Sunday, August 1, 2021
Homeबिचारचुस्त प्रशासन जरुरी

चुस्त प्रशासन जरुरी

राजधानी समाचारदाता,
sharethis

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ । प्रशासन संयन्त्रले सचेत र क्रियाशील भूमिका निर्वाह गरेपछि मात्र निर्वाचन प्रक्रियाले गति लिनुका साथै त्यसलाई सफलतासम्म पु¥याउँछ । अबको ५÷६ महिनापछि निर्वाचन सम्पन्न हुन गइरहेको छ । सरकारको घोषित कार्यक्रमअनुसार बीचमा यस्तो कुनै आपतकाल वा बाधा व्यवधान खडा हुन नसके निर्वाचनको प्रक्रियामा होमिने देखिन्छ । यसको तयारीका लागि निर्वाचन आयोगका साथै बजेट विनियोजनसमेत भइसकेकाले सरकार अब प्रशासनिक तयारीतिर जुटेको देखिन्छ । सब निर्वाचन क्षेत्रमा शान्तिपूर्ण किसिमले निर्वाचन सम्पन्न गर्न प्रशासनिक तयारी वास्तवमा मूल तयारीका रूपमा रहने गर्छ । यसका लागि हरेक जिल्लामा प्रशासकको सरुवा, नियुक्ति तथा अदलबदल प्रशासनिक तयारीका कामअन्तर्गत आउने गर्छन् । सरकारले यो तयारीलाई जिल्लाका प्रमुख प्रशासक अदलबदल गरेर सुरु गर्न थालेको देखिन्छ ।

निर्वाचन आयोगले पनि आफ्नो तयारी तीव्रतामा गरिरहेको र यसलाई निर्वाचनका समयसम्म पूरा गरिसक्ने जनाएको छ । निर्वाचन आयोगको कार्य तालिकाअनुसार देशैभर प्रशासनिक संयन्त्र निर्माण गरिने र परिचालन गरिनेहुन्छ । यसका लागि पनि प्रशासनिक संयन्त्र निर्वाचन आयोगको तयारीसँगै तयारी हालत निर्माण गर्दै अघि बढ्नुपर्नेहुन्छ । यसका लागि जंगी तथा निजामती दुवैतर्फका कर्मचारीमाझमा जिम्मेवारी बाँडफाँड गरिने गरिन्छ । बाँडफाँड भएको जिम्मेवारीअनुसार सबैको कर्तव्य निर्वाचन सफल बनाउनु हुन जान्छ र प्रशासनको मुख्य काम पनि यसैमा केन्द्रित हुन्छ । यो सँगसँगै राजनीतिक दलहरूले आफ्नो विजय सुनिश्चितताका लागि प्रचारप्रसार संयन्त्र निर्माण, राजनीतिक जनचेतनाका अभियान सञ्चालन र कार्यकर्ता परिचालन आदि विषयलाई अगाडि बढाउनुपर्ने हुन्छ । सरकार र प्रशासनको तयारीसँगसँगै राजनीतिक दलहरूले पनि आफ्ना क्रियाकलापलाई संगतिपूर्ण किसिमले अघि बढाउनुपर्नेहुन्छ । यसका लागि राजनीतिक दलहरूको तयारी पनि सुरु हुने गर्छ । प्रशासनसँगको तालमेल, आपसी सहकार्य, सुझबुझ र समान धारणाको आधारमा राजनीतिक दलहरू बढ्नुपर्नेहुन्छ । हाल राजनीतिक खिचातानीका कारण निर्वाचनप्रतिको आकर्षण त्यति व्यापक रूपमा नदेखिए पनि पटकैपटक संसद् विघटन, संसद् विघटनपछि पुनस्र्थापना र पुनस्र्थापित संसद्ले बिजनेस नपाउनेजस्ता कुराहरू दोहोरी राख्न उचित हुँदैन । यसका लागि राजनीतिक दलहरूले पनि गम्भीर भएरै सोच्नैपर्छ । यो सोचअनुसार नर्माण हुने मनोविज्ञानले मात्र निर्वाचनको प्रक्रियालाई पूरा गर्न प्रोत्साहित र सहयोग गर्छ ।

सरकारले गर्ने कामलाई तयारीका साथ अगाडि बढाइरहँदा राजनीतिक दलहरूले पनि यी कामहरूसँग विसंगतपूर्ण हुनेगरी क्रियाकलापहरू अगाडि बढाउन सक्ने वातावरण पनि देखिएको छैन । अर्कोतिर निर्वाचनको विरोधको औचित्य पुष्टि हुनेगरी कार्यक्रम पनि आउन सकिरहेका छैनन् । यसको अर्थ सरकारको विरोध होस् र निर्वाचन नहोस् भन्ने होइन । तर, बीचको राजनीतिक निकास के हो ? यसको जवाफ भने नेपाली जनतालाई सबै दलहरूले एउटै रूपमा दिनुपर्छ । विविध खाले धारणा, तानातान, तँछाडमछाड र देखेस् पखेस्ले नेपाली जनताको मनोविज्ञान रुघ्न बनाउनुका साथै राजनीति र व्यवस्थाप्रति अरुचि पनि बढेर जान सक्छ । योभन्दा अघि पटकपटक विद्रोह र आन्दोलन हरखेपिरहेको देशले फेरि त्यस्तो राजनीतिक परिघटना खेप्न सक्ने देखिँदैन । यसका लागि राजनीतिक दलहरूको भागबन्डा कमी, बेंसी, सत्ता साझेदारीमा सहभागिता र असहभागिता, तेरो वा मेरो सरकारभन्दा पनि उचित राजनीतिक निकास दिन सक्नैपर्छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

साताका लोकप्रिय समाचार

बाँकेमा सडक दुर्घटनामा ७७ जनाकाे मृत्यु

  नेपालगञ्ज । बाँकेमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तथा घाइते भई अंगभंग हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको...

वसन्तले चन्द आमालाई रत्यौलीमा उतारे

‘जेठो जर्नेल माइलो कर्नेल हा बरै साईंलो चौतारीमा स्यानी माया’ तीजको अवसरमा यो वर्षका लागि यतिबेला बजारमा आएको यो भाका निकै चर्चामा छ । टिकटकदेखि...

पत्रकारलाई धम्कि आउदा महासंघ बोल्न नसकोको भन्दै तालाबन्दी

  पोखरा । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी...

श्रीमती खाेज्न हिँडेका श्रीमान सम्पर्कविहिन, दुई सन्तानसहित श्रीमतीकाे शव भेटियाे

  मलंगवा ।  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव...

सर्लाहीमा हात्ती आंतक एकको मृत्यु, एक घाईते

सर्लाही । सर्लाहीमा जंगली हात्तीको आंतक बढेको छ । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हरिवन...

ट्रेन्डिङ

दाना नपाउँदा कुखुरालाई घाँस !

भजनी । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै हुनुहुन्थ्यो । सरकारले मुलुकभर...

माइतीबाट फर्कने क्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका– २ स्थित रसुवाखोलाले बगाएर ५५ बर्षीया मैया लुङगेली मगरको ज्यान गएको छ । बिहिवार राती ०८ बजे माइती घरबाट फर्कने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)