Sunday, August 1, 2021
HomeEditor-Picks२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटनपछि शपथ खाएका २० जना मन्त्रीलाई काम लगाउन रोक लगाएको छ ।
सर्वोच्च अदालतको यो आन्तरिम आदेशपछि विभिन्न राजनीति दलले प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरुको प्रतिक्रिया यस्तो थियो–

फैसला अप्रत्यासित: एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गर्ने सर्वोच्च अदालतको फैसला अप्रत्यासित रहेको जनाएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयमा एकपछि अर्को सर्वोच्चले अंकुश लगाउँदै आएकोमा एमालेको यो प्रतिक्रिया आएको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको आदेश अप्रत्यासित रहेको बताए । उनले सर्वोच्चको आदेशले राष्ट्रिय राजनीतिलाई जटिल दिशातर्फ धकेलेको टिप्पणीसमेत गरेका छन् । ‘सर्वोच्चको फैसला अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिमा लामो समयसम्म गम्भीर र नकरात्मक प्रभाव पार्छ,’ ज्ञवालीले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएपछि एमालेले यस विषयमा थप समीक्षा गर्ने भएको छ । प्रवक्ता ज्ञवालीले यस विषयमा पार्टी बैठकमा थप छलफल एवं समीक्षा हुने बताए ।

प्रधानमन्त्री ओलीको कार्यशैली संविधान विपरीत: कांग्रेस प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली संविधानविपरीत भएको पुष्टि भएको बताएका छन् । संसद विघटनपछिको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृङ्खलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको बताए ।

प्रवक्ता शर्माले ‘संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, सर्वोच्चको आदेश त्यसको विनम्र अस्वीकारोक्ति हो । प्रधानमन्त्रीको शैली असंवैधानिक थियो भन्ने पुष्टि हो ।’

फैसला स्वीकार गर्नुको विकल्प छैन: जसपा (ठाकुर)
प्रतिनिधिसभा विघटनपछि सरकारमा सामेल भएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले फैसला स्वीकार गर्नुको विकल्प नभएको जनाएको छ । जसपा कार्यकारिणी समितिका सदस्य एवं सर्वोच्चको फैसलाबाट पदमुक्त भएका मन्त्री लक्ष्मणलाल कर्णले अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताए । जसपाको ठाकुर र महतो पक्षबाट ओली सरकारमा ११ जना मन्त्री बनेका थिए ।

सर्वोच्चको फैसला स्वीकार गर्ने बताउँदै कर्णले एमालेसँगको सहकार्यमा फैसलाले प्रभाव पार्न नसक्ने बताए । प्रधानमन्त्री ओलीसँग जसपाको सहकार्य जारी नै रहने बताउँदै उनले अगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने बताए ।

सर्वाेच्चबाट लोकतन्त्रको रक्षा: जसपा (यादव)
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशबाट लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवको यस्तो प्रतिक्रिया आएको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानुन र विधि विधानलाई मिचेर देश सञ्चालन गर्न खोजिरहेका थिए तर सर्वोच्च अदालतले त्यो गलत हो, त्यस्तो नगर्नुस् भन्यो,’ यादवले भने, ‘संसारमा कतै पनि संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रावधान छैन, नेपालको संविधानमा पनि त्यो व्यवस्था छैन तर ओलीले जानीजानी त्यस्तो गरे, नेपालको इतिहासमा सबैभन्दा बढी कानुन तथा संविधान मिच्ने काम प्रधानमन्त्री ओलीले गरेका छन् ।’

उनले संसद् पुनस्र्थापना हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै भने, ‘प्रधानमन्त्री ओलीले संविधान मिचेर संसद् विघटन गरेका हुन्, हुँदै नभएको कानुनको व्याख्या गरेर संसद् विघटन गरेका हुन्, अब अदालतले त्यसलाई पुनःस्थापना गर्छ ।’

 

(Visited 265 times, 3 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

साताका लोकप्रिय समाचार

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

  काठमाडाैं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा...

ट्रेन्डिङ

एमाले संसदीय दल बैठकमा नेपाल समूह सहभागी हुने

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाल–खनाल समूहका सांसदहरुसमेत सहभागी हुने...

एक बटुवाको लक्ष्य चुम्ने चाह

जोश थियो, जाँगर थियो । सपना थियो । अनि चाहना त कति कति- आकाशझैं जसको कुनै अन्त्य हुँदैन । चाहनाहरु मनभरि अनगिन्ति थिए ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)