अखिल (क्रान्तिकारी)द्वारा रक्तदान सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी) ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वास्थ्य मापदण्ड पुरा गरेर रक्तदान कार्यक्रम गरिएको छ । बढदो कोरोना संक्रमणको महामारीका बीचमा आवश्यक रगतको आपुर्तीमा कमी नहोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिलका उपमहासचिव एवं प्रवक्ता जीपी मैनालीले बताए ।

अखिलको केन्द्रीय कमिटीका विद्यार्थी स्वयंसेवक विभागको आयोजना रक्तदानको आयोजना भएको हो । अखिल नेता एवं विद्यार्थी स्वयंसेवक बिभागका संयोजक संजय काल्धनले महामारीका बीचमा संगठनबाट सहयोग गर्नका लागि रक्तदानको आयोजना गरिएको बताए ।

काल्धन सहित अखिलका अध्यक्ष रन्जित तामाङ, उपाध्यक्ष इन्द्र भुषाल, कोषाध्यक्ष केशव रावल अखिलका पुर्व अध्यक्ष रमेश मल्ल सहित २६ जनाले रक्तदान गरेका छन् ।

कोरोना महामारीका बीचमा अखिलले दुर्लभ शाहीको संयोजकत्वमा ६१ जना चिकित्सक र स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क सातवटै प्रदेशमा यस अघि नै सार्वजनिक गर्दै परिचालन गरेको प्रवक्ता मैनालीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे