Tuesday, August 3, 2021
Homeअर्थचाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

विवेक विवश रेग्मी,
sharethis

 

इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा नै तस्करीमा संलग्न रहेको आशंका गरिएको छ ।

सुरक्षा संवेदनशिलता तथा राजस्व छलीको हिसावले महत्वपूर्ण मानिने सुनसरीमा प्रहरीको काम कारवाही फितलो रहँदा जिल्लाबाट पेट्रोलियम पदार्थ, हरियो मटर, सुपारी तथा मरिचको भारत तर्फ तस्करी बढिरहेको भन्दै सुनसरी प्रहरीको आलोचना हुँदै आएको थियो ।

यअसघि सुनसरीमा सरुवा भएर आएदेखि विवादित विषयमा नाम जोडिएर छवि बनेका एसपी थापाकै संरक्षण तथा निर्देशनमा व्यापक चोरी तस्करी बढेका समाचार सार्वजनिक भएपछि उनलाई कार्बाही गर्नुपर्ने माग व्यापक भएपछि छानबीन समिति बनेको थियो । सीमा सुरक्षामा बाक्लो संख्यामा प्रहरी परिचालन हुँदा समेत पछिल्लो समय नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय पचास कार्टुन चाईनीज स्याउ सहित भारतीय भूमि बीरपुरमा भेटिएपछि छानबिन समिति बनेको थियो ।

पछिल्लो समयमा स्याउ तस्करीको विषय मिडियामा चर्चामा रहेपनि भारतीय प्रहरीले नेपालबाट तस्करी भएर भारतीय बजारमा पुगेका स्याउ, मरिच लगायतका सामानहरु ठुलो परिमाणमा धमाधम बरामद गरिरहेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले स्याउ तस्करीमा संलग्न तीनजना प्रहरीलाई निलम्बन गरि कारबाहीको प्रक्रिया समेत अगाडि बढाएको छ । यसअघि प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भण्टाबारीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । यस्तै, भण्टाबारी मातहतमा रहेको अस्थाई प्रहरी चौकी कोशी कटानका इन्चार्ज असई आशनारायण माझी रश्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेकबहादुर कार्कीलाई निलम्बन गरिएको थियो ।

स्याउ तस्करीका मुख्य नाइके भनिएका भारत बिहार राघोपुर थानाक्षेत्र सतकोरारिया ५ का ३३ वर्षीय पवनकुमार चौधरी, २५ वर्षीय रमेशकुमार राम, सहरसा जिल्ला कुमरा ३ का ३२ वर्षीय महम्मद शम्शेर र समस्तीपुर १२ का ३६ वर्षीय फुलेन्द्र यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो

भारतसँग सीमाना जोडिएको सुनसरी भण्टाबारी, श्रीपुर, लाही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकादेखि तस्करी हुने गरेको छ । तस्करीमा सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा नै संलग्न रहेको आशंका गरिएको थियो । विवादित प्रहरीको छवि बनाएका उनीमाथि यसअघि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीमा आर्थिक लेनदेन भएको भन्दै उजुरी समेत परेको थियो । सुनसरीबाट स्याउसहित लागूऔषध समेत ठूलो मात्रामा तस्करी हुने गरेको छ । तर, यस विषयमा सुनसरी प्रहरी मुकदर्शक जस्तै बनेको छ ।

प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि गएको चाइनीज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूला परिमाणमा पक्राउ गरेपछि प्रहरीको पनि संलग्ना रहेको खुलेपछि प्रदेश प्रहरीले तीनजना प्रहरीलाई निलम्बन गरी कारबाही अगाडि बढाएको हो । स्याउसहित पक्राउ परेका ट्रकहरु सुनसरीकै भूमि भएर बीरपुर पुगेको पुष्टि भएपछि छानबिन समिति बनेको थियो । सीवावर्ती प्रहरी बिटका केही इन्चार्जलाई कारबाही गराएर एसपी थापा जोगिन खोजेको आरोप समेत लागेको छ ।

नेपाल–भारतबीच रहेको खुला सीमा नाका सिल रहेको अवस्थामा भारी परिमाणमा भारतीय प्रहरीले चाइनीज स्याउ बरामद गरेपछि सुनसरी प्रहरीमाथि नै प्रश्न उब्जिएको छ । स्याउ तस्करीको विषयमा सदरमुकाम इनरुवालाई मुकाम बनाएर पत्रकारिता गरिरेहका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एकवाल अहमद उक्त घटनाबाट आफु आश्चर्य चकित भएको बताउँछन् । सुनसरीका सुरक्षा निकाय असफल बनेको टिप्पणी गर्दै उनी भन्छन्, ‘निषेधाज्ञाको समयमा सीमा पूर्णरुपमा बन्द छ । यो अवस्थामा तीन ट्रक स्याउ बोकेका नेपाली ट्रक सुनसरी प्रहरीको मिलेमतो बिना भारतीय शहर बिरपुर कसरी पुगे ?’

अघिल्लो आइतबार बिहान भारतीय प्रहरीले ना ६ ख १५१२, ना ६ ख १८९५ र प्रदेश १–०२–००१ ख ८०४१ का ट्रकसहित अन्य तीनवटा भारतीय ट्रक, एउटा चार पांग्रे र एउटा मोटरसाइकल बरामद गरेको थियो । बरामद गरिएको चाइनीज स्याउसँगै विराटनगर २ का ३० वर्षीय नीरज मगर, ३४ वर्षीय सन्तोषकुमार सिंह, ४० वर्षीय टेकबहादुर श्रेष्ठ र दाङका आशिष बस्नेत पक्राउ परेका थिए ।

त्यस्तै, स्याउ तस्करीका मुख्य नाइके भनिएका भारत बिहार राघोपुर थानाक्षेत्र सतकोरारिया ५ का ३३ वर्षीय पवनकुमार चौधरी, २५ वर्षीय रमेशकुमार राम, सहरसा जिल्ला कुमरा ३ का ३२ वर्षीय महम्मद शम्शेर र समस्तीपुर १२ का ३६ वर्षीय फुलेन्द्र यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक हजार ३५० कार्टुन चाइनीज स्याउ बरामद गरेपछि प्रहरीको भूमिकामाथि शंका उत्पन्न भएको हो ।

स्याउ तस्करीमा सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै उच्चपदस्थ सुरक्षा अधिकारीको समेत संलग्नता हुने गरेको पूर्व प्रहरी अधिकारीहरु स्विकार गर्छन । स्याउ, सुपारी, मरिच, मटर तस्करी गराउन तल्लोदेखि माथिल्लो निकायका उच्चपदस्थ सुरक्षा अधिकृतहरू नै सलंग्न हुने गरेको स्रोतको भनाइ छ ।

विगतदेखि नै उच्चपदस्थ सुरक्षा अधिकारीहरुको सेटिङमा स्याउ, सुपारी, मरिच, मटर लगायतका सामाग्री तस्करी गराइने गरिएको गम्भीर आरोप लाग्ने गरेको छ ।

(Visited 327 times, 1 visits today)
Loading comments...

आजको समाचार

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

साताका लोकप्रिय समाचार

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

  टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष...

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू...

‘बोल्ड एन्ड ब्युटिफुल’ शिवांगिनी

काठमाडौं । एक्रेलिक रङ र प्रकृति समिश्रित घोल । अर्धमूर्त र अमूर्त शैली । माइतीघर सिद्धार्थ आर्ट ग्यालरीको भित्ता ‘मधुमास’ फिल्मकी नायिका शिवांगिनी राणाका...

‘फेरि प्रधानमन्त्री बन्छु कि भनेर कसैले जालझेल नगरोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले अब कसैले पनि फेरि प्रधानमन्त्री बन्छु कि भनेर जालझेल नगर्न चेतावनी दिएका छन् । आफु...

ट्रेन्डिङ

एसियन जुनियर अनलाईन चेस च्याम्पियसिपमा नेपाल

एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप–२०२० मा नेपालले सहभागिता जनाएको छ । कोभिड–१९ ले विश्वलाई अक्रान्त बनाइरहेको अवसरमा आफ्ना...

छतबाट खसेर मृत्यु

पोखरा । तनहुँको शुक्लागण्डकी–२ निवासी ३५ वर्षीय शुभराज खनालको छतबाट खसेर मृत्यु भएको छ । स्थानीय राजेन्द्र अधिकारीको फिनिसिङ नभएको खाली घरको छतबाट खसेर खनाल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)