स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौ शिखर सम्मेलन सुरु

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौ शिखर सम्मेलन बिहीबारदेखि शुरु भएको छ । जनस्वास्थ्य संकटका बेला अनुसन्धान : निति र कार्यान्वयनको लागि प्रमाण भन्ने मुल नाराका साथ भर्चुअल विधिबाट सम्मेलन सुरु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

सम्मेलन आज बिहिबार र भोलि शुक्रवार चल्नेछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले सम्मेलनमा स्वदेसी तथा विदेसी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका ’boutमा ४७ वटा अनुसन्धानमुलक कार्यहरुको मौखिक प्रस्तुति, १९ पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति रहने बताए ।

सम्मेलनको पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रित विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ । यस्तै, सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति हुनेछन् । जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु, षोषण, मानसिक स्वास्थ्य र दुब्र्यसन, बातावरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयहरुमा प्रस्तुतिकरण हुनेछ ।

कार्यक्रमको समापनमा विभिन्न ९ जना उत्कृष्ट अनुसन्धानकर्तालाई अवार्डद्धारा सम्मानित गरिने परिषद्ले जनाएको छ । परिषद् अध्यक्ष प्रा।डा। गेहनाथ बरालले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिरहेका युवा बैज्ञानिकहरुलाई थप प्रोत्साहित गर्न सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले गर्नेछन् । मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन ९डव्लुएचओ०को दक्षिण पूर्वी एसियाकी प्रमुख डा पुन क्षेत्रपालसिंह हुनेछिन् ।

अक्सफोर्ड युनिभर्सिटी युकेका प्रा।डा सर पिटर हर्बेको पनि विशेष वक्ताको रुपमा सहभागिता रहने कार्यकारी प्रमुख डा। ज्ञवालीले जानकारी गराए । स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकको सातौ शिखर सम्मेलनको ’boutमा परिषद्का अनुसन्धान प्रमुख डा।मेघनाथ धिमालले प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक