Saturday, July 24, 2021
HomeEditor-Picksविद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र

विद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र

भक्तबहादुर शाही,

दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको ।

दैलेख गुराँस गाउँपालिका–३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो । यही शारीरिक अवस्थाका कारण उनका बाबुआमा छोराको भविष्यप्रति चिन्तित थिए । छोराको कमजोर शारीरिक अवस्थाका कारण बाबुआमा वीरबहादुरलाई पढाउन राजी पनि थिएनन् । कमजोर अवस्थाको छोराले पढेर के नै गर्छ भन्ने सोच बाबुआमामा थियो ।

तर, फरक क्षमता भएका तीनै वीरबहादुर विद्यालयका अब्बल छात्र कहलिएका छन् । दुर्गादेवी माविमा कक्षा २ मा अध्ययनरत १५ वर्षीय उनी तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । उनी बहुअपांगता भई जन्मिएका थिए । हुन त उनको मानसिक विकास पनि राम्रोसँग हुन सकेको छैन ।

वीरबहादुरलाई ३० मिनेटको दूरीको दुर्गादेवी माविमा भर्ना गरिएको थियो । तर, उनलाई सबल छात्रझंै त्यही समयमा विद्यालय पुग्न समस्या पथ्र्यौ । विद्यालयमा पुगे पनि साथीहरूले हेला गर्थे, जिस्काउँथे । अन्य साथीसरह सिक्न नसक्ने भएकाले स्कुल जान छोडे ।

केही वर्षदेखि सोही गाउँपालिकामा सञ्चालन रहेको सहयात्रा परियोजनाले सहजकर्ताको परियोजनामा घरमै पढाउन थालियो । सन २०१९ देखि घरमै अध्ययन गर्दैै आएका वीरबहादुर भने दुर्गादेवी माविका अब्बल विद्यार्थी बनेका हन् । फरक क्षमताका छात्र घरमै बसेर कक्षा २ मा तृतीय श्रेणीमा उत्तीर्ण भएका हुन् । सो ठाउँमा विद्यालय पुग्न नसक्ने विद्यार्थीका लागि आधारभूत शिक्षाको अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुरुमा उनी घरमै सञ्चालन गरिएको कक्षामा बस्न मान्दैनथे । सहजकर्तालाई चिथोर्ने, गाली गर्ने, रुने, कराउने गर्थे । उनकोे पढाइमा सहजीकरण गरेकी सहजकर्ता द्रुपता खत्री भन्छिन्, ‘सुरुमा मैले वीरबहादुरलाई सिकाउन सक्दिन कि भन्ने लाग्थ्यो, तर अहिले उनी रमाउँदै पढ्ने गर्छन् ।’

उनी बिहानको ८ देखि ११ बजेसम्म कक्षामा पढ्ने गर्छन् । कक्षाको समीक्षा मासिक रूपमा विद्यालय र वडामा हुने गर्छ । जनप्रतिनिधि, वडा बालअधिकार समितिका सदस्य तथा परियोजनाका कर्मचारीले कक्षालाई प्रभावकारी बनाउन निरन्तर लागि परेका छन् ।

वीरबहादुरको दुई वर्ष हुँदा लखनउस्थित एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । ‘मेरो छोराको मुटु सानो भएकाले डाक्टर साबले धेरै बाँच्दैनन् भनेका छन्,’ वीरबहादुरका बुबा धनसिंह बुढा भन्छन्, ‘छोराको अवस्था देखेर असाध्यै चिन्ता लाग्छ, कुनैबेला छोराको अवस्थालाई लिएर आफूले आशा मारिसकेको थिएँ ।’

अहिले छोराको अवस्थामा आएको परिवर्तनले धनसिंह खुसी छन् । वीरबहादुर जस्तै गुराँस गाउँपालिकाका अन्य चार जना बालबालिका घरमै विद्यालय कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् ।

Loading comments...

आजको समाचार

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

साताका लोकप्रिय समाचार

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्ने

  काठमाडाैं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदकाे आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भएकाे छ ।  तत्कालीन...

राजनीतिक ध्रुव परिवर्तनको संकेत

देउवा सरकार गठन भएसँगै नेपालको राजनीतिमा धु्रव परिवर्तन भएको संकेत मिलेको छ । यसअघि वामपन्थीहरूको नेतृत्वमा रहेको ‘वामधु्रव’ अब देउवा सरकार निर्माणसँगै ‘प्रजातान्त्रिक धु्रव’मा...

देउवालाई मत दिने २२ सांसदलाई एमालेले के गर्ला ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीबाट हटाइएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक...

बिहानीपखै कालो रात भएछ…

बिहानीपखै कालो रात भएछ खल्तीमा राखेको ठूलो चन्द्र हराएछ... झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला !’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले ।...

विभेदको जड राजनीतिक स्वार्थ

दलितलाई भाडामा कोठा पाउनै कठिन । बस्दै आएकाले पनि दलित भनी चिनिएकै कारण कोठा छोड्नुपर्ने । दलितप्रति घरबेटीकै व्यवहार फरक हुने भन्ने गुनासो बराबर...

ट्रेन्डिङ

रुघाखोकी र भाइरल ज्वरोले गाउँ नै प्रभावित

बाजुरा। जिल्लाको पूर्वी क्षेत्रस्थित हिमाली गाउँपालिका–६ बोल्डिक गाउँ नै रुघाखोकी र भाइरल ज्वरोले प्रभावित भएको छ । विगत एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल...

सत्तारूढ दलमा एकता अत्यावश्यक

आन्तरिक द्वन्द्वका कारण संकटमा पुगेको सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा तीनघण्टा छलफल भए पनि निकास भने निस्कन सकेन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?