लुम्बिनी प्रदेश उपनिर्वाचनमा मतदान शुरु, परिणाम आजै आउने

 

काठमाडाैं ।  राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार  दिउँसो ३ बजेसम्म  मतदान समय निर्धारण गरिएको छ भने मतदान सकिएलगत्तै गणना शुरु हुने छ । प्राविधिक समस्या नआए आजै मतपरिणाम सार्वजनिक हुने उनले बताए ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई सुकुम्बासीको पक्षमा उभिने