नगद र ग्यास सिलिण्डर चोरी गर्ने पक्राउ

 

इटहरी । इटहरीबाट चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार नगद तथा ग्याँस सिलिन्डर चोरी गरेको आरोपमा भिन्नाभिन्नै ठाउँबाट दुईजनालाई पक्राउ गरिएको हो ।

गत असार १२ गते इटहरी ३ बस्ने अनन्तप्रसाद पौडेलको घरमा रहेको नगद एक लाख ५३ हजार र १४ हजार बराबरको सुनको लकेट समेत चोरी गरेको आरोपमा असार १६ गते (बुधबार) इटहरी ३ बस्ने २९ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए । उनको कोठाबाट चोरी गरेकोमध्ये प्रहरीले ६९,५०० रुपैँया समेत फेला पारेको जनाएको छ ।

यस्तै, असार १५ गते इटहरी ६ स्थित कुलनयन ट्रेडर्सबाट ग्याँस सिलिन्डर चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले धरान १९ बस्ने २४ वर्षीय सुरज परियारलाई पक्राउ गरेको छ ।

चोरीपछि खोजतलास गर्ने क्रममा मोरङ सुन्दरहरैँचा ३ बस्ने कान्छीमाया परियारको घरमा बसेको अवस्थामा चोरी गर्ने सुरजसहित ग्याँस सिलिन्डर समेत फेला परेकालाई उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनामाथि चोरी मुद्धामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’