पर्सिदेखि चाहिने जति कोरोना खोप आउछ : प्रधानमन्त्री

 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने बताएका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले सो दाबी गरेका हुन् । अब भ्याक्सिनको समस्या छैन भन्दै उनले पर्सिदेखि चाहिने जति भ्याक्सिन आउने धारणा राखे ।

भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनको भनाइ थियो । केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको भन्दै उनले भने ‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन्,’ ओलीले बैठकमा भने ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान