Sunday, August 1, 2021
HomeEditor-Picksसशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि...

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिए ।

त्यसअवसरमा गृहमन्त्री अधिकारी समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूममि संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९ महामारीमा नेपाल एपीएफ अस्पतालले पु¥याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायत भएगरेका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत जानकारी गराइएको थियो ।

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै उनीहरुको योगदानको स्मरण गर्दै सशस्त्र प्रहरी बलमा आवद्ध रहेर सेवा गर्न पाउनु गौरवको विषय भएको बताए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै राष्ट्र र नागरिकको सेवा सुरक्षामा पु¥याएको योगदानको कदर गरे ।

सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिइएको सेवा तथा सुविधा अब्बल रहेको छ, भुकम्प जस्ता महामारीमा साधनश्रोतको अभावकाबीच संगठनले गरेको कार्यको हृदयको गहिराईबाट सम्मान प्रकट गर्न चाहन्छु ।’

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा मन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनश्रोत, जनशक्ति र वृत्तिविकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने उल्लेख गर्दै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक र उच्च मनोवलकासाथ कृयाशिल रहन निर्देशन दिए ।

उनले समायानुकुल राशन व्यवस्थापन, बृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने बताए ।

गृहमन्त्री अधिकारीले सदियौदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको मुक्तकण्ठले प्रशंसा गरे ।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियक्त गृहमन्त्री अधिकारीबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल तथा हौसलामा वृद्धि भएको उल्लेख गरे । उनले गृहमन्त्रीको १२ बँुदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरसः पालना गरिने प्रतिवद्धता व्यक्त गरे ।

उनले भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठन अगाडि बढिरहेको बताए ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशिल र नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोलादेखि सुदूर पश्चिमको छाङ्गरु तथा सुस्तादेखि कञ्चनपुुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथरहि ईमान्दार अनुशासित एवं व्यवसायिक रुपमा राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं जनताको सेवा, सुरक्षा र उद्वार कार्यमा अहोरात्र परिचालन हुँदै अन्य संवद्व नियकाहरुसँग सहकार्य र समन्वय गरी आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई पुरा गर्दै आएको बताए । सो समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो ।

(Visited 214 times, 1 visits today)
Loading comments...

आजको समाचार

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

साताका लोकप्रिय समाचार

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनको तयारीमा

काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको...

जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा…

काठमाडौं । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको विवाद छिनोफानो गर्ने प्रक्रियाका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरूको सनाखत गर्ने कार्यक्रम थियो । जसपाका एक...

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले...

महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’

बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

ट्रेन्डिङ

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए

बीरगञ्ज ।  पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज...

दुई दिनमा साढे २ लाख सर्जिकल मास्क बरामद, १५ जना पक्राउ

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिरहेका बेला मास्कको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरीले अपरेसन सुरु गरेको छ । सर्वसाधारणले मास्कको अभाव बेहोरिहेका बेला...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)