अस्कार अवार्ड जित्ने नेपाली चलचित्रलाई बाेर्डले ८ लाख दिने

 

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो स्थापना दिवसको २१औं वार्षिक उत्सव मनाउने क्रममा विभिन्न योजनाअघि सारेको छ । संघले बिहीबार आफ्नो स्थापना दिवस मनाउने क्रममा विविध योजना अघि सारेको हो । सो योजनाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अवार्ड हाँसिल गर्ने फिल्मलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

बोर्डले अमेरिकाको चर्चित अस्कार अवार्ड जित्ने नेपाली चलचित्रलाई प्रोत्साहनस्वरूप ८ लाख रुपैयाँ प्रदान गरिने बोर्ड अध्यक्ष दयाराम दाहालले बताएका छन् । वार्षिक उत्सवमा सो सहयोग घोषणा गरिएको हो । अध्यक्ष दाहालले ‘ट्राभल ग्रान्ट’को अवधारणा लागू गरेको पनि बताएका छन् । यस्तै आगामी दिनमा अस्कारमा मनोनित भएमा २ लाख र अवार्ड नै जितेको खण्डमा ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको पनि पनि दाहालले बताएका छन् ।

अध्यक्ष दाहालका अनुसार बोर्डका तर्फबाट ‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वका प्रतिष्ठित ल्याबमा जाने फिल्मलाई ३ लाखदेखि ५० हजारसम्म ‘ट्राभल ग्रान्ट’ स्वरूप प्रदान गरिने भएको छ । फिल्मकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि २ लाखदेखि २५ हजार रुपैयाँसम्म प्रदान गरिने पनि सो वार्षिक उत्सवमा बोर्ड अध्यक्ष दयाराम दाहालले बताए ।

अध्यक्ष दाहालका अनुसार बोर्डले गोल्डेन ग्लोब अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन फिल्म अवार्डमा छनोट भएर स्क्रिनिङ भए १ लाख र विजेता बने २ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म ‘ट्राभल ग्रान्ट’अन्तर्गत प्रदान गरिने भएको छ । यस्तै कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम जस्ता फेस्टिभलमा छनोट हुने फिचर फिल्मलाई २ लाख ५० हजार र छोटो फिल्मले १ लाख रुपैयाँ प्रदान गरिने पनि बोर्ड अध्यक्ष दाहालले बताएका छन् ।

यसै सो वार्षिक उत्वसको अवसरमा आर्थिक वर्ष २०७८-७९ को बजेटमा सरकारले स्टोरी बैंकको अवधारणलाई अगाडि बढाउने निर्णय गरेको भन्दै अध्यक्ष दाहालले सो बैंकको पनि औपचारिक घोषणा गरे । अब बोर्डले औपचारिक रूपमा स्क्रिप्ट लेखनको आह्वान गर्ने पनि दाहालले बताए । सो प्रतियोगितामा प्राप्त भएका विभिन्न स्क्रिप्टमध्ये तीन स्क्रिप्टलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग प्रदान गरिने पनि बोर्ड अध्यक्ष दाहालले बताए । कोरोना संक्रमणका कारण सामाजिक दूरी कायम गर्दै बोर्डको आफ्नै हलमा यसपटक सीमित रूपमा २१औं वार्षिक उत्सव मनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 516 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित