बेड र अक्सिजन सहज हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोनाको कहरसँगै बेड र अक्सिजनको हाहाकार हुने गरेकोमा पछिल्ला दिनमा भने त्यो समस्या सहज हुँदै गएको छ ।

पछिल्लो एकसातादेखि अक्सिजन र बेड अभावमा कसैले पनि उपचारबाट बञ्चित हुनु नपरेको सेती अस्पतालले जनाएको छ ।

जटिल समस्या भएपछि मात्र अस्पताल आउने प्रवृत्तिका कारण मृतकको संख्या बढेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले अहिले बेड र अक्सिजनको अभाव नभएको बताउँदै अक्सिजन नपाएर अहिलेसम्म कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नभएको बताए ।

समयमा बेड र अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेको गुनासो आइरहेका बेला सेती प्रादेशिक अस्पतालका फिजिसियन डक्टर निशान भट्टराइले निमोनियबाट ग्रस्त भएर अस्पताल भर्ना भएकाहरुको मृत्युदर बढेको बताए । समयमा उपचारका अस्पताल नआउने अवस्थाका कारण कतिपय दिर्घ रोगीहरुको संक्रमका कारण मृत्यु हुने गरेको उनले बताए ।
सुदूरपश्चिमका १२ अस्पतालहरुको कुल बेड क्षमता ९४८ मात्र हो । यहाँको आइसियु क्षमता ६७, भेन्टिलेटर ३२, आइसोलेसन बेड संख्या ४६२, कोभिड बेड १२०, कोभिड आइसियु बेड ५५ तथा कोभिड भेन्टिलेटर संख्या २५ मात्र रहेको छ । बेड विस्तार र अक्सिजन आपूर्ति पछिल्लो समय सहज हुँदै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमितहरुले समयमा उपचार र खानपिनमा ध्यान दिने हो भने कसैले पनि संक्रमण भएकै कारण ज्यान गुमाउनु नपर्ने फिजिसियन डक्टर भट्टराईको सुझाव छ ।

अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकहरुको भनाईलाई आधार मान्ने हो भने बेड र अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउनु पर्दैन । सेतीमा थप ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि कोरोना संक्रमितहरुको उपचारमा अझै सहजता आउने देखिएको छ। साथै संक्रमण दरसँगै निको हुनेको संख्या पनि बढ्दै गएकाले आगामी दिन थप सहज बन्दै जाने अधिकारीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते