एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको छ ।

सर्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइ न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा तोकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको उक्त कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन सर्बोच्चमा दर्ता गराएका थिए ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, र अमरबहादुर थापाले पार्टी ह्वीप विपरित काम गरेको भनी गरिएको कारवाही विरुद्ध सर्वोच्चमा रिट परेको थियो । रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अधिवेशन आयोजक समितिको कारवाही रोक्न अन्तरिम आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान