नेपालले किन र केका लागि खेल्ने ?

नेपाली खेलकुद बजार र लगानी
पश्चिमी मुलुकहरुमा जस्तो नेपाली खेलकुद क्षेत्रमा कति खर्च भैरहेको छ भन्ने वारेमा तथ्याङ्क खोज्ने काम निक्कै गाह्रो हुन्छ । नेपाल सरकारका बिभिन्न निकायहरुले आ–आफ्नो ढंगले खेलकुदको क्षेत्रमा लगानी गरीरहेको पाईन्छ । नेपालको खेलकुद क्षेत्रमा सबै भन्दा ठूलो रकम प्रत्यक्ष रुपमा राष्ट्रिय खेलकुद परिषदको मार्पmत खर्च भैरहेको पाईन्छ । रा.खे.प. स्रोतका अनुसार विगत दश बर्षको खेलकुद बजेट निम्न तालिकबाट प्रष्ट देख्न सकिन्छ ।

आर्थिक बर्ष खेलकुदको बजेट २ अरब ७४ करोड बिनीयाजन गरको छ र जन यरोपको भन्दा निकै बढी हो र देशको संपर्न वजेटको १.७१ प्रतिशट हन्छ यो निकै चनौति हन्छ । १ सय ६८ सय स्थानमा खेल ग्रामको निर्माण गर्ने लक्ष लिए पनि दक्ष्य प्रशिक्षक खेल खेल्ने संकार भएन भने र अर्को बर्ष मर्मट संभार बजेट आएन भने लथालिगं हने परिसर्थि हनसक्छ । त्यस्तै देशको बिभिन्न स्चथामा हाइ अल्टिच्ड खेल सेन्टर निर्मान गर्ने भएतापनि हाम्रो देशमा दक्ष्य लिए पनि त्यस्को संचालनको निम्ति प्रशिक्षक र बायोकेमिट्रिका प्रविधिक अनभव प्राप्ट जनशत्ति छैनन् ।

विश्वका विकसित र औद्योगिक देशहरुले आफ्नो कुल ग्रार्हस्थ उत्पादनको कति प्रतिशत आय खेलकुदमा लगानी गरेको छ र त्यस्को दाँजोमा नेपाली खेलकुद क्षेत्रमा कति सरकारले प्रत्यक्षरुपमा राष्ट्रिय खेलकुद परिषदकोलागि बिनियोजित बजेटसंग तुलना गर्नु उचित र युक्तिसंगत हुदैन कारण उनीहरुले खेलकुदलार्र्ई हेर्ने दृष्टिकोण र नेपाल सरकारले खेलकुदलार्ई दिएको महत्वमा ज्यादै भिन्नता पाइन्छ ।

आर्थिक बर्ष २०६१-६२ मा नेपाल सरकारलको कुल बजेटबाट राष्ट्रिय खेलकुद परिषदलार्ई ८ करोड ३० लाख बजेट दिएको थियो जुन कुल बजेटको शुन्य दशमलब शुन्य सात प्रतिशत मात्र हुन्छ । नेपाल सरकारको बजेटको आकारमा बृद्धि संगसंगै राष्ट्रिय खेलकुद परिषदलार्ई दिने बजेटमा बृद्धि भएता पनि प्रतिशतको आघारमा ०.२ प्रतिशत पनि विनियोजित भएको पाइन्दैन । आर्थिक बर्ष २०६५-६६ र २०६८-६९ का बर्षहरुमा राष्ट्रिय खेलकुद परिषदलार्ई दिएको बजेट क्रमशः करीब ४५ करोड (०.१९ प्रतिशत) र ६५ करोड (०.१८ प्रतिशत) पाचौं र छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको कारणले बद्धि भएको पाइन्छ, अन्यथा राष्ट्रिय खेलकुद परिषदलार्ई सरकारको तर्फवाट दिइने बजेटलार्ई अति न्युन मान्नु पर्दछ ।

नेपाल सरकारका अन्य मंन्त्रालयहरु जस्तै; गृह मंन्त्रालय अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्तर्गत खेलकुदमा प्रत्यक्ष लगानी भैरहेको पाइन्छ । त्यस्तै रक्षा मंन्त्रालय अन्तर्गत नेपाली सेनाको आफ्नै खेलकुद प्रतियोगिताको संरचनाका अन्तर्गत खेलडी तयारी गर्न र प्रतियोगितामा सहभागिताको निम्ति देशको लगानी भएको अवश्य छ । त्यस्तै स्थानिय विकास मंन्त्रालय अन्तर्गत क्षेत्रिय विकास, जिल्ला विकास, महा–नगरपालिका नगरपालिका, गाँउ विकास समिति मार्फत खेलकुदमा लगानी भैरको पाइन्छ । शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न विद्यालयहरुले जिल्ला, क्षेत्रिय र राष्ट्रिय प्रतियोगिताहरुमा आफ्ना विद्यार्थिहरुको तयारी र प्रतियोगितामा सहभागिताको निम्ति खर्च भैरहेको पाइन्छ ।

विद्यालयहरु स्वयमको आन्तरीक रुपमा खेलकुद शुल्क लिएर अप्रत्यक्ष रुपमा अभिभावकहरुको ठुलो लगानी गरेको हुन्छ । अस्का अतिरिक्त विभिन्न राजनैतिक पार्टीहरुले आ–आफ्नै भातृ संगठनहरुले समाजका विभिन्न वर्गवाट चन्दा र प्रायोजनको मार्फत खेलकुदका कार्यक्रमहरु संचालन गरेर खर्च गर्ने नयाँ सस्कारको विकास गरेको पाइन्छ । यस्ता यावत संपुर्ण आर्थिक लगानीको लेखाजोखा गर्न निकै गाह्रो काम हुन्छ र यि सम्पूर्ण खर्च पा लगानीको प्रतिफल देश र जनताले के कस्तो पाइरहेको छ भन्ने वारेमा अनुसन्धान र विश्लेषण गर्ने काम निक्कै चुनौति पुर्ण हुनेछ ।

स्वास्थ्यका लागि खेलकुद
स्तंम्भकारले अमेरीका, बेलायत,अस्ट्रेलिया, ब्रजिल, जापान,जर्मनी, फ्राँस जस्ता विकसित अनि चीन र भारत जस्ता नब आर्थिक शक्तिहरुको खेलकुद नीति अध्ययन गर्दा के निश्कर्ष पाइन्छ भने समश्तिगत देश भर खेलकुदको क्रियाकलापमा बृद्धि गर्ने मुल उद्देश्य खेलकुदको माध्यमवाट जनतालार्र्ई स्वस्थ्य बनाइ उनीहरुलार्ई उत्पादकत्व क्षमतालार्र्ई बृद्दि गर्ने र यस्को सथसाथै स्वास्थ्य खर्चमा कमि ल्याउने रहेको पाइन्छ ।

तर हाम्रो देशमा खेलकुदको कृयाकलाप वा खेलकुदको प्रतियोगिता संचालनको उद्देश्य र सोचाइमा फरक पाईन्छ– हामी खेलाडी तयार पार्ने र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि गराई देशको लागि पदक जित्ने । मुल उद्देश्य नै गलत छ । च्याम्पियन खेलाडी जन्मने भन्ने कुरा हजारौं खेलाडीहरु नियमित प्रशिक्षणमा भएको खण्डमा बाइप्रोडक्टको रुपमा आउने प्रक्रिया हो । उदाहरणको रुपमा एथलेटिक्स, ब्याडमिण्टन, तेबल तेनिस र अन्य थुर्पै खेलहरुमा नियमित प्रशिक्षणमा लाग्ने सय जना खेलाडीहरु पनि छैनन् अनि राम्रा खेलाडीहरु कहाँ वाट जन्मन्छन् । तथ्याङ्कशात्रमा राम्रो कहावट छ–स्याम्पल साइज नै स्यानो छ भने त्यसवाट आउने नतिजा राम्रो हुदैन ।

खेलकुदको माध्यमवाट देशकै पैसा बचाउने
देशका जनताहरु जति बढी खेलकुद कृयाकलापमा लाग्ने हुन्छन् जनताको स्वास्थ्य उपचार खर्च पनि त्यति नै धट्न जाने हुन्छन् । केहि बर्ष पहिले बेलायत सरकारलार्ई निकै ठुलो समस्या भएछ कारण अदि त्यहाँको स्वास्थ्य उपचार खर्चमा हरेक वर्ष बृद्दि र्भरहकोलार्ई बेवास्ता गर्ने हो भने ५० बर्ष पछि सरकारको संपुर्ण बजेट नै त्यसैमा खर्च हुने अनुमान लगाए र त्यस्लार्ई रोक्ने उपाए नै बढी भन्दाबढी प्रतिसत जनतालाई खेलकुद कृयाकलापमा आकर्सित गर्न छुट्टै खेलकुद नीति तर्जुमा गरेको र विद्यलयमा अनिवार्य एकसय अस्सी मिनेट प्रति हप्ता खेलाउनु पर्ने नीति कार्यान्वयन गरे ।

हामीलार्ई थाहा छ कि मघुमेह भएका मानिसहरुलार्ई सामान्य हिँडाइ एक प्रहारको औषधी नै हो । मधुमेह नभएकाहरुले नियमित खेलकुद क्रियाकलाप गरेको खण्डमा मधुमेह हुने अवस्थालार्ई पछाडी ढकेल्न सक्दाछौं । मधुमेह एउटा उदाहरण मात्र हो –खेलकुदको माध्यमबाट अन्य धेरै प्रकारका रोगहरुवाट मानिसलार्ई बचाउन सकिन्छ र अदृश्य रुपमा देशको धेरै पैसा बचाउन सकिन्छ ।
अमात्य खेलकुद अनुसन्धान विज्ञ हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 752 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी