हलो जोत्न व्यस्त छिन् उपमेयर रिता चौधरी

 

उदयपुर । स्थानीय तहहरुलाई यति खेर भ्याई नभ्याई छ । योजनाको अनुगमन गरि बजेट निकासा गर्न । कर्मचारीलाई असारे बजेट सक्ने चटारो र त्यसबाट बचेको पैसामा बिल मिलाउँन भ्याई नभ्याई भई रहेको बेला उदयपुरको चौदण्डीगढी नगरपालिकाका नगर उपप्रमुखलाई भने खेतिको हतारो छ ।

उदयपुरको चौदन्डीगढी नगरपालिका नगर उपप्रमुख रिताकुमारी चौधरीलाई भने पानी परेसँगै खेतीपातीमा सक्रिय हुन थालेकी छिन् । नगर उपप्रमुख चौधरीले कानुनले तोकिएको दिन असार १० गते आफनो जिम्मेवारी अनुरुप नगर परिषदबाट ७४ करोड ७१ लाख ४५ हजारको बजेट पारित गरि खेतीमा होमिएका हुन् ।

नगर परिषद सकिएसँगै उपप्रमुख चौधरीको अहिले २२ हर्सपावरको टेलर आफै चलाएर हिलोमा रमाउदैछिन् । उनी आफै पावर टेलर चलाउँछिन । ३६ वर्षीय नगर उपप्रमुख चौधरी भन्छिन्, ‘खेती किसानी नगरी खान पुग्दैन त्यसकारण आफ्नो काम आफैं गर्दैछु ।’ परिषदबाट आगामी वर्षको बजेट तथा नीति कार्यक्रम पारित भएपछि खेतीपातीको काम सुरु गरेको उनले जानकारी दिइन् ।

उदयपुरको चौदन्डीगढी नगरपालिका नगर उपप्रमुख रिताकुमारी चौधरीलाई भने पानी परेसँगै खेतीपातीमा सक्रिय हुन थालेकी छिन्

अहिले उनी श्रीमान अनुज चौधरीसंगै खेतको काममा सक्रिय छिन् । उनको चौदन्डीगढी नगरपालिका वडा नम्बर ९ हडिया बकैना चौरीमा एक बिगाहा खेत छ । यो खेत जोत्न एक हल गोरुलाई हप्ता दिन भन्दा बढी समय लाग्थ्यो । तर, पावर टेलर भएपछि पालैपालो श्रीमान श्रीमती चौधरीले चलाउन थालेका छन् । श्रीमान यति खेर स्वस्थानी कृषक समूहमा आबद्ध छन् । समूहले २२ हर्स पावर टेलर खेतमा जोतेर यान्त्रिकीकरणको माध्यामद्धारा उत्पादनमा बृद्धि गर्दै आएको छ । यान्त्रिकरणले उत्पादनमा बृद्धि हुनुका साथै उत्पादन लागत समेत घटाउने गरेको नगर उपप्रमुख चौधरी बताउँछिन ।

सो समूहका अन्य किसानहरुले पनि गोरु नारेर हलो जोत्ने कामवाट मुक्ति पाएका छन् । किसानहरुले पालैपालो पावर टेलरले खेत जोत्ने गरेका छन् । यस्तो बेला फुर्सद पाए अरुको खेत जोतेर पर्म गर्न पछि नपर्ने नगर उपप्रमुख चौधरी बताउँछिन् । ‘राजनीति एउटा ठाउँमा छ । तर काम नगरी खान पुग्दैन । मैले कामलाई पहिलो प्राथमिकतामा राख्छु ।’ उनी भन्छिन् ‘म कृषक परिवारमा भएकोले पहिले पनि हलो जोत्थेँ, अहिले पावर टेलर जोत्छु ।’ 

पाटीको चौवानी सदस्य लिने बितिकै आफुलाई ठुलो राजनितिज्ञ ठान्नेहरुका विच चौधरी उदहारण बनेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 572 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण