एक थैली दुई सिक्का

अमेरिकी लेखक गोर बिडाल भन्छन्, ‘ब्युरोक्र्याट’bout एउटा कुरा निश्चित छ, उसलाई कविता मन पर्दैन ।’

सायद अत्यन्त औपचारिक, नियम कानुनमा कठोर र भावुक भएर हतारमा निर्णय नगर्ने हुँदा ब्युरोक्र्याटमाथि यस्तो आरोप लगाइएको होला । अर्का लेखक हाइम्यान रिकभरले ब्युरोक्रेसीप्रति कटाक्ष गर्दै भन्छन्, ‘यदि तिमीले पाप गर्नु छ भने ईश्वरविरुद्ध गर तर ब्युरोक्रेसीविरुद्ध होइन । ईश्वरले बरु माफ गर्ला किन्तु ब्युरोक्रेसीले किमार्थ माफ गर्नेछैन ।’

के ब्युरोक्रेसी त्यति निर्दयी र भावनाहीन हुन्छ ? यसको सोझो उत्तर दिन सजिलो छैन । ती हैरान भएका व्यक्तिहरूबाट प्रकट भएका स्वाभाविक प्रतिक्रिया हुन् । परन्तु उस्तै पर्दा ब्युरोक्रेसीले आफ्नो छाती थापेर राजनीतिलाई अवगालबाट जोगाउनुपर्छ । राज्यपद्धतिभित्रका यस्ता सूक्ष्म कुरा सबैले बुझ्नु सम्भव छैन ।

यस लेखको सन्दर्भमा ‘निजामती’ शब्दभित्र प्रचलित निजामती सेवा ऐनअन्तर्गत नियुक्त भएका कर्मचारीका साथै सबै संघीय इकाइ र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीसमेत समेटिएका छन् । सार्वजनिक सेवामा प्रवेश गर्नु भनेको एउटा प्रतिभाशाली युवाले राजनीतिलाई आफ्नो भाग्य निर्माताका रूपमा वरण गर्नु हो । जतिसुकै मेधावी व्यक्ति पनि सेवाको सोपानअनुसारको पदमा क्रमशः पदोन्नत हुन पाउँछ । निजामती सेवामा राजनीति गर्ने व्यक्तिलाई जस्तो अकस्मात् उच्च पद प्राप्त हुँदैन ।

निजामती र राजनीति आपसमा निकट सम्बन्धित छन् । यिनीहरू प्रतियोगी नभई परिपूरक हुन् । तथापि, यी एउटै सिक्काका दुई पाटा भने होइनन् । राजनीति र निजामती एउटै थैलीभित्रका छुट्टाछुट्टै सिक्का हुन् । तर, थैलीको सुर्केनी भने राजनीतिको हातमा छ । यिनीहरूको कार्यालय एउटै हुन्छ । बाहिरबाट हेर्दा एकै ठाउँमा बसेर काम गरिरहेको प्रतीत हुन्छ । सामान्य व्यक्तिको नजरमा यिनीहरूको भातभान्सा एउटै हो । तर, भान्साघर एउटै भए तापनि यिनीहरूको चुलोचौकोे अलग छ । राजनीतिले उच्च तहको प्रतिभाशाली प्रशासकलाई आफूभन्दा अलि पर फरक देखिनेगरी छुट्टै आसनमा बस्न दिन्छ । थैलीको सुर्केनी आफ्नो हातमा छैन थाहा पाएको प्रशासक आज्ञाकारी बालकजस्तै हो । विडम्बना यति हुँदा पनि राजनीतिका लागि ऊ ईष्र्याको पात्र हुन्छ ।

राजनीति एक खुला खेल मैदान हो भने सार्वजनिक सेवा एक बन्द कभर्ड हल

एकदलीय राजनीतिक पद्धति भएका देशको ब्युरोक्रेसी राजनीतिक चरित्रको हुन्छ । चीनको निजामती सेवामा कार्यरत उच्चपदस्थ कर्मचारी कम्युनिस्ट पार्टीका सदस्य हुन्छन् । त्यहाँको प्रशासन र राजनीति पानीमा नुनजस्तै अन्तर्घुलित भएको हुन्छ । बहुलवादमा आधारित राजनीतिक पद्धति भएको देशको प्रशासन भने पूर्णतः अराजनीतिक हुन्छ । नेपालको प्रशासन र राजनीति पनि एकै ठाउँमा बसेर काम गर्छन् तर काम, कर्तव्य र भूमिकामा पूर्ण भिन्नता छ । हाम्रो राजनीति र प्रशासनको अन्तर्सम्बन्ध पानीमा नुनको अन्तरघुलित मिश्रणजस्तो नभई तेल र पानीको मिश्रणजस्तै हो ।

कुनै व्यक्तिले किन राजनीति, सरकारी सेवा या अन्य स्वतन्त्र पेसा रोज्छ ? यो एक मनोवैज्ञानिक मामिला हो । विकसित देशमा राजनीतिमा जान चाहने युवाले प्रायः आफूलाई जाँच परख गरेर, बुझेर र सकभर तालिम हासिल गरेर मात्र प्रवेश गर्ने निधो गर्छन् । हामीकहाँ छनोटका विकल्प सीमित छन् । प्रायः पढाइमा परिश्रम गर्ने र अन्य विकल्प सीमित भएका युवाको उद्देश्य नोकरी गर्ने नै हुन्छ । त्यो कुनै नियोजित छानबिनका आधारमा निधो गरिएको विषय नभई स्वतःस्फूर्त विकल्पहीन अवस्था हो ।

नोकरीमा प्रवेश गर्न चाहना राख्नेले निकै मेहनत गर्नुपर्छ । परन्तु सेवा प्रवेश गरेपछिको जीवन कस्तो होला भन्ने ज्ञान फिटिक्कै हुँदैन । यसको कारण हो सार्वजनिक सेवामा रहिरहेका व्यक्ति गुमनाम हुनु । सार्वजनिक सेवाको पदमा प्रवेशका लागि परीक्षामा सामेल हुने युवाले त्यो संस्थाको व्यावहारिक जागिरे जीवन’bout केही पनि थाहा पाएको हुँदैन ।

राजनीतिमा प्रवेश पाउन सजिलो छ । त्यहाँ कुनै औपचारिक शैक्षिक योग्यताको दरकार पर्दैन । कुनै नेकी र बदीको अभिलेखको आवश्यकता पर्दैन । राजनीतिमा प्रवेश गर्नेबित्तिकै खेल्ने तरिका बुझ्न सुरु हुन्छ । उसलाई थाहा हुन्छ, हिलोमा पसेपछि शरीरमा हिलो लाग्छ । उसले सैद्धान्तिक कुरा थाहा नपाए तापनि व्यावहारिक खेलका नियम र अनियम सबै बुझेको हुन्छ । सार्वजनिक सेवामा प्रवेश गर्न चाहनेले सारा सैद्धान्तिक कुरा घोके पनि भित्र पसेपछिका व्यावहारिक खेल’bout पूर्णरूपले अनभिज्ञ हुन्छ । ऊ सबै परीक्षा उत्तीर्ण गरेर भित्र प्रवेश गरेपछि आश्चर्यचकित हुन्छ । ठूलो संख्याको गुमनाम समूह देखेर ऊ केही दिन हतास र निराश हुन्छ, कुन दुनियाँमा आइयो ?

राजनीति गर्नेलाई यस्तो समस्या पर्दैन । राजनीति गुमनाम संसार नभई एक व्यावहारिक संसार हो । राजनीति सार्वजनिक सेवाजस्तो औपचारिक हुँदैन । सार्वजनिक सेवाभित्र पस्ने र निस्कने ढोका एउटै हुन्छ । राजनीतिका प्रवेशद्वार अनेक, प्रस्थानमार्ग अनेक । राजनीति एक खुला खेलमैदान हो भने सार्वजनिक सेवा एक बन्द कभर्ड हल ।

नेपालको राजनीति र प्रशासनको अन्तरसम्बन्ध पानीमा नुनको अन्तरघुलित मिश्रणजस्तो नभई तेल र पानीको मिश्रण जस्तै हो

राजनीतिमा लाग्नेले त्यो मैदानका खेलाडीलाई चिनेको हुन्छ र नचिने पनि बुझेको हुन्छ । उसले खेलाडीको महानता, निकृष्टता, कमजोरी र लोकप्रियता’bout सहजै थाहा पाउँछ । सार्वजनिक सेवाको जति ठूलो अधिकारी पनि प्रायः अनाम नै हुने हुँदा उसको लोकप्रियता या अलोकप्रियता त्यही बन्द कभर्ड हलभित्र सीमित हुन्छ । सार्वजनिक सेवा र राजनीतिबीचको अन्तर्सम्बन्ध र भिन्नता’bout ऊ लामालामा निबन्ध त लेख्न सक्ला तर त्यसभित्रको पेचिलो ‘डाइनामिक्स’ बुझ्न सक्दैन । प्रतिभावान् व्यक्तिलाई कज्याउन सजिलो छ । यो राजनीतिले गरेको सर्वोत्तम आविष्कार हो ।

सार्वजनिक सेवाको हाकिम भरसक चर्चामा आउनु नपरोस् भन्ने चाहन्छ । उसले राम्रो गरे त्यही सीमित घेराभित्र प्रशंसा पाउँछ तर गलत ग¥योे भने टाढासम्म हल्ला हुन्छ । गुमनाम सार्वजनिक सेवकले सुनाम कमाउन कठिन छ तर बदनामी भने सजिलै हात लाग्छ । ऊ कसैका लागि काम गर्न राखिएको कामदार हो । राम्रो काम गर्नु उसको कानुनी र नैतिक दायित्व हो । काम गरेबापत उसले ज्याला पाउँछ ।

यति कुरालाई सम्यक रूपमा पर्गेन नसकेकै हुँदा आज नेपालको निजामती सेवा’bout अनेक कुरा उठेका हुन् । नेपालको संसद् र राजनीतिक व्यक्तिबाट समेत सार्वजनिक सेवाको यो विशेषतालाई बुझ्ने प्रयास गर्ने काम भएन । राजनीतिका लागि निजामती सेवा प्रयोग, दुरुपयोग र भत्र्सना गर्ने ‘वस्तु’ मात्र बन्न पुग्यो । आफ्नो सुविधाअनुसार कहिले अनुराग, कहिले द्वेषभाव कहिले वैरभाव र कहिले ईष्र्या । प्रशासकीय कार्यमा लिप्त हुन चाहने राजनीति र राजनीतिमा लिप्त हुन चाख राख्ने सार्वजनिक सेवा भयो भने त झन् सार्वजनिक प्रशासन एउटा कठिन पहेली बन्न पुग्छ ।

संसदीय समितिमा छलफल हुँदा प्रशासनका उच्च पदमा करार सेवाका व्यक्ति राख्ने जुन पहल भयो, त्यो प्रशासन र राजनीतिलाई पानीमा नुन मिसाएजस्तो अन्तरघुलन गर्ने प्रयत्न हो । नेपालको राजनीतिक पद्धति र प्रशासकीय परम्पराले त्यो अवस्थालाई स्वीकार गर्नु सम्भव छैन । त्यो प्रयास सफल भयो भने नेपालको मुलुकी प्रशासन विकृत हुन जानेछ र त्यसको दुष्परिणामले राजनीतिलाई नै क्षति पुग्नेछ ।

राजनीति गर्ने सानो कार्यकर्ताको पनि आफ्नै बोल्ने मुख हुन्छ । दुई चार जना उसको पछि लागेर हिँड्छन् । तर, सार्वजनिक प्रशासकको न आफ्नै बोल्ने मुख हुन्छ न त कोही पछि लाग्छ । उसको मुखको बोली राजनीतिले बोलिदिनुपर्छ । कानुनले तोकेको उमेर हद पूरा गरेपछि ऊ सेवाबाट अवकाश हुन्छ । जीवनभर बन्द परिधिभित्र सीमित भएर बसेको व्यतीत प्रतिभा बुढेसकालमा उजागर हुन गाह्रो छ । अवकाशप्राप्त जीवनमा उसले पाउने सन्तुष्टि भनेको पेन्सन या उपदान मात्र हो । अवकाश भएर बाहिर निस्केको दिनदेखि उत्पादनशील समय खर्च गरेर बिताएको संस्थाको ढोका उसका लागि बिरानो हुन्छ ।

आगामी समयमा सार्वजनिक सेवामा प्रवेश गर्नेको आकांक्षा ‘नोकरी’ गर्नु मात्र हुने छैन । अबका दिनमा देशको उम्दा प्रतिभा प्रतिष्ठाहीन निर्वाहमुखी नोकरी गर्न लालायित हुन गाह्रो छ । समाजवाद उन्मुख राज्यमा सार्वजनिक क्षेत्रको भूमिकामा अझै वृद्धि हुनेछ । त्यस्तो भूमिकामा खटिने कर्मचारीको योग्यताको सदुपयोग गर्न सकियो भने मात्र राज्यले आत्मसात् गरेको समृद्धिको सपना साकार हुन सक्छ । मेधावी युवालाई विदेश पलायन हुन नदिई स्वदेशको सार्वजनिक सेवामा आकर्षित गर्नका खातिर समुचित नीति अंगीकार गर्न विलम्ब हुन लागिसक्यो ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै