Sunday, August 1, 2021
Homeमेराे नेपालमामा मेराे चिना अब कसले हेर्छ ?

मामा मेराे चिना अब कसले हेर्छ ?

ध्रुव लम्साल,
sharethis

 

मुरली भन्ञ्याङको चौतारो खास लाग्थ्यो । बुढा बर पीपलको छहारीमा ठूल्ठूला ढुंगाकाे छपनी थियो । त्यही छपनीमा भारी बिसाएर बस्थे उकालो ओरालो लाग्नेहरु । छपनीमा बागचालका धर्का हुन्थे । थकाई मार्दै बागचाल खेल्नेहरु पनि हुन्थे । 

ढोला, पुर्सकबाट धादिङबेसी झर्नेहरु धौखोलाको उकालो काटेपछि एकछिन् त्यही चौतारोमा थकाई मार्थे र ओरालो झर्थे । धादिङबाट भारी बोकेर उकालो लागेकाहरु पनि त्यही चौतारोमा एकछिन भारी बिसाउथे रेग्मीको दोकानमा पानी माग्थे खान्थे र गन्तब्यमा लाग्थे । पछि कलधारो आयो । बटुवाले रेग्मीको दोकानमा पानी माग्न छाडे ।

सुनखानी, चैनपुर, साल्बासबाट धादिङ हिँडेकाहरु पनि एकछिन सुस्ताउथे चौतारोमा । दसैंमा हालेको पिङ तिहारसम्म खेल्थे ।

अहिले खास लाग्दैन । सडक विभागले सडक बनाउने क्रममा ठूल्ठूला छपनीमा लपक्कै सिमेन्ट दलेर छपनी छोपिदिएको छ । छपनी नै छोपिएपछि बागचालका कोठा देखिने कुरै भएन । अचेल चौतारोमा थकाई मार्नेभन्दा पनि चौतारो छेउमा गाडी कुरेर बस्नेहरु धेरै हुन्छन् । युवा पुस्ता त बाइकबिना हिँड्नै छाडे । बाइकमा हुँइकिनेलाई चौतारोको मतलबै भएन ।

काठमाडौंबाट ६ बजे हिँडेका हामी नौ बजे पुग्यौ मुरली भन्ज्याङ चौतारोमा । बुढा बर पिपलको फेदमा सिमेन्ट लिपको पटक्कै सुहाउदो रहेनछ । राम्री युवतीले चोलो र स्कट लगाएजस्तै । गन्तब्य थियो मैदी उखुबारी । हामीलाई पहिल्यै भनिएको थियो ‘धौखोला हुँदै ढोलाको बाटो आउनु अरु बाटोमा बाइक गुड्दैन ।’

कुनै बेला माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए ‘हामी नेपाललाई स्वीजरल्याण्ड बनाउछौं ।’ डोजरले खनेको बाटोको किलोमिटर नाप्ने हो भने नेपाल स्वीजरल्याण्ड भन्दा कम छैन । नेपालको पहाडी गाउँमा मोटरबाटो नपुगेको घरै भेटिँदैन । गल्ली मासेर, कान्लो भत्काएर, कुलो ढेपेर, घाँसका रुख ढालेर घरैपिच्छे बाटो पु-याएका छन् ।

स्थानीय सरकारले कान्ला भस्काउनका लागि हरेक वर्ष बजेट छुट्याउछ । गाउँको दृश्य हेर्दा लाग्छ । अब खोतल्न बाँकी कुनै पनि गाउँ छैन । त्यही डोजरले कोरेको धर्सा गनेर त हो प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमा भन्ने गर्छन् ‘मेरो सरकारले यति किलोमिटर बाटो बनायो ।’ विचरा प्रधानमन्त्रीलाई थाहा छैन । त्यसरी बनेको बाटोमा बर्खायाममा सवारी साधनको कुरा छाडौं भैंसी हिँडन पनि सक्दैन ।

हामीलाई जानु थियो उखुबारी (मामाघर) । ठाउँ ठाउँ हिलोमा गाडिँदै, रातोमाटोमा चिप्लदै भाइहरु मोटरसाइकलको एक्सिलेटर बटार्दै अघि बढे । पछाडी बस्नेहरु मिल्नेजति ठाउँमा च्याप्प समाएर बस्यौं । आखिर मामाघर त पुग्नै छ ।

