म्युजिक भिडियोका १ सय २० कलाकारलाई संघको राहत

काठमाडौं । लामो समयदेखि जारी निषेधाज्ञाका कारण धेरै म्युजिक भिडियोको छायांकन ठप्प जस्तै छ । जसका कारण सानो पर्दामा काम गर्ने प्राविधिक पूर्ण बेरोजगार बनेका छन् । उनीहरूको चुलो बल्न समेत नसक्ने अवस्था आएको बेला १ सय २० म्युजिक भिडियोसँग सम्बन्धित कलाकार तथा प्राविधिकलाई काठमाडौंको अनामनगरमा एक समारोहबीच राहत प्रदान गरिएको छ ।

उनीहरूलाई आर्थिक समस्या पर्न थालेपछि म्युजिक भिडियो कलाकार संघ नेपालले राहत प्रदान गरेको हो । उनीहरूलाई संघका तर्फबाट चामल, दाल, तेललगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ । म्युजिक भिडियोमा कार्यरत कलाकार, प्राविधिक एवं नृत्य कलाकारलाई राहत प्रदान गरिएको हो ।

संघका अध्यक्ष शंकर बिसीका अनुसार निषेधाज्ञाका कारण काम ठप्प भएपछि म्युजिक भिडियोसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सर समेतलाई आर्थिक अभावले हातमुख जोर्न गाह्रो परेको छ । सोही कारण संघका तर्फबाट उनीहरूलाई दैनिक उपभोग्य सामग्री प्रदान गरिएको अध्यक्ष बिसीले बताएका छन् ।

केही समयअघि मात्र निषेधाज्ञाका कारण म्युजिक भिडियोमा कार्यरत कलाकार प्राविधिकलाई आर्थिक समस्या परेको समाचार आएको थियो । सो समाचारका आधारमा उनीहरूका लागि देश विदेशबाट सहयोग प्राप्त भएको हो । सोही आर्थिक सहयोगबाट प्राप्त रकमले आफूहरूले खाद्यसामग्री किनेर सहयोग गरेको पनि अध्यक्ष बिसीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हिंसात्मक घटनाको जिम्मेवार आयोजक नै हुन्छन् : गृह मन्त्रालय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गण्डकीमा सत्तारुढ दलहरुबिच गठबन्धन गर्ने सहमति