Tuesday, August 3, 2021
Homeप्रदेशबाजुरामा बाढीले बगाउदा दुई जना बेपत्ता, मुख्य राजमार्ग अबरुद्ध

बाजुरामा बाढीले बगाउदा दुई जना बेपत्ता, मुख्य राजमार्ग अबरुद्ध

नन्दा थापा,
sharethis

बाजुरा । आईतबार देखि लगातार परेको बर्षाका कारण बाजुरामा ठुलो क्षति भएको छ । बुढीनन्दा नगरपालिका ३ मा एक महिलालाई खोलाले बगाउदा बेपत्ता भएकी छन् । बेपत्ता हुुनेमा सोही नगरपालिका ३ का मनबहादुर ल्वारकी ३५ वर्षीया श्रीमती मोतीकला ल्वार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरिक्षक धनदेब साउँदले जानकारी दिए ।

सोमबार बिहान धानको बेर्ना गोढ्न जानेक्रमा चिप्लिएर बड्डी गाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन । बेपत्ता महिलाको खोजी कार्य भईरहको प्रहरी निरिक्षक साउदले बताएका छन् ।

त्यसै गरि त्रिबेणी नगरपालिका ५ कम्नी खोलामा १२ बर्षीया बालक बेपत्ता भएका छन्, लगाताको बर्षाका कारण गाउँ नजिकैको भल खोला उर्लेर आएपछि हेर्न जानेक्रममा घुर्या बुढाका १२ बर्षिया छोरा कमल बुढा बेपत्ता भएको त्रिबेणी नगरपालिका प्रबक्ता प्रेम थापाले जानकारी दिए ।

घटना स्थलमा प्रहरी टोली गएपनि टेलिफोन अबरुद्ध हुन पुगेको छ । बुढीनन्दा नगरपालिका ८ मा एक घर भत्किएको छ । स्थानिय खेमराज कठाएतको घर छानो भत्किएको प्रहरीले जानकारी दिएको छ । घर भत्किएको तर अन्य मानबीय क्षेत्र नभएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता धनदेब साउँदले जानकारी दिए । घटना स्थलमा प्रहरी पुगि सकेको र पीडित परिवारलाई नजिकै आफन्तकोमा ब्यबस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ ।

लगातारको बर्षाका कारण बाजुरा जिल्ला सदरमुुकाम जोड्ने मुुख्य राजमार्ग साफे मार्तडी राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगायत दर्जनौ ठाउहरुमा सडकमाथिबाट र तलबाट पहिरो आएपछि राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेब साउँदले जानकारी दिएका छन् ।

अघिल्लो बर्ष देखी नै पहिरोले अबरुद्ध भएको सडक हिउँदका केहि महिना पहिरो पन्छाएर काम चलाउरुपमा संचालन गरिएका सडक बर्षा सुरु भएसंगै अबरुद्ध भएको छ । बार्जुगाडा सडक माथिबाट पहिरो गएको छ, ताप्रीसेरामा बुढीगंगा नदिले सडक बगाएर सडक भएको ठाउमा नदि बग्न थालेको छ ।

सडकमा नदि बग्न थालेपछि पदैल यात्रीलाई समेत एक घण्टाको उकालो चढेर पैदल यात्रा गर्ने गरेका छन् । लगातार पानी परिरहेकोले सडक तत्काल खोल्न पनि गाह्रो भएकोले पानी रोकीएपछि मात्र बाट खोल्नेबारे सोच्न सकिने सडक डिभिजनले जानकारी दिएको छ ।

त्यस्तै बाजुरा जिल्लाको पूूर्बी उत्तरी क्षेत्र जोड्ने मार्तडी कोल्टि सडक अबरुद्ध भएको छ । लगातारको पानीले बाउली, अनाई, दानसागुलगायतका खोलाहरुमा पानीको बहाव बढेको र सडक डबल कटिङ भईरहेकोले सडक ठाउ ठाउमा भासिएकोले सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुदा जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर जान समेत स्थानियलाई समस्या भएको छ ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

साताका लोकप्रिय समाचार

शिक्षा सुधारको स्थायी ठेगाना राज्य

हाम्रो देशको शिक्षा क्षेत्र कुनै पनि राजनीतिक दल वा राज्यको प्राथमिकताको विषय बन्न सकेको छैन । बारम्बार परिवर्तन भइरहने सरकार र भागबन्डामा बन्ने शिक्षामन्त्रीहरू...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

मन्त्री कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शासकीय बागडोर सम्हालेको १७ दिन बितिसक्दासमेत उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्री नियुक्त भएकै दिन उनले...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासका...

ट्रेन्डिङ

बागलुङमा ८९३ जनाको कारोना ‘-यापिट टेष्ट’ गरिने

बागलुङ । कोरोना भाईरसको उच्च जोखिममा रहेको बागलुङमा बिहिबारदेखि कोरोनाको दुर्त (-यापिड टेष्ट) परीक्षण शुरु भएको छ । -यापिड...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)