कसैको पनि स्मरणमा नबिझाउने शब्द हो मामाघर । लाग्छ आम नेपालीका लागि मामाघर त्यस्तो पवित्र धाम हो जहाँ गएपछि मस्तिबाहेक केही हुन्न । चलनअनुसार भान्जा भान्जी जति खराब भए पनि मामा माइजुले तँ भन्नै मिल्दैन । जन्मिदै उपाधि लिएर आएका हुन्छन् भान्जा भान्जी । घरमा आएका भान्जा भान्जीलाई भएका मध्ये मीठो खुवाउनु त मामा माइजुको कर्तब्य नै हो । चाँडबाँड होस् या अन्य विवाह, ब्रतबन्धलगायत सामाजिक कार्य । भान्जाभान्जीका लागि नियमित आन्दानी हुने ठाउँ पनि हो मामाघर । मामाघरका फाइदा लेखिसाध्यै छैन कति हो र मलाई मलाई लाग्छ मामाघर जस्तो रमाइलो दोस्रो ठाउँ हुँदै हुँदैन खस आर्यका लागि ।

हामी सबैको चिना मामाले लेखिदिनु भएको थियो । आमा बेला बेलामा चिनाको मुठो लिएर पुग्नुहुन्थ्यो त्यत्तिकै पनि । ज्यामरुङ, पाल्पा, माख्लो धादिङ, साङ्कोष, ढोला, पुर्सुक, नलाङ, पात्ले, खरीसम्मका मान्छे मामालाई भेटन आउँथे । टाढाका मान्छेहरु बिहान आएर बेलुका फर्किन नभ्याउने भएर बासै बस्ने गरी आउँथे

हामी मामाघर पुग्यौं । तर, यसपालीको मामाघर यात्रा उत्साहविहित थियो । पहिलो पटक हो नरमाइलो मान्दै मामाघर गएको । मामाघर नपुग्दै वरैबाट देखिन्छ मामाको लामो र अग्लो घर । भूकम्पपछि लामो त्यो तीनतले घर पनि स्मृतिमा सीमित भयो । मामाघर भन्दा पहिला आँगनमा त्रिपाल देखियो । केही मान्छेहरु ओहोर दोहोर गरिरहेका थिए । घरको अर्को छेउबाट धुवाँ पुत्पुताइरहेका थियो ।

पुरानो गाई हिँडने गल्ली अहिले रोड भएको छ । पाहुना पाच्छाको बाइकले रोड पुरै पर्किङ स्थलजस्तो बनेको छ । गाउँका मान्छेले आँगन भरिएको छ । आँगनकै एकछेउमा त्रिपाल मुनी मामाका छोराहरु (सीताराम दाई र गौतम दाई) धोती पाटा फेरेर बसिरहेका छन् । मामाको चश्मा लगाएको मुसुक्क हाँसेको फोटो छेउमा राखिएको छ भने मामाका छोराहरु पण्डितको आदेश अनुसार पूजा पाठ गरिरहेका छन् ।’

उमेरले ८० पुग्नु भएकी माइजु जहिल्यै निधारमा एक रुपैयाँको सिक्का आकारको टिका लगाउनु हुन्थ्यो । तर, हामी पुग्दा माइजु सेतो धोती र पछ्यौरा ओढेर बसिरहनु भएको थियो । दृश्य हेर्दा हिन्दु संस्कारका शैली परिवर्तनको आवश्यकता महसुस हुन्थ्यो । एक महिनाको अन्तरमा दुईजना (साइला र ठूला) मामा बित्नु भो (कोरोनाले होइन) । माइलो मामा सुकिलो लुगा लगाएर पूजा पाठ गरेकै ठाउँमा सघाई पघाईमा ब्यस्त हुनुहुन्थ्यो तर, अनुहारमा कुनै उत्साह थिएन । शायद उहाँको मनले भनिरहेको थियो होला ‘पालो मेरै हो ।’ साइला मामा बित्दा लकडाउन कडा थियो । जान सकिएन, ठूला मामा बित्दा हल्का लुज थियो, समस्या भएन ।’

नाताले ठूलो मामा । वास्तवमै गाउँकै ठूला मान्छे हुनुहुन्थ्यो । हिउँद होस् या वर्खा कहिल्यै घरको ढोका लागेन । गाउँको दोकानमा भन्दा बढी आउजाउ हुन्थ्यो मामाघरमा ।

हामी मामाघर जाँदा मामा प्रायः पावरवाला चश्मा लगाएर खाटमा बसेर कोही न कोहीसँग कुरा गरिरहनु हुन्थ्यो । साथमा हुन्थ्यो– एकसय वर्षको पात्रोको चाङ । सानो छँदा मामाघर जाँदा रित्तो हात कहिल्यै जान पाएनौं । एकमुठी माटो, चामल बोकेर कुनै न कुनै समस्या लिएर गइहाल्थ्यौं । भैंसीको दुध पग्रिएन, घ्यु लागेन, गोरु बिरामी भयो, घरमा कसैलाई बिसञ्चो भयो । अस्पतालभन्दा पहिला हामी मामाघर पुग्थ्यौं । मामाले आखर हेरेर दिएको सुझाव कार्यान्वयन गरेपछि दुध पग्रिन्थ्यो, घ्यु लाग्थ्यो, गोरुलाई ठीक हुन्थ्यो ।

