धनगढी । डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ ।
शनिबार परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो । यही असार २ गते जमरानी स्वास्थ्य केन्द्रकी कार्यालय सहयोगी धामी जोगबुढा अस्पतालमा बचेको खोप पुर्याउन गएकाबेला सम्पर्क बिहीन भएकी थिइन् ।
घरपरिवारले अस्मितालाई फोन गरे तर फोन ‘स्विच अफ’ आयो । तर अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भएपनि कोभिडको खोप लगाउने अभियानका कारण एकदिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भएपनि घर पुग्ने गर्थिन् । सोही कारण उनी आफन्तको घरमा बसिन कि भन्ने लागेर परिवारले त्यो दिन खासै मतलब गरेन् । त्यसपछि हराएको आशंका गर्दै असार ४ गते स्थानीय सोधी–खोजीमा निस्किए ।
जोगबुढादेखि जमरानीसम्मको बाटोमा १०/१५ जनाको टोली बनाएर खोजियो । तर उनको अत्तोपत्तो भएन । दोसो दिन असार ५ गते १५० जना भन्दा बढीको टोलीले पुरै जंगल हुँदै सबै बाटातिर खोजतलास गर्न थाले ।
मुखको मास्क फालिएको, नजिकै उनले बोकेको कोरोना खोपको क्यारियर थियो । घटनास्थलसम्म उनीलाई जबरजस्ती घिसालेर लगेको छाप त्यहाँ देखीएको थियो । उनको नाकको डाँडी भाचिएको जस्तो देखिन्थ्यो
सोही क्रममा बिहान १०ः३० बजेतिर हट्वानी सामुदायिक वनको बाटोबाट ५० मिटर पर उनको शव फेला पर्यो । वडा अध्यक्ष गोविन्द बोहराका अनुसार शवभन्दा वरै उनको एउटा चप्पल भेटिएको थियो । मुखको मास्क फालिएको, नजिकै उनले बोकेको कोरोना खोपको क्यारियर थियो । घटनास्थलसम्म उनीलाई जबरजस्ती घिसालेर लगेको छाप त्यहाँ देखीएको थियो । उनको नाकको डाँडी भाचिएको जस्तो देखिन्थ्यो। ’ शरीरभरी निलडाम र हातका चुरा पनि फुटेका थिए’ वडाअध्यक्ष गोविन्द बोहराले भने, ‘शव नजिकै एउटा ‘ब्लू डायमन्ड’(रक्सी) को खालि बोत्तल पनि फेला परेको थियो । त्यसैले उनीमाथि बलात्कार भएर हत्या गरिएको हो कि भन्ने हाम्रो आशंका छ ।’
अस्मिताको शव पोष्टमार्टमका लागि डडेल्धुरास्थित जोगबुडा अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानका लागि धनगढीबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली र संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा अर्को टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसपी योगेन्द्र थापाले जानकारी दिए ।
दुवै टोली आइतबार बिहान धनगढीबाट घटनास्थल डडेल्धुराको जोगबुडा गई आसपासका क्षेत्रमा घटनामा संग्लग्नको खोजी तलासी सुरु गरिसकेको एसपी थापाले बताए ।






