ध्याउन्न कुर्सी एन्ड कुर्सी !

सागर पण्डित

मुलुकमा राजनीतिलाई यति धेरै दूषित र फोहोरी बनाइएको छ कि त्यो राजनीतिको फोहोरी बाछिटाले देशका सबै क्षेत्र र तप्कालाई नै नराम्ररी बिगारिदिएको छ । यहाँको राजनीति फोहोरी खेलमा लिप्त भइरहेकाले मुलुकले सोचेअनुसार विकास प्रगति र समृद्धि हासिल गर्न नसक्नु स्वभाविक हो । त्यसैमाथि अहिले त सारा विश्वलाई नै संकटमा पु¥याइरहेको कोरोना कहरले हामीलाई पनि एकपछि अर्को संकटको अवस्थामा पु-याइरहेको छ । को कति खेर अकाल मृत्युको मुखमा पर्ने हो भन्न सक्ने अवस्था छैन । मुलुक र व्यक्तिको गति र प्रगति एकैपटक जाम भएको छ । मानिस आफ्नो काममा परिणाम दिनेगरी लाग्नुभन्दा पनि कसरी हुन्छ ज्यान जोगाउने ध्याउन्नमा छ । यस्तो अवस्थामा नागरिकलाई पूर्ण सुरक्षाको ग्यारेन्टी दिने काम सरकारको हो । त्यसैले सरकारले गफ गरेर मात्रै बस्ने अवस्था छैन । काम गरेर परिणाम दिनु अत्यावश्यक छ ।

अहिले राजनीतिक लडाइँ यस्तो फोहोर क्लाइमेक्समा पुगेको छ कि प्रमुख दलका नेताहरू नै पाएसम्म एकले अर्कालाई सिध्याउने र समाप्त पारिदिने विध्वंसकारी सोचमा निर्लिप्त छन् । सरकारइतरका दलहरू कसरी हुन्छ कुर्सीमा जाने र आलिसान महल ठडाउने ध्याउन्नमा छन् भने सरकारी पक्ष कुर्सी जोगाउनमा नै केन्द्रित छ । यद्यपि अहिले सरकार ढालेर अर्को सरकार बनाउँदा पनि अवस्थामा कुनै सुधार नहुने निश्चित छ । किनकि प्रधानमन्त्रीका रूपमा अहिले जो जसलाई अघि सारिएको हो । विगतमा ती सबै पूर्णतः असफल प्रधानमन्त्रीका रूपमा प्रयोग भइसकेका व्यक्ति हुन् । त्यसैले अहिले सरकार ढालेर मुलुकलाई अस्थिरतातर्फ लैजाने खेललाई कुनै एंगलबाट हेर्दा पनि जायज ठान्न सकिँदैन । बरु वर्तमान सरकारलाई नै सर्वदलीय सरकारका रूपमा स्थापित गर्न सकियो भने त्यसले राम्रो परिणाम दिन सक्छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आवश्यक पहल गरेर सर्वदलीय सरकार बनाई कोरोनाविरुद्धको लडाइलाई सशक्त बनाउन सक्नुपर्छ ।

सत्ताबाहिर रहेका तर लामो समयदेखि सत्तामा गएर सुखभोग गर्न नपाएका सबै शक्तिहरू अहिले प्रतिगमन भयो बन्ने बहानामा सरकारविरुद्ध एकजुट बनिरहेका छन् । उनीहरूको एकसूत्रीय माग छ कुर्सी एन्ड कुर्सी । उनीहरूको कुर्सीका लागि अब जनताले कुनै प्रकारको आन्दोलन गर्नेछैनन्

राजनीतिलाई फोहोरको डंगुर बनाउनेहरूलाई कोरोना र त्यसले आमजनतालाई पारेको असर र प्रभाव’boutमा खासै मतलब छैन । कसरी हुन्छ सत्तामा जाने एकसूत्रीय नीति उनीहरूको छ । सत्ताबाहिर रहेका तर लामो समयदेखि सत्तामा गएर सुखभोग गर्न नपाएका सबै शक्तिहरू अहिले प्रतिगमन भयो बन्ने बहानामा सरकारविरुद्ध एकजुट बनिरहेका छन् । उनीहरूको एकसूत्रीय माग छ ‘कुर्सी एन्ड कुर्सी’ । उनीहरूको कुर्सीका लागि अब जनताले कुनै प्रकारको आन्दोलन गर्नेछैनन् । सम्भवतः उनीहरूले गर्ने आन्दोलनमा उनीहरूका केही आसेपासे कार्यकर्ता तथा भोलि सत्ता परिवर्तन भएमा केही पाइन्छ कि भनेर आश गर्ने व्यक्ति मात्रै हुनेछन् । उनीहरूको लडाइँ कुर्सीका लागि हो भन्ने कुरा आमजनताले बुझिसकेकाले जनताले साथ दिनेछैनन् । त्यसैले जेजस्ता आन्दोलन गरे पनि त्यो आन्दोलन त्यसै तुहिएर जाने निश्चित छ । पाँच वर्षसम्मको स्थिर सरकार कुर्न नसक्दाको परिणाम हो अहिलेको यो अवस्था । तत्कालीन नेकपाका केही नेताहरूलाई तत्काल सत्तामा गएर सत्ताको रसस्वादन गर्ने र कुम्ल्याउने अचम्मको भोक जागेकाले पनि मुलुक अहिलेको अवस्थामा पुगेको हो । यो अवस्था अझै बढ्दै गयो भने राजनीति अझै बढी कुरूप हुने र मुलुकमा निरंकुश शासकको जन्म नहोला भन्न सकिँदैन । शासन चलाउने र बाहिर बसेर शासनका लागि मरिहत्ते गर्ने दुवै पक्ष ‘आगो आगो’ बन्न पुगेका छन् । एकले अर्काको अस्तित्वको सम्मानसमेत गर्न सकेका छैनन् । उनीहरूले करिब करिब राजनीतिक संस्कार पुरै गुमाइसकेकाले पनि मुलुक आगामी दिनमा झन् बढी समस्याको भुमरीमा फस्न सक्ने भय बढेको छ ।

