काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुन तोलाको २ लाख ४१ हजार ४०० र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको यो मूल्य हिजोको भन्दा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले कम हो ।
हिजो सुन तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार सुन तोलाको दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घटेर दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी तोलाको तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी तोलाको तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी तीन हजार ११० र बिहीबार प्रतितोला तीन हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचार
सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व
३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार
यी हुन् यो वर्षका उत्कृष्ट करदाता
नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो
सुनचाँदीको मूल्यमा आज उल्लेख्य गिरावट, कतिमा भइराखेको छ कारोबार ?
सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घट्यो, चाँदीको पनि घट्यो
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात





