Sunday, August 1, 2021
Homeबिचाररासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

डा. सुमनकुमार रेग्मी,
sharethis

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका लागि वार्षिक ७ लाख टन रासायनिक मल आवश्यकता परेको देखिन्छ । तर, ४ देखि ५ लाख टन मल वितरण गर्न सके अभाव हुँदैन भनिन्छ । विगत पाँच वर्षमा हेर्दा कुनै पनि वर्ष ४ लाख टन मल पनि वितरण भएको देखिँदैन । नेपालका केही जिल्लामा किसान विभिन्न थरीका मौसमी वनस्पतिको प्रयोगबाट बालीनालीका लागि प्रांगारिक जैविक विषादी उत्पादन तथा प्रयोग गर्दै आएका देखिन्छन् । यस्ता वनस्पतिबाट बनाइने जैविक विषादी खेतमा तथा बारीमा हुने बालीमा लाग्ने कीरा मार्न प्रयोग हुँदै आएको अरू जिल्लाका लागि उदाहरणीय हुन गएको छ ।

यस्तो जैविक विषादी बनाउन रासायनिक विषादीभन्दा कम खर्च लाग्ने देखिएको छ । यस्तो जैविक विषादीको प्रयोगले हानि नपुग्ने भनिएको छ । पछिल्ला समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य भेटिएपछि किसानले पनि जैविक विषादीको प्रयोग बढाउँदै आएका छन् । विभिन्न अन्न बालीमा पनि रासायनिक मलको सट्टा जैविक मलको प्रयोग बढ्दै आएको छ । जैविक विषादीले तथा मलको प्रयोगबाट अग्र्यानिक बालीनालीको उत्पादन गरी कृषि पर्यटनको अवधारणा बढ्दै गएको देखिन्छ । विभिन्न जिल्लामा रासायनिक मल जस्तै युरिया, डीएपीलगायतका विकल्पमा किसानले कम्पोस्ट तथा प्रागांरिक मल बनाएर प्रयोग गर्दै आएका छन् । जिल्ला जिल्लाका किसानले रासायनिक मलको प्रयोग घटाएर लगेका छन् ।

रासायनिक मलले माटोको उर्वराशक्ति कम गर्ने, उत्पादन घट्दै गइरहेको, कृषक तथा उपभोक्ताको स्वास्थमा पनि प्रतिकूल असर पारिरहेकाले त्यसलाई निरुत्साहित पार्न सरकारी सहयोगमा प्रागांरिक मल कारखाना खुल्दै आएका छन् । २०६८ सालदेखि देशमा कम परिमाणमा धुलो प्रांगारिक मल तथा जैविक विषादी उत्पादन गर्दै आएको भनिए पनि त्यस्ता उत्पादनको प्रयोग भएको खबर देखिँदैन । यसलाई आवश्यक केही सामग्री उपलब्धमा सहयोग गराएको पनि देखिन्छ । कुनै जिल्लामा त किसानले हरियो मल उत्पादन गरी आपूmलाई परिचित गराउँदै आएका छन् । लेग्युमेनेसी परिवारको झारको गिर्खामा राइजोबिम नामक ब्याक्टेरिया हुने र यसले वायुमण्डलमा भएको नाइट्रोजन माटोमा सञ्जित गर्ने काम गर्छ । नाइट्रोजनले उत्पादन बढाउन भूमिका खेल्ने कार्य गर्छ ।

रासायनिक मलको अभाव
सबै प्रदेशमा आयातीत रासायनिक मलको अभाव भएको देखिन्छ । विगत वर्षहरू जस्तै आगामी हरेक वर्ष पनि किसानले बाली लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मल पाउन सक्दैनन् । सरकारी निकायहरूमा यस्तो मल मौज्दातमा सकिएपछि अभाव हुने गर्छ । हरेक प्रदेशमा सरकारी अनुदानको रासायनिक मल बिक्रीवितरण गर्ने जिम्मा साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीले पाइआएका छन् । मल अभाव बालीका उत्पादन घट्ने गरेको बताइन्छ । कृषकको सहजताका लागि २०७० बाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि बिक्री गर्ने व्यवस्था गर्दै आएको छ ।

नेपालमा विगत आठ वर्षको अवधिमा ११ अर्ब रुपैयाँ बढीको विषादी आयात भएको छ

गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीमा धाइरहेका हुन्छन् । सरकारले अर्गानिक खेतीलाई व्यावसायीकरण गर्ने लक्ष्य राखे पनि बर्सेनि अर्बौं रुपियाँका विषादी मल आयात भएका छन् । आधिकारिक स्रोतअनुसार विगत आठ वर्षको अवधिमा ११ अर्ब रुपैयाँभन्दा बढीका विषादी आयात भएको छ । जलवायु परिवर्तनले नयाँ कीरा देखिने, विगतमा छरिएका विषादीले कीरामा विषादी पचाउने क्षमता बढनेलगायतका कारण यस्तो मलको आयात बढ्दै आएको देखिन्छ ।

विषादी मुख्यत भारत, चीन, जर्मनीलगायतका देशबाट आयात हुने गर्छ आयातीतमध्ये सबैभन्दा बढी कृषि क्षेत्रका लागि आयात भएको देखिन्छ । विगतमाभन्दा अघिल्ला वर्षमा विषादीको आयात बढ्दै गएको देखिन्छ । भारतबाट आयात भएको तरकारी र फलपूmलमा विषादी प्रयोग हुँदै आएको छ । भारतबाट आएको तरकारी तथा फलपूmलमा हेर्दा अस्वाभाविक रंग देखिन्छ ।

मल वितरण तथा आयात स्थिति
आधिकारिक स्रोतअनुसार नेपालमा आव २०७०÷७१ मा १ अर्ब ७१ करोड, २०७१-७२ मा २ अर्ब १ करोड, २०७२-७३ मा २ अर्ब १४ करोड रुपैयाँको विषादी आयात भएको थियो । २०७४ मा २ अर्ब ६१ करोड र २०७४-७५ मा २ अर्ब ५१ करोड रुपैयाँको विषादी आयात भएको थियो । २०७५-७६ र २०७६-७७ मा विषादी अस्वाभाविक रूपमा बढी आएको छ । आर्थिक वर्ष २०७०-७१ मा २ लाख ३२ हजार ८ सय ७९ टन मल वितरण भएको देखिन्छ । आव २०७१-७२ मा २ लाख ९८ हजार ८ सय ५८ टन, २०७२-७३ मा २ लाख ५८ हजार ७ सय ७९ टन रासायनिक मल वितरण भएको थियो । यस्तै २०७४ मा ३ लाख २८ हजार २ सय १६ टन र २०७४-७५ मा ३ लाख ४८ हजार ७ सय ३४ टन र २०७५-७६ र २०७६-७७ मा त्यस्तै मल वितरण भएको भनिए पनि हरेक वर्ष मलबारे अभाव नै भएको छ ।

नेपालभर वार्षिक ७ लाख ८५ हजार टन रासायनिक मलको आयश्यकता रहेको भनिन्छ । नेपालमा आयात भएको अधिकांश विषादी तरकारी बालीमा प्रयोग भएको बताइन्छ । मल खरिद गर्न हरेक वर्ष अर्बांै रुपैयाँ विनियोजन गरिएको भनिन्छ । तापनि मल खरिद पर्याप्त मल खरिद हुन नसक्दा २०७५–७६ र २०६÷७७ मा पनि देशमा मलको अभाव भएको देखिन्छ ।

यस्तो मलको अभाव कहिलेसम्म हुने त ? अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले ७० र ३० प्रतिशतको कोटामा खरिद र बिक्री गर्दै आएका छन् । तापनि आव २०७५÷७६ र २०७६÷७७ मा नेपालमा क्रमशः १६ अर्ब र १९ अर्बको मलखाद आयात भएको देखिन्छ ।

सुझाव, समस्या तथा निष्कर्ष
मल अभाव हुने तीन कारण औंल्याइएको देखिन्छ । ती कारणहरूमाः सरकारले मल अनुदानमा बिक्री गर्ने हुँदा सरकारले उपलब्ध गराएको बजेटअनुसार खरिद गर्ने गरिएको छ । त्यसकारण सीमित बजेटका कारण चाहिने जति मल खरिद गर्न सकिएको देखिँदैन् । अर्का कारणमा कमिसनको कारणले सधंै अभाव हुने दखिएको छ । अर्को कारणमा आयात भएको मल बाँड्ने विधि नमिल्दा किसानलाई मर्का पर्छ । तरकारी बालीमा विषादीको प्रयोग नियन्त्रण हुन सकेको देखिँदैन् ।

रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्न एकीकृत सत्रु जीव व्यवस्थापन अर्थात् आईपीएम पद्धति अभियानका रूपमा सञ्चालन गरिएको छ

दैनिक प्रयोग गरिने तरकारी विषादीयुक्त हुँदा स्वास्थमा गम्भीर असर पुगिरहेको छ । तरकारी खेतीलाई जिल्लाजिल्लामा आर्थिक विकासको मेरुदण्ड लिइएको छ । किसानले विषादीलाई औषधिका रूपमा बुझ्नु र देखासिखी गर्नुले पनि विषादी प्रयोग बढदो छ । रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्न एकीकृत सत्रु जीव व्यवस्थापन अर्थात् आईपीएम पद्धति अभियानका रूपमा सञ्चालन गरिएको छ । तर, किसानले विषादीको प्रयोगलाई नै बढावा दिई आएका छन् ।

सरकारले बजेटमार्फत वैदेशिक रोजगारबाट फर्केकालाई अर्गानिक खेती र नीति तथा कार्यक्रममा अर्गानिक खेतीलाई व्यवसायीकरण गर्दै जाने भनिएको छ । सरकारको घोषणापत्रमा १० वर्षभित्रमा देशलाई अर्गानिक बनाउने भनिएको थियो । तर, ११ वर्षमा अर्गानिक बनाउने कार्यको सम्भावना कम रहेको बताइन्छ । सरकारले आव २०८०÷८१ सम्म धानको उत्पादन बढाएर ६१ लाख ७३ हजार टन, मकै २९ लाख २७ हजार, गहँु २४ लाख २० हजार टन उत्पादन गर्ने लक्ष्य राखेको छ । कृषिजन्य वस्तुका आयात बढेपछि उत्पादन बढाउने लक्ष्य राखेको हो । उत्पादन बढाउने लक्ष्य राखे पनि पर्याप्त मल वितरण गर्न सकिएको छैन् । समयमा नै मल वितरण नहुँदा किसानहरू सधैं मर्कामा पर्दै आएका छन् । मल अभाव हुँदा समयमा नै उत्पादन लक्ष्यअनुसार हुन सकेको देखिँदैन ।

टेन्डर प्रक्रियामा जाँदा करिब वर्ष दिन लाग्छ । समयमा नै खरिद हुन नसक्दा वितरणमा पनि कठिनाइ हुँदै आएको देखिन्छ । जिल्लामा गठित मल आपूर्ति तथा समिति निष्क्रिय भएपछि प्रत्येक वर्ष मल अभाव हुँदै आएको देखिन्छ । २०७४ सम्म मल आपूर्ति तथा अनुगमन समितिको सिफारिसमा मल ढुवानी तथा बिक्री हुँदै आएको थियो । खाद्यान्न तथा तरकारी र फलपूmलमा प्रयोग हुने विषादीको अवस्था, विषादीको प्रयोग अवस्था, नियमन नियन्त्रण, गुणस्तर वृद्धिका लागि सरकारले गरेको कार्य, कानुनी जटिलता आदिबारे अध्ययन गर्नुपर्ने आवश्यकता रहिआएको छ । विश्वमा प्रत्येक वर्ष ४ करोड मानिसमा कुनै न कुनै रूपमा विषादीले असर पर्दै आएको छ । नेपालमा २०७२÷७३ मा मात्र ५५ करोड मूल्यको ४ सय ५५ टन खास विष विषादी आायात भएको थियो ।

आव २०७५-७६ र २०७६-७७ मा मात्र सबै प्रकारका रासायनिक पदार्थ १२ देखि १४ अर्बको आयात भएको छ । हरेक वर्ष रासायनिक मलको माग र आपूर्तिलगायतका विषयमा समस्या तथा गुनासो उठ्दै आएकाले संसद्को कृषि तथा जलस्रोत समितिले अध्यययन गर्न उपसमिति केही वर्ष अघि बनाएको थियो । यस उपसमितिको जिम्मेवारीमा रासायनिक मलको आपूर्ति प्रणाली, गुणस्तर प्रयोगको अवस्था तथा आवश्यकता, अनुदान नीति, गोदाम घरको अवस्था, किसान पहँुचको, मल वितरणमा निजी क्षेत्रको संलग्नता, रासायनिक मल कारखाना आवश्यकता र स्थापना गर्न सरकारले गरेको प्रयास मुख्य छन् । यसले नेपालमा प्रयोगमा भइरहेको प्रांगारिक मल र गड्यौला मलको उत्पादन तथा प्रयोग अवस्थाबारे अध्ययन क्षेत्र तोकिएको थियो ।

नेपालमा प्रयोग हुने रासायनिक मलमध्ये आधाभन्दा बढी भारतबाट हुँदै आएको छ । सरकारले भारतबाट जीटुजी र चीनबाट ग्लोबल टेन्डरमार्फत मल ल्याउने प्रक्रिया बेलाबेलामा ढिलाइ हुँदा मलको अभाव हुँदै आएको छ । मल समयमा नै नआएपछि सबै प्रदेशमा मलको अभाव हुने गरेको देखिन्छ ।

(Visited 65 times, 2 visits today)
Loading comments...

आजको समाचार

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

साताका लोकप्रिय समाचार

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...

संक्रमण दर ह्वात्तै बढेपछि आज सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा पारिने सम्भावना

काठमाडौं । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे...

आयातित इन्धनको व्यवस्थापन

२०७४ फाल्गुन २० देखि अन्तर्राष्ट्रियस्तरमा इन्धनको मूल्य नबढे पनि भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा भाउ बढाएको थियो । बाह्य बजारमा तेलको...

ट्रेन्डिङ

बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता

काठमाडाैं । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको...

थपिए ८ लाख ४३ हजार मतदाता

काठमाडौं । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)