मामा कहलिएका ज्योतिष हुनुहुन्थ्यो । हामी सबैको चिना मामाले लेखिदिनु भएको थियो । आमा बेला बेलामा चिनाको मुठो लिएर पुग्नुहुन्थ्यो त्यत्तिकै पनि । ज्यामरुङ, पाल्पा, माख्लो धादिङ, साङ्कोष, ढोला, पुर्सुक, नलाङ, पात्ले, खरीसम्मका मान्छे मामालाई भेटन आउँथे । टाढाका मान्छेहरु बिहान आएर बेलुका फर्किन नभ्याउने भएर बासै बस्ने गरी आउँथे ।

हिँउदमा सबैभन्दा धेरै चाप हुन्थ्यो । विवाह, ब्रतबन्धको साइत हेर्नेदेखि चिना लेख्ने काम हिउँदमै बढी पथ्र्यो । हेरेको वा चिना लेखेको कुनै दररेट थिएन । गच्छेअनुसार दक्षिणा दिन्थे । हेराउन आउनेले एकमाना चामल लिएर आउने चलन थियो ।

अहिले हो खत्तम भएको, स्कुल पढ्दा मेरो अक्षर दामी थियो । हिउँदमा आँगनको डिलमा गुन्द्रीमा बसेर म मामालाई चिना लेख्न सघाउथेँ । रत्नपुस्तक भण्डारबाट लगेको चिनाको फारममा मामाले भने अनुसार अंक र अक्षर थप्थेँ म ।

झारबुटीको पाखे औषधि पनि बनाउनु हुन्थ्यो । नछुने हुँदा रगत नरोकिएर रगत ताली परेका महिलाहरुका लागि चट्टै हुने झारबुटीको ओखती दिनुहुन्थ्यो । के के झारबुटी जम्मा पारेर औषधी बनाउनु हुन्थ्यो । हामीलाई थाहा थिएन । अन्य सामान्य विरामीका लागि पनि धेरै थरि औषधि दिनुहुन्थ्यो झार बुटीका र अर्को महत्वपूर्ण कुरा ग्रह दशा हेरेपछि अस्पताल जान सुझाब दिनुहुन्थ्यो ।

अग्ला रुखको टुप्पोमा पुग्न मन लाग्ने, नसकी नसकी पनि अरु सरहकै घाँसको भारी बोक्न मन लाग्ने । दुई कान्ला एकै पटक नाघ्न मन लाग्ने । केटाकेटीले त्यस्ता काम गरेको प्राय अभिभावकले मन पराउदैनन् तर, मेरा मामा ति उट्पट्याङ काममा पनि साक्षी बसिदिनु भयो

मामा आफ्नो क्षेत्रमा विख्यात ज्योतिष त हुनुहुन्थ्यो तर, मामासँग ज्योतिषको कुनै प्रमाणपत्र थिएन । एकदिन मैले सोधेँ मामा तपाई कसरी ज्योतिष हुनु भयो ?

हजुर बा काशीमा पढेर पण्डित हुनु भएको थियो । हजुरबाको चाहना थियो जेठो छोरालाई पनि पण्डित बनाउने । मामा पढ्नका लागि गोरखा जानु भयो (अहिले ठाउँ बिर्सिए) गुरुका घरमा । गुरुको खेती ठूलो थियो । १८/२० वटा लैनो गाई । तीन हल गोरु । भैंसी उत्तिकै । मामाजस्तै अरु ७ जना केटाहरु विभिन्न गाउँबाट पुगेका थिए पढनका लागि । बिहान उठ्ने बित्तिकै भकारो सोर्ने, गाई गोरुका लागि घाँसपानी ठीक पार्ने काम गर्नुपथ्र्यौ । त्यसवापत गुरुले पढाइदिन्थे । खाने बस्ने व्यवस्था गुरुकै घरमा हुन्थ्यो । मामा सातौं महिनामा पढ्दै हुनुहुन्थ्यो । घरबाट चिट्ठी गयो । ‘आमा सिकिस्त बिरामी छ तुरुन्तै घर आउनु ।’ आमालाई ठीक भएपछि फर्किन्छु भन्दै गुरुसँग विदा मागेर मामा घर आउनु भयो । मामा आइपुगेको चौथो दिन हजुरआमाले संसारबाट बिदा लिनु भयो ।

