काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने अन्य १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
निष्कासन गरिएका नेताहरुमा नेपाल र खनालका अलावा भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का छन् । एमालेले यसअघि आज विहानसम्म जवाफ दिन भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ दिएका थिएनन् ।
तपाइको प्रतिक्रिया
(Visited 391 times, 1 visits today)






