विविध रंगहरू भिन्टेज ब्रन्ज, ग्लेसियल ब्लु र डार्क नाइट

तौल १९२ ग्राम
मोटाइ ८.१ मिलिमिटर

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

epaper

ताजा समाचार

मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं'