गणतन्त्र दिवसलाई अक्षयको बेल बटम

मुम्बई । अक्षय कुमारको नयाँ फिल्म बेल बटमको रिलिज मिति सरेको छ । यो फिल्मको रिलिज मिति यतिबेला फेरि सारेर आगामी १३ अगस्ट पु¥याइएको छ ।

यसअघि यो फिल्मलाई २७ जुलाईमा रिलिज गर्ने भनिएको थियो । भारतमा कोरोनाको संक्रमण घट्दै गएका कारण आगामी अगस्टमा सिनेमा हल खुल्ने बताइएको छ । यस्तै सोही कारण भारतको गणतन्त्र दिवसका अवसर पारेर आगामी १३ अगस्टमा यो फिल्मलाई रिलिज गर्न लागिएको अभिनेता अक्षय कुमारले बताएका छन् ।

अक्षयको भनाइमा यो फिल्म देशभक्ति भावनाले ओतप्रोत रहेको छ । फिल्म फिल्मलाई २७ जुलाईमा रिलिज गर्ने भनिए पनि त्यो मितिमा देशका सबै ठाउँमा सिनेमा हल खुल्ने सम्भावना कम रहेकाले १३ अगस्टलाई सारिएको पनि उनले बताएका छन् ।

भारतमा अहिले व्यापक रूपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने क्रम जारी रहेको छ । कोरोनाको संक्रमण पनि घट्दो छ । लकडाउन हटेर धमाधम बजार खुल्न थालेका कारण अगस्टबाट सिनेमा हल पनि खुल्ने भएका छन् । त्यसैले फिल्म हल सञ्चालकले बेल बटमलाई रिलिज गर्ने माग गरेका छन् । सोही मागबमोजिम अहिलेको अवस्थामा चुनौती मोलेर भए पनि यो फिल्म आफूहरूले रिलिज गर्न लागेको अक्षयको भनाइ छ ।

यसअघि इदको अवसर पारेर सलमान खानले फिल्म राधे कोरोनाको महामारीबीच पनि रिलिज गरेका थिए । त्योभन्दा अहिलेको अवस्थामा निकै सुधार आएको र जनजीवन पनि सामान्य भएकाले यसलाई रिलिज गर्न आफूहरू तयार भएको अक्षयको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित