बहुमतको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्ने आधार छैन : शम्भु थापा

काठमाडाैं ।  संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरूद्ध  बहस सुरू भएकाे छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले  संविधनाकाे  धारा ७६(५) अनुसार शेरबहादुर देउवालाइ  प्रधानमन्त्री   नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताएका छन् ।

बुधबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सांसदहरुको पक्षबाट बहस गर्दै उनले राष्ट्रपतिले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दावी पुग्दैन भन्ने आधार के हो भनेर प्रश्न गरे ।

संविधानको धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको थापाकाे भनाइ थियाे । अदालतमा १४६ सांसदले हस्ताक्षर गरेर रिट दिनुले पनि धारा ७६(५) को प्रधानमन्त्रीमा देउवाले दावी पुग्ने पुष्टि हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम : अनुसन्धानकर्ता