Friday, July 23, 2021
HomeBreaking Newsसार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना

प्रशान्त वली,

काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो ।

पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा संक्रमण र २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । यसअघि, भारतमा दैनिक झन्डै २ लाखसम्ममा संक्रमण देखिने गरेको थियो । त्यस्तै, बंगलादेशमा पछिल्लो तथ्यांकअनुसार एकै दिन १२ हजार ७ सय २४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ । श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र चार जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७ सय ४ जनामा संक्रमण देखिँदा दुईको मृत्यु भएको छ ।

पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ । भुटानमा एकै दिन ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख १ हजार ८ सय ३९ जना संक्रमित रहेका छन् । बिहीबार ५ हजार ९ सय ४ संक्रमित निको भएका छन् । ८ सय ३१ क्वारेन्टाइनमा छन् ।

हाल, देशभरका अस्पतालमा १ हजार ४ सय ४४ आईसीयू र ३ सय ९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय २१ आईसीयू र ५७ भेन्टिलेटर, प्रदेश २ मा १ सय १३ आईसीयू र २२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २६ आईसीयू र २ सय ५६ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय ३९ जना आईसीयू र २३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ६९ आईसीयू र २५ जना भेन्टिलेटर, कर्णालीमा ४६ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, बेलायती अखबार डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने कुनै नयाँ भेरियन्ट नदेखिएको स्पष्ट पारेको छ ।

विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएको जनाएको छ । यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपाल कोरोना भाइरसको कुनै छुट्टै (नयाँ) भेरियन्ट नभेटिएको र सो समाचारमा सत्यता नभएको प्रस्ट पारे ।

Loading comments...

आजको समाचार

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

साताका लोकप्रिय समाचार

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ । बिगत ११ महिनाको अबधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका...

३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २५ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा...

बिहानीपखै कालो रात भएछ…

बिहानीपखै कालो रात भएछ खल्तीमा राखेको ठूलो चन्द्र हराएछ... झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला !’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले ।...

मस्तिष्कघात भई उपचाररत प्रमुख जिसीको शल्यक्रिया

  काठमाडाैं । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा  शल्यक्रिया गरिएकाे छ । मस्तिष्कघात भई उपचारका लागि...

ट्रेन्डिङ

नुवाकोटमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना पुष्टि

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको...

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया विवादमा परेपछि अगाडि नबढाउन निर्देशन दिएको छ । समितिले विहीबार यससम्बन्धी ८ वटा बुँदामा छलफल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?