जब निषेधाज्ञा कार्यान्वयन गराउन गएको प्रहरी टोलीले पसलबाटै भोड्का लिएको भिडियो बाहिरियो

लहान । निषेधाज्ञा कार्यान्वयन गराउन डिउटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट मदिरा लिएर आएको घटना सार्वजनिक भएपछि त्यसमा संलग्न तीन प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । उनीहरुलाई आजबाट लागु हुनेगरी निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय छन् ।

असई ठाकुरसहितको टोलीले ९ जेठको राति १० बजे लहान नगरपालिका–२३ गढिया चोकमा निषेधाज्ञा कार्यान्वयन गर्ने सिलसिलामा आसपासका पसल बन्द गराउने क्रममा पुजा मदिरा होटल (एस.के मदिरा) बाट भोड्का लिएर गएका थिए । सो होटलमा होहल्ला भएपछि पुगेको प्रहरी टोलीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरी पुगेपछि पसल सञ्चालक भने फरार भएका थिए ।

पसलमा कोही नभएको मौका छापी असई ठाकुर नेतृत्वको प्रहरी टोलीले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए । प्रहरीले रक्सी लिइरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीहरूमाथि अनुसन्धान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार