सिन्धुपाल्चोक । चीनबाट फैलिएको कोरोना भाइरसलाई नेपालमा भित्रन नदिनका लागि र त्यसबाट सजगता अपनाउनका लागि जिल्लाभर औपचारीक कार्यक्रम गर्न रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले कुनै पनि सरकारी कार्यालय र गैर सरकारी कार्यालयले भेला, सेमीनार, गोष्ठी, मेला, पर्व, महोत्सव, भोजभतेर, होलीलगायतका सबै कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
जिल्लाका सबै क्षेत्रमा भिडभाड हुने गरी कार्यक्रम नगराउन सबैलाई अनुरोध गरेका छौ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने । त्यस्तै जिल्लाका स्थानीय सरकार हरुले पनि आफ्नो क्षेत्रमा भिडभाड हुने गरी कार्यक्रमहरु नगर्न सबै वडाहरुमा परिपत्र गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 424 times, 1 visits today)