जेठो छोरो । एक वर्षसम्म बरखी बार्न पर्ने । जहाँ पायो त्यही गएर खान नहुने । घर गृहस्थीले थिच्दै गयो । सन्तान थपिँदै गएर फेरि फर्किएर गुरुकोमा जाने दिन आएन मामाको । सात महिना पढेको आधारमा स्वअध्ययन गर्नु भएका मामालाई गाउँको विख्यात ज्योतिष हुन समय लागेन ।

मामा केबल मेरो चिना लेख्ने मान्छे मात्रै नभएर खाँट्टीको दोस्त पनि हुनुहुन्थ्यो । एउटा समय थियो । अग्ला रुखको टुप्पोमा पुग्न मन लाग्ने, नसकी नसकी पनि अरु सरहकै घाँसको भारी बोक्न मन लाग्ने । दुई कान्ला एकै पटक नाघ्न मन लाग्ने । केटाकेटीले त्यस्ता काम गरेको प्राय अभिभावकले मन पराउदैनन् तर, मेरा मामा ति उट्पट्याङ काममा पनि साक्षी बसिदिनु भयो । बारीछेउमा भत्केको पर्खाल लाउँदा होस् वा गोठ बनाउदा गा-हो लगाउने काममा मामाको साथी हुन पाएपछि म पनि निपूर्ण भएँ । भकारी, डोको र पिँजडा बुन्न अनि डोको थुन्सेको पिँध लाउन मैले मामाबाटै सिकेँ ।

मामाको निधन केबल निधन होइन्, एउटा युगको समाप्ती हो । मामा नभएपछि हाम्रो चिना हेर्ने काम त पूर्ण बिराम लाग्यो नै, त्यो घरमा चिना लेख्ने र हेर्ने काम त अबको पुस्ताबाट सम्भव छैन । मामाले जम्मा गरेको पात्रोको ठेली मात्रै जगेर्ना गर्ने हो भने पनि जो कसैका लागि कामकाजी हुनसक्छ ।

हामी मामाको निधन भएको १२ औं दिन पुग्यौ १३ दिनको प्रसाद खाएपछि मात्रै फर्कियौ । हामी हिँड्ने तयारी गर्दै थियौं । मुक्तिनाथ मामा (९१ वर्ष) ले भन्नु भयो । ‘फेरि यसै गरी भान्जा भान्जीसँग भेट हुन्छ हुँदैन भन्न सकिन्न । म मरेको खबर पाएपछि मेरा छोराहरुले बिर्से भनेँ पनि १२ दिनको दिन जसरी पनि आउनु सबै जना !’

हामीसँग हुन्छ हुन्न भन्ने शब्द थिएन । माइलो भाइ गाई डो-याउदै बाटो लाग्यो । मामाको नाती कञ्चनले भन्यो ‘हजुरबाले लेख्नु भएको ६५ वटा चिना रहेछ क–कसको हो हेरेर म पनि भोलि काठमाडौं फर्किन्छु ।’ मेरो चिना अब कसले हेर्छ ? मेरो प्रश्नको जवाफ दिने मान्छे कोही थिएन । चिना हेर्ने मान्छेको फोटो मात्रै थियो भित्तामा ।

(Visited 412 times, 2 visits today)
Loading comments...

आजको समाचार

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

साताका लोकप्रिय समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

‘मानव बेचबिखनसम्बन्धी परिभाषा संशोधन आवश्यक’

काठमाडौं । सरोकारवालाहरुले मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । महिला, कानुन र विकास मञ्चले सोमबार काठमाडौंमा आयोजना...

पीसीआर परीक्षणसँगै खोप विस्तार आवश्यक

केही महिनासम्म निरन्तर निषेधाज्ञा लागू गरिए पनि पछिल्लो समयमा गरिएको कोरोना संक्रमण परीक्षणमा संक्रमण दर ह्वात्तै बढेर गएको छ । यो चिन्ताजनक विषय हो...

निजामती सेवामा नागरिक बडापत्र

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि...

ट्रेन्डिङ

नयाँ सिनेमा प्रदर्शन गरेर हल खोल्न अभिनेता प्रदीपको सल्लाह

काठमाडौं । शुक्रबारबाट हल खुल्ने भएपछि अभिनेता प्रदीप खड्काले सो विषयमा खुसी व्यक्त गरेका छन् । खुसीसँगै उनले चिन्ता पनि जनाएका छन् । चलचित्र...

राजधानीमा शान्त फागु पूर्णिमा (होली)

काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइरहेका छन् । विगत वर्षमा फागु पूर्णिमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)