मुलुकमा यस्तो नकारात्मक र खराब अवस्था सिर्जना हुन पुगेको छ कि यो फोहोरी र विकृत राजनीतिक लडाइँमा सबै पक्ष विभाजित छन् । एकता र सद्भाव फैलाउने काम कसैले गरेका छैनन् । उल्टो बलिरहेको आगोमा घिउ थपेर राजनीतिलाई अझै विकृत बनाउने ध्याउन्नमा छन् यहाँका विद्वत वर्गहरू । यो नै सबैभन्दा ठूलो विडम्बना र दुःखद भएको छ । यहाँका बुद्धिजीवी, नागरिक समाजका अगुवा, आफूलाई मुलुकको मसिहा ठान्ने र हामी नै सबैभन्दा ठूला हांै भन्ने कथित मिडियाकर्मीहरू, सबैलाई फोहोरी राजनीतिको बाछिटाले नराम्ररी सडाइदिएको छ । कुर्सीको फोहोरी दौडमा लागेकाहरूको पक्षमा वकालत गर्दै ‘मिडिया ट्रायल’ मच्चाउने अपराधपूर्ण कामसमेत भइरहेको छ । जुन पत्रकारिताको नाममा कलंक बनिरहेको छ । मिडिया ट्रायलमा उत्रनुलाई आचारसंहिता विपरीत मानिन्छ । प्रेस काउन्सिलले त्यस्ता मिडियामाथि कडा अनुगमन र कारबाही गर्नुपर्छ । मिडिया ट्रायलमा संलग्न भएका अधिकांश मिडिया हाउसहरूको ध्याउन्न पनि भोलि आफू अनुकूलका शासक कुर्सीमा आएपछि आफ्नो स्वार्थपूर्ति हुन्छ भन्नेमा नै छ । त्यसैले उनीहरू जस्तोसुकै पीतपत्रकारिता गर्न पनि पछि परेका छैनन् । विरोधका उत्रिएका कैयौं बुद्धिजीवीलाई भोलि आफ्नो अनुकूलका शासक आएमा राजनीतिक नियुक्ति पाइन्छ कि भन्ने लोभ छ । त्यसैले आजको सत्ता र कुर्सी अधिकांश निकाय र व्यक्तिको लोभ र स्वार्थ पूरा गर्ने साधन भएको छ । यद्यपि, अहिले पनि सरकारले कुनै पनि नियुक्तिको स्पष्ट मापदण्ड बनाउन सकेको छैन । त्यसैले जो सत्तामा गए पनि यो गलत परम्परा भने रोकिनेछैन । विगतदेखिकै गलत अभ्यासले शासकीय प्रणाली र राजनीतिमाथि नै प्रश्न सिर्जना हँुदै आएको छ ।

एकता र सद्भाव फैलाउने काम कसैले गरेका छैनन् । उल्टो बलिरहेको आगोमा घिउ थपेर राजनीतिलाई अझै विकृत बनाउने ध्याउन्नमा छन् यहाँका विद्वत वर्गहरू । यो नै सबैभन्दा ठूलो विडम्बना र दुःखद भएको छ । यहाँका केही बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, आफूलाई मुलुकको मसिहा ठान्ने र हामी नै सबैभन्दा ठूला हौ भन्ने कथित मिडियाकर्मीहरू, सबैलाई फोहोरी राजनीतिको बाछिटाले नराम्ररी सडाइदिएको छ

हुँदा हुँदा न्याय दिने र सबैको एक मात्रै आशाको केन्द्रबिन्दु मानिएको न्यायालयका न्यायाधीशहरूसमेत खुला रूपमा राजनीतिमा सक्रिय हुन थालेको पुष्टि विभिन्न घट्नाक्रमले देखाइरहेको छ । केही पूर्वप्रधानन्यायाधीशहरूले खुलेयाम राजनीति गरिरहेका छन् । गुटबन्दी गरिरहेका छन् । विदेशी डलर खाएर काठमाडांैका तीनतारे होटलमा बसेर बहालवाला न्यायाधीशलाई राजनीति सिकाइरहेका छन् र गुटबन्दी गरी न्यायलाई खरिद बिक्रीको साधन बनाउन तल्लीन छन् । यस्तो खराब प्रवृत्तिबाट न्याय क्षेत्र बच्न सक्नुपर्छ । किनकि न्याय क्षेत्र लोकतन्त्रको पर्याय हो । यस्तो ठाउँमा कुनै पनि हालतमा राजनीति घुस्न दिनुहँुदैन । यो विषयमा सर्वोच्चको नेतृत्वलगायत सबै न्यायाधीश संवेदनशील बन्न जरुरी छ । केही पूर्व न्यायाधीशले राजनीति गरेर आफ्नो पेसागत मर्यादामाथि नै धावा बोलिरहेका छन् । यस्तो प्रवृत्तिले भविष्यमा घातक परिणाम आउन सक्छ भन्ने’boutमा उनीहरूले केही पनि सोचेका छैनन् । अहिले बाहिरै बसेर पनि सरकार चलाउने र सत्तामा आफ्नो कठपुतली ल्याउने योजनामा रहेका कुतत्वले मुलुकमा राजनीतिक अस्थिरता फैलाएर आफ्नो स्वार्थपूर्ति गर्ने योजना बुनिरहेका छन् । यस्तो गलत खेल भइरहेको समयमा वर्तमान सरकारले आमजनताको मन जित्ने गरी काम गर्न सक्नुपर्छ । यसमा सरकार पनि चिप्लिएको हो कि जस्तो अनुभूति गरिँदै छ । अहिले सरकारले आफ्ना नागरिकलाई कोभिडबाट सुरक्षित रहेको अनुभूति दिलाउन सक्नुपर्छ । त्यसका लागि कोभिड नियन्त्रण, रोकथाम र उपचार प्रक्रियालाई अत्यन्तै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ । सरकारले कुनै पनि नीति योजना र कार्यक्रम ल्याउँदा जनता र देशलाई केन्द्रबिन्दुमा राखेर ल्याउन सक्यो भने कुनै विवादको सामना गर्नुपर्दैन ।

ओली नेतृत्वको सरकारले पनि ठण्डा दिमागले सोच्नैपर्छ । कतै केही गल्ती त भइरहेको छैन भनेर विश्लेषण गरी भएका गल्तीहरू तत्काल सच्याएर अघि बढ्दा त्यसले सकारात्मक परिणाम दिन्छ । राजनीतिक दर्शनका विभिन्न विद्धानहरूले राजनीतिक नेतृत्वले यदि उद्देश्य महान् र आमजनताको हितमा छ भने त्यसका लागि कहिलेकाहीँ विधि पद्धति पनि मिच्नुपर्छ भन्ने सल्लाहसमेत दिएका छन् । तर, शासकहरूले यो सुझावलाई आफ्नो स्वार्थपूर्ति गर्ने माध्यम बनाउनुहुँदैन । अहिले पनि प्रधानमन्त्रीले संविधान मिचेको र प्रतिगमन गरेको आरोप लागिरहेको छ । त्यसलाई प्रधानमन्त्रीले जनहितको काम गरी व्यवहारबाट गलत सिद्ध गरिदिन सक्नुपर्छ ।

अहिले एकातिर प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ता (कुर्सी)बाट आउट गर्ने खेल भइरहेको छ भने प्रधानमन्त्री ओली पनि त्यस्ता खेललाई परास्त गर्ने गरी अगाडि बढिरहेका छन् । दुवै पक्षको खेलले मुलुकलाई फाइदाभन्दा घाटा नै पु¥याउने देखिन्छ । त्यसैले अब यो लडाइँ अन्त गरी दुवै पक्ष मिलेर उपयुक्त निकास खोज्नुको विकल्प छैन । अन्यथा देश र देशवासीले लामो समयसम्म दुःख पाइरहनेछन् । जनताको हितका लागि पनि उनीहरू दुवै पक्षले सम्झौता गर्नुपर्छ । अहिले कोरोनाविरुद्ध राष्ट्रिय एकता र सहकार्य गरेर अघि बढ्नुपर्ने समय पनि हो । यसका लागि कैयांै गुणा लचिलो बनेर पहिलो अग्रसरता प्रधानमन्त्री ओलीले नै लिनुपर्छ भने प्रधानमन्त्रीलाई जसरी पनि हटाउँछांै भन्ने एकोहोरो हठ आफ्नै नेताहरू र विपक्षीहरूले पनि बन्द गर्नुपर्छ । अन्यथा दुवै पक्षको कहिल्यै नटुंगिने लडाइँले राजनीतिक दल, देश र जनतालाई लामो समयसम्म पीडामा बस्न बाध्य बनाइरहनेछ । त्यसैले कुर्सी र सत्ताको ध्याउन्न छोडेर सबै जना कोरोनाविरुद्धको लडाइँका सामूहिक रूपमा अग्रसर हुनु नै अहिलेको अहं आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी