कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा दुवै पक्षलसाई बोलाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको मंगलबारको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो । यद्यपि, सर्वाेच्चले अर्को पेशी भने तोकेको छैन ।

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए । त्यसपछि उनीहरुलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो । र आफूहरुमथि अन्याय भएको भन्दै चारै जना सांसद सर्वाेच्च पुगेका थिए । उनीहरुले दिएको रिटमा सर्वोच्चले एमालेको दशौं महाधिवेशन आयोजक समितिले गरेको कारबाहीलाई अमान्य ठहर गर्दै सांसदहरुलाई पुनर्बहाली गरेको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 563 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षामा बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण आवश्यक : मुख्यमन्त्री भट्ट