कोरोनाले रोकिएको आयोजना थाल्ने तयारी

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै सरकारले गरेको निषेधाज्ञाका कारण रोकिएका विकास निर्माणको काम थाल्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञाका कारण आयोजनाको काम प्रभावित हुन पुगेको थियो । निषेधाज्ञा केही खुकुलो भएको र आर्थिक वर्षको अन्तिम समय पनि भएपछि पुनः आयोजनाको कामलाई अघि बढाउने तयारी थालिएको छ ।

निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका कामदारहरु साइटमा फर्किन थालेका छन् । अब केही दिनभित्रै सुरुङमार्ग बाहिरको काम सुरु गरिने आयोजनाले जनाएको छ । अहिले आंशिक रुपमा काम भइरहे पनि अब तीव्रता दिने तयारी गरिएको हो ।

आयोजनामा करिब साढे ६ सय जनाले काम गर्दै आएकोमा केही कामदारमा संक्रमण देखिन थालेपछि साइट छोडेर घर जाने बढेर गएका थिए । पछिल्लो समय मुख्य सुरुङको मात्रै काम हुँदै आएकोमा यो साताभित्र बाहिरको काम पनि सुरु गर्ने तयारी गरिएको हो ।

सुरुङमार्ग बाहिर पुल, पहुँचमार्ग, कल्भर्टलगायतका संरचनाहरु निर्माण थालिएको थियो । कामदारहरु डराएर घर फर्किन थालेसँगै काम रोकिएको थियो । अब कामले गति लिने आयोजनाले जनाएको छ ।

काठमाडौंको मध्यभागमा अवस्थित निर्माणधिन ऐतिहासिक सम्पदा धरहराको रोकिएको पुनर्निर्माण कार्य पुनः सुरु गर्ने तयारी गरिएको छ । निषेधाज्ञा जारी रहेकाले कहिलेदेखि सुरु गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा धराहराको उद्घाटन गरिसकेका छन् । २०७२ सालको भूकम्पबाट भत्किएको भागको पुनर्निर्माण सम्पन्न भएको जनाउँदै धरहराको उद्घाटन गरिए पनि पार्किङ, बगैंचालगायतको पुनर्निर्माण बाँकी रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको बाहिरी र भित्री प्लास्टर, पार्किङ र संग्रहालय पनि बनाइनेछ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले नौ तलाको धराहरा पनि भत्काइदिएको थियो ।

बृहत् धरहरा पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराएर पुनर्निर्माणको भइरहेको छ । उक्त ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुनेछ । धरहरामा बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थलसमेत रहनेछन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०÷१० जना अट्ने क्षमताको लिफ्ट सञ्चालन हुने तथा १८औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहने बताएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार ऐतिहासिक सुनधारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने र टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भूकम्पले भत्काएको धरहरालाई यथावत् स्वरूपमा शिशाले छोपेर एक सजिव भूकम्प संग्रहालयका रूपमा संरक्षण गरिनेछ ।

धरहरा परिसरको भूमिगत पार्किङस्थलमा ४ सयवटा चारपांग्रे र ७ सयवटा दुई पांग्रे सवारीसाधन अट्ने गरी निर्माण गरिँदै छ । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा धराहराको पुनर्निर्माण भइरहेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी