ट्रम्पको भारत भ्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भारत भ्रमण नया“ दिल्लीका लागि जति महत्वपूर्ण थियो, त्यति नै महत्वपूर्ण वासिङ्गटनका निम्ति पनि थियो । महाअभियोगको आरोपबाट मुक्त भएपछिको ट्रम्पको यो पहिलो द्विपक्षीय भ्रमण थियो । यो भ्रमणमा दुई देशबीच ३ अर्ब डलरको रक्षा सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षर गरेका छन् ।

साथै ऊर्जा र प्रविधिको क्षेत्रमा सहयोग बढाउने दुई अन्य सम्झौतामा पनि हस्ताक्षर भएको छ । दुई देशले आपसी सम्बन्धलाई नयाँ उचाइमा पु-याइएको विश्वास व्यक्त गरेको छ । दुवै देशले आपसी सम्बन्धलाई नयाँ उचाइसम्म पु¥याउनुका साथै समग्र ग्लोबल रणनीतिक साझेदारी स्थापित गर्ने घोषणा पनि गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले दुवै देशको सम्बन्धलाई एक्काइसौं शताब्दीको महत्वपूर्ण गठबन्धन बताएका छन् । दुवै देशले रक्षा, सुरक्षा, ऊर्जा, प्रविधि र व्यापारजस्ता सबै विषयमा छलफल गर्नुको साथै एउटा ठूलो व्यापार सम्झौताको निम्ति पनि सहमति कायम भएको विश्वास प्रकट गरेका छन् । विगत तीन वर्षमा द्विपक्षीय व्यापारमा दुई गुणा वृद्धि हुनुलाई पनि उनले सकारात्मक मानेका छन् । यस वर्षको अन्त्यतिर अमेरिकामा राष्ट्रपति निर्वाचन हुन गइरहेका कारण कुनै ठूलो व्यापारिक सझौता त हुन सकेन । अमेरिका र भारतबीच स्वास्थ्य तथा तेल एवं ग्याँससँग सम्बन्धित तीन–बुँदे सम्झौतामा हस्ताक्षर हुनुका साथै भारतको ‘मेक इन इन्डिया’ कार्यक्रमलाई अमेरिकाले सहयोग गर्ने संकेत दिएको छ ।

वर्तमान अवस्थामा डोनाल्ड ट्रम्प आफ्नो देशभित्र निकै लोकप्रिय पनि छन् । अमेरिकी अर्थ व्यवस्था पनि राम्रो अवस्था छ र त्यहा“ रोजगारको अवस्थामा पनि निकै सुधार आएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रक्रिया पनि सुरू भइसकेको छ । अमेरिकामा भारतीय मूलका मतदाताको संख्या ठीकठीकै छ । यिनीहरू चुनावमा आर्थिक सहयोग पनि खुबै गर्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो देशमा मात्रै लोकप्रिय छैनन् कि विश्वभरिकै भारतीयमा लोकप्रिय मानिन्छन् । ‘नमस्ते ट्रम्प’ कार्यक्रमको आयोजना पनि ‘हाउडी मोदी’कै अर्को शृंखलाका रूपमा मान्ने गरिन्छ ।

वर्तमान युग आर्थिक युग हो र देशबीचको सम्बन्ध विशुद्ध रूपमा आर्थिक कारोबार, व्यापार, लगानी र नाफा–नोक्सानमा केन्द्रित हुनेगर्छ । अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउनुको एउटा ठूलो कारण अमेरिकाको व्यापारिक स्वार्थ पनि हो । खास गरिकन द्विपक्षीय व्यापारमा बढी सुविधा हासिल गर्न ट्रम्प प्रशासन भारतमाथि दबाब कायम गर्न खोजिरहेको छ जबकि भारत पनि आफ्नो व्यापारिक हितलाई पहिलो प्राथमिकता दिने गरेको छ । सम्भवतः यिनै कारणले होला कुनै ठूलो आकारको व्यापारिक सम्झौता हुन सकेन ।

ट्रम्प प्रशासनले सन् २०२१ मा एउटा ठूलो व्यापारिक सम्झौता गर्नेमा सहमति जनाएको छ । सम्भवतः अमेरिकी राष्ट्रपति निर्वाचनपछि भारत अमेरिकालाई यस्तोखाले सम्झौताका निम्ति बाध्य पार्न सक्दछ । यसपालि पनि ट्रम्प नै चुनाव जित्ने सम्भावना देखिन्छ । ट्रम्पको यस भारत भ्रमणका दौरान भारत पनि ट्रम्पमाथि दबाब कायम गर्ने रणनीति बनाएको देखियो । भारतले आफ्नो रणनीतिक आवश्यकतालाई दृष्टिगत गरेर नै अमेरिकासित रक्षा सम्झौता गरेको छ । भारतले अमेरिकालाई यस कुराको अनुभूति गराउन सफल साबित भएको छ कि भारत उसको रणनीतिक साझेदार हो तथा कतिपय कारणले सकारात्मक द्विपक्षीय सम्बन्ध अमेरिकाका निम्ति आवश्यक छ ।

खासगरी हिन्द–प्रशान्त क्षेत्रमा भारतको सहयोग र समर्थनबिना एक्लो अमेरिका चीनसित प्रतिस्पर्धा गर्न सक्दैन । बीआरआईको बढ्दो प्रभावले अमेरिकालाई पनि समस्या उत्पन्न गर्न सक्दछ । यस क्षेत्रमा भारतको अग्रणी, महत्वपूर्ण एवं विशेष भूमिकालाई चीनले स्वीकार तथा समर्थन गर्नुको विकल्प छैन । दक्षिण एसियामा स्थायी शान्तिको लागि पनि यो भ्रमण सहयोगी साबित हुनेछ । भारत भ्रमणमा जानुअघि ट्रम्पले रावलपिन्डी पनि आए हुन्थ्यो भन्ने पाकिस्तानी चाहना त पूरा हुन सकेन । तर, ट्रम्पले काश्मीरलाई भारत एवं पाकिस्तानबीचको बाटोमा काँडाको संज्ञा दिएर आपूmलाई मध्यस्थताका निम्ति योग्य बताउने प्रयास गरेका छन् ।

सम्भवतः अमेरिकी चुनावलाई लक्षित गरेर उनले रिपब्लिकन पार्टीको दशकौं पुरानो पाकिस्तान प्रेमलाई नवीकरण गर्ने प्रयास गरेका छन् तर वर्तमान अवस्थामा भारतीय प्रधानमन्त्रीलाई दबाब दिने अवस्थामा अमेरिका छैन न त भारतीय प्रधानमन्त्री मोदी नै कसैको दबाबमा काम गर्ने खालका नेता हुन् । साझा हित र विश्वव्यापी समस्या माथि दुवै नेताले ध्यान केन्द्रित गर्नुको विकल्प थिएन ।

द्विपक्षीय सम्बन्ध सुधार्ने प्रयासः शीतलयुद्धताका भारत र अमेरिकाबीच खासै राम्रो सम्बन्ध थिएन । सन् १९५९ मा सर्वप्रथम अमेरिकी राष्ट्रपति डवाइट डेविड आइजन हार्वरले भारतको भ्रमण गरेका थिए । उनले तत्कालीन भारतीय राष्ट्रपति डा. राजेन्द्रप्रसाद र प्रधानमन्त्री जवारहलाल नेहरूसित भेटवार्ता गर्नुका साथै नया“ दिल्लीको रामलीला मैदानमा सम्बोधन पनि गर्नुभएको थियो र भारतीय संसद्मा दुवै सदनका सदस्यलाई पनि सम्बोधन गर्नुभएको थियो ।

१० वर्षपछि अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले भारतको भ्रमण गरे । उनको दुई दिने भारत भ्रमणका दौरान कुनै खास सम्झौता हुन सकेन । सन् १९७१ को बंगलादेश मुक्ति आन्दोलनका दौरान निक्सन खुलेरै पाकिस्तानको पक्षमा लागेका थिए । सन् १९७८ मा भारतमा जनता पार्टीको सरकार थियो र मोरारजी देसाई देशका प्रधानमन्त्री थिए ।

अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको यस भारत भ्रमणले पहिलोपटक अमेरिका र भारतलाई एकअर्काको नजिक ल्याउने काम ग¥यो । शीतयुद्धताका भारत सोभियत संघको नजिक थियो जबकि अमेरिकाले पाकिस्तानलाई काखी च्यापी हिंड्ने गर्दथ्यो । जिम्मी कार्टरको भ्रमण सन् १९७१ को बंगलादेश मुक्ति आन्दोलन र सन् १९७४ को आणविक परीक्षणको सन्दर्भमा भारत–अमेरिकाबीच सम्बन्धलाई सुधार गर्ने दिशामा केन्द्रित थियो । जिम्मी कार्टरले आफ्नो तीन दिने भारत भ्रमणका दौरान भारतीय संसद्लाई पनि सम्बोधित गरे । गुरुग्रामको एउटा गाउ“मा पनि उनले भ्रमण गरे जसको नामाकरण नै कार्टरका नाममा भएको हो । २६ वर्षपछि सन् २००० मा भारतको भ्रमण गर्ने बिल क्विन्टन चौथो अमेरिकी राष्ट्रपति थिए । उनको यस भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा कोसे ढुंगा पनि मानिन्छ ।

क्लिन्टनले तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीसित मिलेर द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने एउटा मार्ग निर्धारण गरे । यो त्यतिबेला भएको थियो जब सन् १९९९ मा भारतले गरेको आणविक परीक्षणका कारण अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाएको थियो र कारगिल युद्ध पनि सकिएको धेरै समय बितेको थिएन । क्लिन्टनको त्यस भ्रमणले भारत–अमेरिका रणनीतिक एवं आर्थिक साझेदारीको थालनीलाई रेखांकित गरेको मान्नैपर्छ । जिम्मी कार्टर र बिल क्लिन्टनका कारण नै एउटा धारणा पनि विकसित हुन गयो कि डेमोक्रेटिक पार्टीको पालामा भारत–अमेरिका सम्बन्ध बढी सुमधुर हुनेगर्छ ।

९-११ को घटनापछि भारत र अमेरिकाको सम्बन्धमा ऐतिहासिक परिवर्तन आएको देखियो । इस्लामिक चरमपन्थी र आतंकवादको बिरोधमा अमेरिका पनि भारतको नजिक हुन बाध्य भयो । सन् २००६ मा जर्ज डब्लु बुसको भारत भ्रमणका दौरान दुई देशबीच आणविक सम्झौता भएको थियो । ९-११ को घटनाले अमेरिकाको रिपब्लिकन पार्टी पनि पाकिस्तानमाथि पत्यार गर्न छोड्यो तथा भारतसित सुमधुर सम्बन्ध बनाउने काम ग¥यो जुन अहिलेसम्म जारी छ ।
सन् २०१० मा भारतको भ्रमण गर्ने छैठांै राष्ट्रपति बराक ओबामा थिए । उनले दुईपटक भारतको भ्रमण गरे ।

बराक ओबामाले भारत–अमेरिका रणनीतिक सम्बन्धलाई बलियो बनाउने काम गरे । उनी नया“ दिल्लीको सट्टा मुम्बईबाट आप्mनो भ्रमणको थालनी गरे । यसको पहिलो उद्देश्यीय भारतसितको व्यापारिक सम्बन्धलाई ठूलो महत्व दिनु मात्रै थिएन कि मुम्बईमा आक्रमणमा मारिएकाको परिवारप्रति ऐक्यबद्धता प्रकट गर्नु पनि थियो । ओबामाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्यताको निम्ति भारतको वकालत पनि गरे । ५ वर्षपछि पुनः उनले सन् २०१५ मा भारतको भ्रमण गरे । दुईपटक भारतको भ्रमण गर्ने उनी पहिलो अमेरिकी राष्ट्रपति साबित भए । सन् २०१५ को २६ जनवरीमा भारतको गणतन्त्र दिवसमा उनी प्रमुख अतिथि पनि थिए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी