माक्स, सेनिटाइजरमा कालाबजारी गर्नेमाथि कडा कारबाही गर्ने निर्णय

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको सन्त्रास छाइरहेको बेला माक्स, सेनिटाइजरलगायतका वस्तुमा कालाबजारी गर्नेहरुलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।

हाल काठमाडौं उपत्यकामा माक्सलगायतका वस्तुमा कालोबजारी गर्नुका साथै कृत्रिम अभाव सिर्जना गरिँदै आएको छ । जसका कारण उपभोक्ता मर्कामा पर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी दाहालले कालाबजारी गर्नेमाथि अनुगमन गरी कानुनी कारवाही गरिने जानकारी दिए ।

भेला, सम्मेलन, उत्सव कार्यक्रममा सहभागी नहुन आग्रह

सुुरक्षा समितिको बैठकले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम रहेको भन्दै त्यसबाट सतर्क रहन सबैलाई आग्रह गरेको छ । बैठकले भीडभाडमा नजान तथा भेला, सभा सम्मेलन, उत्सव, होली पर्व जस्ता कार्यक्रममा सहभागी नहुन सर्वसाधारणमा अनुरोध गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय