Tuesday, August 3, 2021
HomeEditor-Picksकपडा, जुत्ता चप्पल देखि सुनचाँदी पसल पनि खोल्न पाइने

कपडा, जुत्ता चप्पल देखि सुनचाँदी पसल पनि खोल्न पाइने

कौशिला कुँवर,
sharethis

 

काठमाडौँ । सरकारले कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै कपडा जुत्ता चप्पल पसल देखि सुनचाँदी पसल सम्म खोल्न पाइने निर्णय गरेको छ । आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै बार अनुसार व्यापारिक पसलहरु खोल्न पाइने निर्णय गरेको हो ।

निषेधाज्ञालाई एक साता थप गरी १४ असार सम्म पु-याएको छ । कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न सरकारले १६ बैशाख देखि निरन्तर निषेधाज्ञा गर्दै आएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउदै आर्थिक कारोबार गर्ने व्यापारीक पसलहरु खोल्दै गएको छ । यसअघि सरकारले अत्यावश्यक सामग्रीका पसलहरु मात्र खुला गर्न दिएको थियो ।

अघिल्लो साता देखि सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ । कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि सरकारले निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौका अनुसार निषेधाज्ञाको अवधिमा आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा भान्साजन्य विद्युतीय धरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस, इलेक्ट्रोनिक पसलहरु खोल्न पाइने निर्णय गरेको छ । बिहान ११ बजे देखि दिउसो ४ बजे सम्म खुला गर्न पाइने छ ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर सपिङ्ग मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलिरिङ्ग पसलहरु खोल्न पाइने निर्णय गरेको छ । पसल बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म खोल्न पाइने छ ।

खाद्यान्न तरकारी, फलफूल दुध, दुधजन्य, माछा, मासु पसलहरु भने जिल्ला प्रशासन कार्यालयको अघिल्लो निर्णय अनुसार नै बिहान ११ सम्म खोल्न पाइनेछ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइने निर्णय गरेको छ । यसैगरी ट्याक्सीमा भने तीन जना यात्रु राख्न पाइनेछ ।

अत्याश्वयक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

विकास निर्माणजन्य सामग्रीका पसल छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हाईवेयर पसलहरु दिउँसो ४ बजे पछि खोल्न पाइने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसभन्दा अघि बिहान ९ बजे सम्म मात्र खोल्न दिएको थियो ।

निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राती ९ बजे देखि विहान ५ बजे सम्म मात्र गर्न पाइने छ । तरकारी फलपूmल, खाद्यान्न दुध, डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल , डिपार्टमेन्टल स्टोर सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किन बेच्ने गर्दा कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्नु पर्ने छ । यसैगरी अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौँ जिल्ला प्रशासनका अनुसार सवारी साधन मर्मतका लागि वर्कसपहरु राती ९ बजे सम्म सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल बाटोमा तरकारी तथा फलफुल बिक्री वितरण गर्न पाइने छैन । औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समय निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ ।

(Visited 178 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

साताका लोकप्रिय समाचार

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई...

निजामती सेवामा नागरिक बडापत्र

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि...

१ हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, तलब २ लाख रुपैयाँ

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका...

ट्रेन्डिङ

मुख्यमन्त्री राईद्वारा दुधकोशी पक्की पुलको शिलान्यास

भोजपुर । प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश...

अर्जेन्टिना सेमिफाइनलमा

रियो दि जेनेरिया । अर्जेटिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार अर्जेन्टिनाले शनिबार भएको खेलमा इक्वेडरलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)