शान्तिराम, शक्ति बल्लव र प्राश्नाको ‘भाग्य लेख्ने मसी’

काठमाडौं । गायिका प्रश्ना शाक्यको स्वरमा नयाँ गीत ‘भाग्य लेख्ने मसी’को भिडियो रिलिज गरिएको छ । यो भिडियोलाई निषेधाज्ञाबीच पनि युट्युबबाट रिलिज गरिएको हो ।

यो गीतमा शान्तिराम भट्टराईको शब्द रचनामा रहेको गीत जसमा शक्ति बल्लभको संगीत रहेको छ गीत संगीत संयोजन मनोहर सुनामले गरेका छन् । यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका छन् ।

यो गीतको भिडियोमा सुरेश पन्तको छायांकन तथा सम्पादनमा रहेको छ । भिडियोलाई म्युजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । अहिलेको अवस्थामा निषेधाज्ञा भएका कारण स्टुडियोमै भिडियो तयार गर्नुपरेको गीतकार शान्तिराम भट्टराईले बताएका छन् ।

गीतकार शान्तिराम भट्टराई गीति लेखनमा सक्रिय छन् । यो गीत’bout उनले भने, ‘मैले कोरेको कोरा शब्दलाई संगीतकार शक्ति बल्लभले संगीतको सुर मिलाइदिनुभयो भने गायिका प्राश्ना शाक्यले स्वरको माधुर्यता दिनुभयो । गीत राम्रो बनेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