जोकोभिचलाई फ्रेन्च ओपन उपाधि

पेरिस । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

पाँचौं वरियताका सित्सिपासविरुद्धको खेलमा सुरुका २ सेट गुमाएका जोकोभिचले यसपछि लगातार ३ सेट जित्दै उपाधि हात पारे । विश्व नम्बर एक जोकोभिचले ६–७, २–६, ६–३, ६–२ र ६–४ को सेटमा खेल जितेका हुन् । योसँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भए ।

उनले यसअघि २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको समग्रमा यो १९ औं ग्राण्डस्लाम उपाधि हो । उनी सर्वाधिक ग्राण्ड स्लाम जित्ने रोजर फेडेरर र फाइनल नदालको भन्दा अब एक उपाधि मात्रै टाढा छन् । फेडेरर र नदालले २० पटक ग्राण्डस्लाम जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे