रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ ।

विज्ञ भन्छन् : खोप र जनस्वास्थ्य मापदण्ड पालना नै रोकथामको अचुक उपाय

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए । डा. पुनले भाइरस म्युटेसन भएर नयाँ भेरियन्ट बन्ने र अघिल्लो भेरियन्टभन्दा शक्तिशाली हुन सक्ने सम्भावना भएकाले सचेत र सजग रहनुपर्ने बताए ।

डा. पुनले भने, ‘भाइरसको स्वरूपमा परिवर्तन आउन सक्छ । यसबाट बच्ने अचुक उपाय भनेको कोरोनाविरुद्धको खोप लगाउने र जनस्वास्थ्यका मापदण्ड पूर्णतः पालना नै हो । ‘उनले बालबालिकाले लगाउने खोप परीक्षणकै क्रममा रहेकाले बालबालिका जोखिममा पर्न सक्ने बताए ।

डा. पुनले युवा र ज्येष्ठ नागरिकले खोप नपाए उनीहरू पनि जोखिममा पर्न सक्ने बताए । अझै अनुमानित १ करोड ९३ लाख खोप लगाउन योग्य नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित ७ लाख नागरिकले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन् ।

कोरोना संक्रमण तेस्रो लहरको जोखिम

कोरोनाको पहिलो लहरमा ज्वरो आउने, थकाइ महसुस हुने, गन्ध वा स्वाद थाहा नपाउने, झाडापखालालगायत लक्षण देखिएको थियो । यद्यपि, पहिलो लहरमा अस्पतालमा संक्रमित भर्नादर निकै न्यून थियो । कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि अधिकांशमा लक्षण नै देखिएको थिएन ।

तर, दोस्रो लहरमा अक्सिजनको आवश्यकता पर्नेगरी सक्रमितलाई समस्या आएको छ । यस्तै, भेन्टिलेटर र आईसीयू भरिभराउ भएका थिए । केही दिनयता संक्रमणदर कम देखिएको छ । गम्भीर संक्रमित घटेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यो लहरमा वर्तमान स्वास्थ्य प्रणालीलाई नै थेग्न हम्मेहम्मे परेको जनस्वास्थ्य विज्ञले आंैल्याएका छन् ।

यस्तै, दोस्रो लहरमा मुख्यतः २० देखि ४५ वर्ष उमेर समूह बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।संक्रमण रोकथाममा सरकारले बन्दाबन्दीलाई उपयोगमा ल्याएको छ । तर, अब पुनः तेस्रो लहर आउन सक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी नै बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०-१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छांै ।’ डा. पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए ।

स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पताललाई कुल शøयामध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अबको जोखिम बालबालिका रहेको भन्दै उनीहरूको सुरक्षाका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । बालबालिकाका लागि खोप ट्रायलमा रहे पनि हालसम्म अनुसन्धानमै रहेको छ ।

यस्तै, देशभर सोमबार थप २ हजार २ सय ९७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ९ सय ४ जनाको पीसीआर र एन्टिजेट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ७ सय ७२ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३ हजार १ सय ३० जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुने दर ८९ दशमलव ९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५९ हजार ९ सय २८ जना संक्रमित निको भइसकेका छन् । केही दिनयता संक्रमित निको हुने दर बढे पनि जोखिम कायम नै रहेको भन्दै हेलचेक्र्याइँ नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता