Saturday, July 24, 2021
Homeप्रमुखडीआईजी श्रेष्ठको सेवा अवधि एक वर्ष थप, अब साढे दुई वर्ष आईजीपी...

डीआईजी श्रेष्ठको सेवा अवधि एक वर्ष थप, अब साढे दुई वर्ष आईजीपी पक्का

राजधानी समाचारदाता,

काठमाडौं । सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नम्बर ७ बाहिनीका बाहिनीपति श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरेसँगै भावी महानिरीक्षक (आईजीपी) बन्ने बाटो पनि खुलेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार/चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ । सोही नियमावलीअनुसार सरकारले डीआईजी श्रेष्ठको सेवा अवधि थप गरेको हो ।

एक वर्ष सेवा अवधि थपसँगै डीआईजी श्रेष्ठ १९ वैशाख २०७९ मा सशस्त्रको नेतृत्वमा पुग्ने छन् । २७ कात्तिक २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका उनी २६ कात्तिक २०८२ सम्म सशस्त्रको नेतृत्वमा रहनेछन् ।
सरकारले सेवा अवधि थप नगरेको भए उनी बुधबार नै अवकाशमा जाने थिए ।

Loading comments...

आजको समाचार

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

साताका लोकप्रिय समाचार

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत

काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको...

ट्रेन्डिङ

सरकारी बेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा...

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?