Friday, June 18, 2021
Home बिचार जनतामा निराशा होइन आशा जगाऔं

जनतामा निराशा होइन आशा जगाऔं

,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग लामो अन्तक्र्रिया गरे । अन्तक्रिर्याका क्रममा सम्पादकले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिए भने प्रधानमन्त्रीले पनि मिडियाले जनतामा निराशा नभएर आशाको सन्देश दिनुपर्ने आवश्यता औंल्याए । प्रधानमन्त्रीसँगको अन्तक्र्रियामा सम्पादकले निकै खुलेर सरकारको आलोचनासमेत गरे । सरकारले जनताले अनुभूत हुनेगरी विकास निर्माणका कार्य गर्न नसकेको र सुशासन स्थापना गर्न पनि उल्लेख्य कदम चाल्न नसकेकोमा सम्पादकले प्रधानमन्त्रीको गम्भीर ध्यानाकृष्ट समेत गराए । यसैगरी सरकारले अहिले मिडियालाई अंकुश लगाउनेगरी विभिन्न कानुन तर्जुमा गरी निरंकुशता लाद्न खोजेको भन्दै सम्पादकहरूले पूर्णप्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गरे । जवाफमा प्रधानमन्त्रीले आफू ५५ वर्षसम्म स्वतन्त्रताको लडाइँ लडेकाले आफू प्रधानमन्त्री हँुदा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्र हनन हुने भन्ने कुराको कल्पना पनि गर्न नसकिने भन्दै सम्पादकलाई आश्वस्त पार्न खोजे ।


समग्रमा प्रधानमन्त्रीसँग भएको सो छलफलले राम्रो निचोड निकालेको छ । सञ्चारमाध्यम सरकारबाट प्रेस स्वतन्त्रता हनन हुने खालका कुनै कार्य हँुदैन भन्नेमा आश्वस्त बन्न पुगेका छन् । छलफलमा जस्तासुकै विषय उठे पनि प्रधानमन्त्रीले उठान गरेको एउटा विषय भने निकै महŒवपूर्ण छ, त्यो हो सबै मिलेर जनतामा आशा जगाउनु । पक्कै पनि जनतामा आशा जगाउनु सरकार, मिडिया सबैको कर्तव्य हो । यसमा सबै मिडियाकर्मी संवेदनशील हुन जरुरी छ । तर, यसमा पनि सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने भनेकै सरकारी पक्ष हो । जनतामा खुसी दिलाउने र जनतालाई सन्तुष्टि दिलाउने भनेकै सरकारी पक्षले हो । जब गाउँगाउँमा विकास निर्माणका कार्यले तीव्र गति लिन्छ अनि जनता स्वतः खुसी हुन्छन् । जब महँगी घट्छ तब जनता खुसी हुन्छन् । आफ्ना आधारभूत आवश्यकताको सहज र सुलभ आपूर्ति भयो भने पनि त्यतिखेर जनता खुसी हुन्छन् र जनतामा आशा जाग्छ । तर, अहिले सरकारले जनतामा प्रत्यक्ष अनुभूति हुने गरी विकास निर्माणका कार्य आक्रामक किसिमले अघि बढाउन सकेको छैन । महँगीको दर पनि दिन प्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा जनतामा आशा जगाउने कार्य कठिन हुन सक्छ । सरकारले सबैतिर राम्रो काम गर्न सक्यो, जनताको भावनाको सम्मान गर्न सक्यो भन्ने खालका समाचारहरू मिडियाले लेख्न सक्ने वातावरण सरकार स्वयंले सिर्जना गर्न सक्नुपर्छ ।


सरकारले राम्रो काम गर्दै गयो र विकासको मूल फुटाउन थाल्यो भने जनताले विकासको अनुभूति गर्न सक्नेछन् । त्यस्तो अवस्थामा मिडियाले पनि सरकारका राम्रो कार्यको प्रशंसा गर्नेछ । यसो भन्दैमा मिडियाले पनि सबै बिग्रियो बर्बाद भयो भन्नेजस्ता गलत सन्देश जनतामा दिने काम चाहिँ गर्नुहँुदैन । सरकारलाई खबरदारी गर्नु मिडियाको धर्म हो । तर, खबरदारी गर्ने नाममा मुलुक पुरै बर्बादीतर्फ गयो भन्ने गलत सन्देश कुनै पनि मिडियाले दिनुहँुदैन । पहिलोपटक संघीय शासन प्रणालीको अभ्यास भइरहँदा सुरुका दिनमा केही समस्या देखिन सक्छन् । सरकारले त्यस्ता समस्यालाई समाधान गर्नका लागि सबै सरोकारवालासँग छलफल र समन्वय गर्दै अगाडि बढ्न सक्नुपर्छ । सबै जनतामा आशा जगाउने कार्यको थालनी सरकारले नै गर्नुपर्छ भने आम सञ्चारमाध्यमले पनि सकारात्मक सन्देश दिएर जनतालाई जागरुक बनाउनुपर्छ ।

(Visited 101 times, 2 visits today)
Loading comments...

आजको समाचार

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

‘क्रिस, क्रिस आइ लभ यु !’

सेन्ट टिर्सवर्ग । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गोल गरेपछि आफ्नो गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित...

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

ट्रेन्डिङ

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक...

१० लाख खर्च गरेर मर्मत गरिएकाे गाडी बाटैमा बिग्रियाे

कालिकोट । रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख खर्च गरेको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई पुरानो खटारो...

छोराद्वारा बाबुको हत्या

कञ्चनपुर । कञ्चनपुरमा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा...

रंगशालाको मर्मत सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानको मर्मत कार्य सुरु गरेको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को सम्भवित...

प्रतिनिधिसभा बैठक : असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?

काठमाडौँ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको...

अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले...

कलैयामा प्रहरी जवानलाई कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीको कोरोना चेकजाँच...

ओली नेतृत्वको सरकार पाँच वर्ष नै टिक्छ : अर्थमन्त्री पौडेल

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री...

बैतडी र दार्चुलाका सीमा नाका ३ दिनका लागी खुल्ला हुने

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट तथा दार्चुलाको धार्चुला र जौलजिवी नाका ३ दिनका लागि खोलिएका छन् । लकडाउनका कारण लामो समयदेखि भारतीय...

३ अर्ब ६ करोडको चिया निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा ३ अर्ब ६ करोड मूल्य बराबरको चिया निर्यात भएको छ । गत वर्षको तुलनामा ८२ करोड मूल्य...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

मुद्दा सुनुवाइ २३ जेठसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ गठन गरिएको संवैधानिक इजलासबाट दुई वरिष्ठतम् न्यायाधीश दीपकुमार कार्की र न्यायाधीश आनन्दमोहन भट्टराईले आफूलाई इजलासबाट अलग गरेसँगै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)